गठबन्धन होइन संयुक्त सरकार

हामीहरू संग यस्तो प्रधानमन्त्री हुनुहन्छ जस्को बोली, शब्द छनोट र प्रयोग बेलगाम छ।वहाँ भन्नु हुन्छ " प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निक्लिन सक्छु।" आफ्नो फेवरबल नरहेको आशंकामा प्रधानमन्त्रीले गठबन्धन लाई लात  हानेर हुर्याइ दिनु भयो।भत्काइ दिनु भयो।तर दोष कांग्रेस माथी थोपर्दै छन्।निरन्तरको राजनीतिक घटनाक्रमले स्पष्ट देखाइ रहेको छ कि  देउवा ,ओली र दाहाल नेपालको राजनीतिमा तीन टिकट महा विकट जस्तै हो।एउटै नेता दाहालले एउटै पदका लागि चौध महीनामा तीन पटक संसदमा विश्वासको मत लिनु पर्ने , प्रतिपक्ष भएर पनि कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने, कहिले कांग्रेसको त कहिले ऐमालेको बुई चढेर लगातार प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री दाहाल कांग्रेसको  बुई चढेको बखत ऐमाले विरूद्ध खनिने  र ऐमालेको बुई चढेको बेला कांग्रेस माथी खनिने।संसदमा कांग्रेसलाई थर्काउदै प्रधानमन्त्री बडबडाइ रहेका थिए " डराउछ माओवादी केन्द्र भनठान्नु भाछ ? को राजनीतिक दल कति बेला को संग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्।आफ्नो हिसाबकिताब राख्नु ।" विरालोले मुसा खेलाई रहेको हो वा विरालो मुसा संग खेलीरहेको हो ? वास्तवमा परस्पर दोषारोपण र खेलखेलाइमा अल्झिनुको साटो आत्मालोचना गर्नु सुमार्गी राजनीतिको लागि बेहतर हुनेछ। 

एकाएक सत्ता बाट हटाइनु कांग्रेस विरूद्धको राजनीतिक षड्यन्त्र हो।कांग्रेस अदूरदर्शिताको परिणाम हो।कांग्रेसको रणनीतिक विफलता हो। किनकी महासमिती बैठकमा पारित खड्का र थापाको प्रस्ताव क्रमश: सत्तासहयात्री माओवादीको जनयुद्ध विरूद्ध र  गठबन्धनको अन्त्य लक्षित थियो।।त्यस प्रति सत्तासीन माओवादी निकै गम्भिर थियो।सत्ता बाट हटाइए पश्चात मात्र समर्थन फिर्ता लिएको कांग्रेसले राजनीतिक बेईमानी र प्रतिशोधको कुरो गरिरहेको छ।

 ऐमाले र माओवादी केन्द्र नेकपा ब्युँटाउन उही पुरानो फाट्या ढोल लाई सिलाइ टालटुल गरि पुन: घन्काउने सुरसारमा देखिन्छन्।फेरिपनि राजनीति अस्थिरता मै  रहने भयो।राजनीतिक घटनाक्रमले प्रष्ट गरेकोछ कि कम्युनिस्टहरूको जुट,फुट अनि फेरी जुटको ड्रामा कै कारण राजनीति अस्थिर बनीरहेको छ।हुनत् गठबन्धनको निरन्तरता नै अस्थिर राजनीतिको प्रमुख कारण हो।किनकी गठबन्धनको राजनीति सुरू भए देखिन् राजनीति जतापनि बग्न थाल्यो।कांग्रेस लाई समायो।ऐमालेको साथ छोड्यो। कांग्रेस लाई हटायो। फेरी ऐमाले लाई समायो।गठबन्धनको विरोध संगसंगै चुनौती दिदै आएको ऐमाले संग मिलेर संयुक्त सरकार बनाउनु नै गठबन्धन भत्किनु हो।स्वार्थपरक राजनीति बाट प्रारम्भित गठबन्धन अन्तत: स्वार्थ कै कारण भत्काइयो।निर्वाचन देखि सत्ता सहभागिता स्वरूपको गठबन्धनको अध्याय समाप्त भयो। अहिलेको सरकार गठबन्धन होईन् संयुक्त सरकार हो। त्यसैले अझैपनि  गठबन्धन भनिरहनु सिनो बोकेर हिडनु जस्तै हो।थप अस्थिर राजनीति निम्त्याउनु हो।







 









Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ