जनता कमजोर हुदा यस्तै हुन्छ

प्रजातन्त्र लाई तब मात्र  जनताको,जनताद्वारा,जनताको लागि परिभाषित गर्न औचित्यपूर्ण हुन्छ जब जनताको स्टाटस निर्णायक हुन्छ।वर्तमानमा जनताको स्थिति त्यस्तो छैन्।त्यसो त अहिले पनि जनताको स्थिति निर्णायक नै छ तर देशको स्वाभिमान,प्रतिष्ठा र समृद्धिको निम्ति होईन् आफ्नो, आफ्ना परिवार र सिमीत समूह वर्गको स्वार्थको खातिर मात्र ।धेरै भन्दा धेरै प्रतिशत जनता त्यस्तै त्यस्तै स्वार्थमा सक्रिय छन्।देशको स्वाभिमान,प्रतिष्ठा र समृद्धिको लागि मरिमेट्न तयार विशुद्ध जनताको प्रतिशत निकै कम छ।समग्रमा मुलुकको राजनीतिमा बहुसंख्यक जनताले छातीमा हात राखेर मुटुको धड्कन अनुभूत गर्दै निर्णय गर्दैनन्।गोजीमा हात घुसारेर पैसालाई सम्झेर स्वार्थ र लोभमा  निर्णय गर्दछन्।त्यसैले त आज जताततै स्वाहाको अवस्था छ।

परिस्थिति उल्टीएको छ।राजनीति देश र जनताको सेवा होईन् लाभ र स्वार्थको विषय बनेको छ।राजनीति सबैका लागि फल झार्ने झटारो जस्तै भएको छ। त्यसैले त उद्योगपति, व्यापारी, कर्मचारी, शिक्षक, कानून व्यवसायी, मजदुर किसान , विचौलिया, माफिया सबै राजनीतिक अखाडामा उत्रियका छन्।पैसाको बलमा, धम्की,जोरजुलुम,हुलहुज्जत,ठेलठाल,भ्रम तथा अफवाह इत्यादि शैलीमा राजनीति चलिरहेको छ।सबैभन्दा विकृति राजनीति र न्यायालयको परस्पर सम्बन्धमा देखिएको छ।राजनीति न्यायीकरण हुनु पर्नेमा न्यायालय राजनीतिकरण भएको छ।यस्को प्रत्यक्ष प्रभाव कानून र व्यवस्थामा परिरहेको शीशा जस्तै छ्याङ्ङ छ।

बहालवाला मन्त्री नेताहरू स्टन्ट गर्छन् ।जनता अकारण मारिन्छन् ।छानबीन आयोगले मन्त्रीलाई दोषी ठहर गर्दै प्रस्तुत गरेको प्रतिवेदन प्रधानमन्त्री समक्ष पुग्दछ तैपनि मन्त्री यथावत बहाल रहिरहन्छन्।संसद अवरुद्ध हुन्छ। हङ्गामा हुन्छ तापनि सरकार टसमस हुदैन्।

 नैतिकता,संस्कृति,अनुशासन,मर्यादा,सन्तुलन,संयम,विश्वसनीय, जबाफदेही, पारदर्शि ,उत्साह र साहसको सम्मिश्रण नै राजनीति हो ।यी कुनैपनि सम्मिश्रण वर्तमान सरकारमा व्यवहारतः देख्न पाईदैन्।गत पुष १३ मा दुई जनाले ज्यान गुमाएको वालकुमारी घटनामा दोषी ठहर भएको, अख्तियारले गरिरहेको अनुसन्धानको क्रममा अख्तियारमा बयान दिई सकेका तर सफाई पाईनसकेका र बुद्धको अस्थिधातु समाधिस्थल कानून विपरित निजी कम्पनिलाई लिजमा दिने निर्णय गराएको मन्त्रीहरू नेपाली कांग्रेसको वर्तमान नेतृत्वको टेको र संरक्षणमा सरकारमा टिकी रहेका छन्।

जनहत्या गरेर गणतन्त्रको आवरणमा सुरक्षित अवतरण गरेका सत्तासीन माओवादीहरू बाट अन्तसन्त  जेपनि हुनसक्छ किनकी तिनीहरू अनेक ढंगबाट विद्रोह सृजना गर्ने र तरल राजनीतिमा सत्ता कब्जा गर्ने स्कूलिंग बाट आएका हुन्।आज जनता आ-आफ्नो समस्या समाधानका लागि आ-आफ्नो विद्रोहको बाटो हिँडीरहेका छन्।मिटर व्याज पीडितहरू न्याय मार्चमा, लधुवित्तका  पीडितहरू विरोधको क्रममा संधीय संसद भवनमा प्रवेश, मेडिकल व्यवसायी प्रसाई आफ्नै पाराको दौडाइमा र पूर्व राजा ज्ञानेन्द्र पनि बेलाबखत जनताको माँझमा।यसरी बेग्ला बेग्लै विरोधको बाटो हिँड्दा सत्तासीनहरूले  तिनीहरूको विरोधलाई सजिलै तुहाइ दिन सक्छन्।समग्रमा  विधी र सुशासनको फोरममा जनता एकसाथ उभिन सकिरहेका छैनन्।परिणामतः जनता कमजोर भएका छन्।जनता कमजोर भएकै कारण सबैले आजको अवस्था देख्न भोग्न परेको छ।

Comments

  1. Yaha eklo Brihapati jhutho bhanne ukti jastai xa Nepal ma . Bibhinna party ko jhanda ra Billa bhirna byasta

    ReplyDelete
  2. SABAI WAHIYAT KURA HO. AFU HONEST BHAYE DESH HONEST HUDAI JANCHA.

    ReplyDelete
  3. JANTA KAMJOR CHAINA TAR HONEST BHAI DESHKO LAGI KAM GARNE BACHAN GARNU PARCHA.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ