कुराजनीतिको चरमोत्कर्ष
मूलतः राजनीति भनेको सुशासन र समृद्धि हो।यसको विपरीतको अवस्था कुराजनीति हो।राजनीतिमा देखिएको अकल्पित प्रदूषणको कारण सुशासन र समृद्धिका लागि राजनीतिमा पौडिएका त्यागी, दृढ संकल्पित नेताहरू प्रदुषित परिवेश बाट अछुतो रहेनन्।राजनीतिमा जिन्दगी बिताई सकेका पाका नेताहरू आफ्नो जिवनको उत्तरार्धमा पनि सत्ता र पदको मोह बाट मुक्त रहन सकेनन्।उमेर ढल्किदैमा बुद्धि र विवेकीय क्षमता पनि समाप्त भईहाल्छ भन्ने होईन। तथापि सत्ताको लत त्याग्न नसक्नु ,नयाँ पिढीहरूको सत्तारोहण, नेतृत्वरोहणको वेग विरूद्ध खेलखालमा अनावश्यक उर्जा खर्चिनु वास्तवमा एकाधिपत्य हो।त्यसैले ती पाका नेताहरूको एको अहंको कुमानसिकता बाट मुलुकको राजनीति ग्रसित छ। मौकापरस्तहरू पेशागतरूपमा राजनीतिमा खनिएका छन्।माफिया, बिचौलिया , दलाल,भ्रष्टाचारीहरूको लागि राजनीति अत्यन्त उर्वरा स्वार्थवर्धक प्लेटफर्म बनेको छ।त्यसैले त राजनीतिमा टुप्पो देखि फेद सम्म ती कुतत्वहरूको वलियो संगठित पकड छ।राजनीतिमा डकार्न सकियो भने संविधान र कानुनको धारा उपधारा, दफा उपदफाहरू लाई राजनीतिक आवरणमा आफ्नो स्वार्थ अनुकूल जसो पनि गर्न गराउन सकिने तिनीहरूको कुसोच र कुमक...