हिँड्न छाडि दौडिदा यस्तै हुन्छ
हिँडाइ पछी मात्र दौडाइ हुन्छ।दह्रो टेकाइ र हिँडाइ सफल दौडाइको अभ्यास हो।यो प्रकृतिको नियम हो।महत्त्वाकाङ्क्षी हुनु क्रियाशील रहनु हो।तर अति महत्त्वाकाङ्क्षा र ओभर कन्फिडेन्सले जोखिम निम्तिन सक्छ।विवादमा पर्न सक्छ।विवादले करियरमा प्रश्नचिह्न खडा हुन्छ।भारतको हण्डी खाएर पढेको र निर्देशित राजनीति गरेको आरोपित डा. बाबुराम प्रकाण्ड विद्वान भएतापनि विवादित राजनीतिक नेताको श्रेणीमा पर्दछन्।Nowhere को अवस्थामा छन्।आरोपितहरू लाई सत्तामा बहाल गराउनु हुदैन्।सत्तासिनहरू विवादमा पर्नु हुदैन्।यो आधारभूत राजनीतिक संहिता हो। यथार्थमा सुशासन, समृद्धी र स्वाभिमानको लागि भ्रष्टाचार, कमिसन , माफिया, बिचौलिया लगाएत सम्पूर्ण बेथितितन्त्र विरूद्ध राजनीतिक महाभियानमा उत्रिएको राष्ट्रीय स्वतन्त्र पार्टी प्रति आम जनता मात्र होईन् विभिन्न दलहरूलाई समर्थनमा भोट हाल्दै आएकाहरू लगाएत आफ्ना दलका नेताहरूको कुहरकत, भित्री साँठगाँठ र काखा पाखाको व्यवहार बाट आजित भएका नेता कार्यकर्ता समर्थकहरू समेतको घोषित अधोषित समर्थन र झुकाब रहेको यत्रतत्र सर्वत्र स्पष्ट देखिन्छ।२०७९ को निर्वाचनमा डङ्का पिट्न सफल त्यो दल र...