स्वीकारोक्ति, आत्मालोचना र प्रतिबद्धता
सामाजिक सांस्कृतिक धार्मिक समानता, अत्यधिक आर्थिक निर्भरता र तीन तर्फ भारत बाट घेरिएको हाम्रो देश नेपाल भारतीय प्रभाव बाट कसरी मुक्त रहन सक्छ ? टिपोट गर्न जरूरी छ कि प्रभावमा पर्नु र संरक्षित, निर्देशित, संचालित हुनु फरक बिषय हो।इतिहास साक्षी छ नेपाल कहिल्यै गुलाम अर्थात् उपनिवेश रहेन्।तर विशेषत: वि.सं. २००७ मा प्रजातन्त्र स्थापना पश्चात नेपाल संरक्षित स्टाटसमा रह्यो।त्यो अवस्था क्रमशः क्षीण हुदै समाप्त भयो तापनि निर्देशित र संचालितको अवस्था वर्तमानमा पनि निरन्तर चलिरहेको छ।त्यसैले त हाम्रो राजनीति जनताको आकांक्षा अनुरूप हाम्रा नेताहरू बाट निर्देशित , संचालित छैन्।
वि.सं. २००७ देखि २०१७ पूर्व सम्म संरक्षित निर्देशित र संचालितको अवस्था अप्टिमम थियो।वि.सं.२०१७ पछी खुकुलिदै गयो।२०४६ पश्चात त्यो अवस्था उतारचढाव हुदै २०६२/०६३ पछी ह्वाट्टै बढ्यो।भारतीय नेताहरूको ,दूतहरूको चलखेल खुलमखुला हुन थाल्यो ।चीनले पनि खुलेआम सिको गर्न थाल्यो।यसको अनगन्ती उदाहरणहरू छन्।विगतमा दलीय नेताहरू बिच " बेजीङमा पानी पर्दा काठमांडूमा छाता ओढ्ने र दिल्लीमा गर्मि चढ्दा काठमांडूमा छाता ओढ्ने " जस्तो व्यङ्ग्य गर्ने अवस्था थियो।अहिले पनि ठुला दलका पाका नेताहरू बेलाबखत अवस्था हेरि एकले अर्को लाई विभिन्न शैलीमा भारत संग जोड्ने गर्दछन्।यो फजुल होईन। यो भेदपूर्ण छ।सत्तारोहण र अवतरणको राजनीतिक खेलको निर्देशन र संचालन भारत बाट हुन्छ भन्ने रहस्यको अनुभव ती शीर्ष नेताहरू लाई छ।त्यही ओपन सीक्रेट लाई असार १८ गते काठमांडूमा Roads to the Valley: the legacy of sardar Pritam Singh in Nepal पुस्तक विमोचनको क्रममा प्रधानमन्त्री पुष्प कमलले खुलासा गर्नु भएको मात्र हो।
मलाई प्रधानमन्त्री बनाउन वहाँले धेरै मेहनत गर्नुभयो।धेरै चोटी दिल्ली जानु पनि भयो।यो अभिव्यक्ति प्रधानमन्त्री को हो।त्यसैले प्रितम सिंहले त्यो सत्य होईन् भनेता पनि , प्रधानमन्त्रीको स्वकीय सचिवालयले त्यो अभिव्यक्ति लाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भनेता पनि त्यो ढाँट हो।किनकी ऊँट पाहाडको मुनि आई नै सक्यो।त्यो पुस्तक विमोचन को क्रममा अभिव्यक्त गरेको भाषा बाट पर्न गएको असहजता प्रति प्रधानमन्त्रीले संसदमा दु:ख व्यक्त गरि सक्नु भयो।
प्रधानमन्त्री पदमा आसीन रहेर त्यस किसीमको अभिव्यक्ति दिनु घोर आपत्तिजनक र निन्दनीय कार्य हो।नैतिकताको आधारमा राजीनामा दिनु पर्ने चर्को दबावको बाबजुद प्रधानमन्त्रीले नैतिकताको साटो तीन दलीय सहमतिको आधारमा राजनीतिक बाटो अवलम्बन गर्नु भो।सरकार विघटन र गठनको कचिङल बाट पैदा हुने सम्भावित राजनीतिक अस्थिरता तर्यो। यस अघिका कतिपय टिप्पणीहरू वक्तव्यहरूमा देखिने त्यस्ता भावहरूको निम्ति पनि दु:ख व्यक्त गर्दै यो नै अब स्थापित गरेर लाने विश्वास सदनमा व्यक्त गर्नु भयो।सदनमा व्यक्त प्रधानमन्त्रीको स्विकारोक्ति,आत्मालोचना र प्रतिबद्धता प्रशंसनीय छ।स्वागत योग्य छ।सुशासन, समृद्धि र स्वशासन दिगो दह्रो हुने विश्वास बढेको छ।
Nepal ma communist siddhanta janeka ra padhe lekheka Neta bhanauda xainan bhanera China le school kholidine kura byakta gareko sarbabidit xa , school khulyo wa padhna gye gayenan le farak pardaina . kina ki byakti ko charitra suddha xaina arthat dhundhakari lai Gita padhayera kam xaina . Janta le communist ko mukhundo ughriyeko thaha paye bhanera aba samajbad ko dharana lyaidaixa . Janta lai kati jhukyaune ? Rastra dohan kati garne ? Bideshi ko bui chadhera khokro janabad ra loktantra ko nara diyera yiniharu le Lendup sailima hiddaixan bhanne bujhiyeko xa .
ReplyDeleteRight analysis
ReplyDelete