नेपाल भारत सम्बन्ध र भ्रमण
नेपाल भारत सम्बन्ध र अन्तर छिमेक भ्रमणको ऐतिहासिकताको बिषयमा कोही पनि अनभिज्ञ छैन।सबैमा त्यस बारे ज्ञान छ। भारतीय स्वतन्त्रता संग्रामको बखत नेपालका नेताहरू भारतीय नेताहरू संग संगै स्वतन्त्रता संघर्षमा होमिएका थिए।जेल नेल पनि खाएका थिए।हाम्रा नेताहरू प्रति स्वतन्त्रता सेनानी अर्थात् भारतीय नेताहरू कृतज्ञ थिए।तिनीहरू बीच सहयोगात्मक आत्मीय सम्बन्ध थियो।
विस्तृत शान्ति समझौता भारत हुदै नेपाल प्रवेश गर्यो र गणतन्त्र भित्रिए जस्तै दिल्ली समझौता हुदै ०७ सालमा प्रजातन्त्र घोषणा भयो।बामे सर्दै गरेको शिशु प्रजातन्त्र लाई भारतले ताती गराउदै हुर्कनमा सहयोग गर्यो।दुई देश बीच स्थापित विशेष सम्बन्धको कारण नेपालको शासन, प्रशासन, वैदेशिक सम्बन्ध र नीति, सुरक्षा, आर्थिक विकास लगाएत आवश्यक सबै क्षेत्रहरूमा भारतको निर्देशन र संरक्षण हावी रह्यो।हाम्रो राजनीति भारत बाट निर्देशित र संरक्षित Guided & Protected जस्तै थियो।
भारतले सुरक्षाको कारण तेर्स्याइ नेपालको घेँचा क्रमशः अँठ्याउदै गयो।सम्बन्ध चिसिने ,भ्रमण पातलिने यस्तो उतारचढाव घेरै पटक घटित भयो।तरपनि नेपालको राजनीति लगाएत सम्पूर्ण क्षेत्रहरूमा भारतीय चासो र खुलदुलीमा कहिल्यै पूर्णविराम लागेन्।नेपाल लाई भारतले सदैव भारत विरोधीहरूको मुख्य प्रवेश द्वार र शेल्टर स्पट ठान्दै आएको छ।क्षेत्रीय एवं अन्तर्राष्ट्रीय शान्ति र शक्ति सन्तुलनको सवालमा पनि भारत नेपाल माथी नजर राखी रहन्छ।नेपालको हरेक गतिविधिमा भारतीय विशेष निकायको निगरानी निरन्तर छ।यस कारणले पनि वेलाबखत भारतले बखेडा गरिरहन्छ।समय परिस्थितिनुसार छोटे भाई बडे भाई, रोटी बेटी आदि इत्यादि सामाजिक एवं पारम्परिक सामीप्यताको खुराक दिइरहन्छ।सम्बन्ध संकटावस्थामा पुग्दा कतिपय हाम्रा नेताहरू लाई आफ्नो ऐजेन्टको रूपमा खडा गरेर भ्रम फैलाउने कपटी कार्य गर्ने गरेको सबैमा ज्ञात छ।
नुन देखि सबै थोकका लागि हाम्रो निर्भरता भारत माथी छ।तैपनि भारत प्रति हामीमा एलर्जी छ।चिढचिढ छ।अधिकतर हामी भारतको विरोध नै गर्दछौ।किनकी नेपालको विकास र समृद्धिमा भारतले आर्थिक लगाएत विविध क्षेत्रहरूमा जति सहयोग गर्यो गर्दैछ त्यो भन्दा धेरै गुणा हरएक क्षेत्रमा हाम्रो दोहन गर्दै आएको छ।नेपाल भारतको मनमानी एकलौटी बजार हो।हामी मूल्य भुक्तान गर्छौ तर चाहे जस्तो गुणस्तरीय सामान पाउंदैनौ।भारतको लागि नेपाल रिजेक्टेड, डुप्लीकेट, डेमेज, गुणस्तरहीन र अखाद्य वस्तुहरू भुक्तानी लिएर डम्प गर्ने सुविधाजनक डम्प साइट जस्तै हो।तापनि आयातकर्ताहरू भन्छन मुनाफा भईरहेकै छ।उपभोक्ताहरू भन्छन यत्ति भएपनि खरिद गर्न पाइरहेका छौ।भारतले भोलि बन्द गरिदियो भने के गर्ने।भारतले मलाई फेवर गरेन भने मेरो राजनीतिक कैरियर भताभुङ्ग हुनेछ।यस्तो झस्को अर्थात् त्रास नेता देखि जनताको मस्तिष्कमा गाडिएको छ।तात्पर्य हामीमा भारत फोविया छ।अत:हाम्रो सम्बन्ध असन्तुलित छ।
उपयोग गर्न जान्यौं र सक्यौं भने भौगोलिक अवस्थिति हाम्रो मुख्य समस्या होईन।आर्थिक अवनति नै हाम्रो मूल कमजोरी हो।विभिन्न अडचनहरू मध्ये भ्रष्टाचार आर्थिक उन्नतिको प्रमुख अवरोधक हो।श्रृंखलाबद्ध भ्रष्टाचार मौलाउदै गएको हाम्रो मुलुकमा भ्रष्टाचार संगठित हुदै संस्थागत हुने अवस्थामा छ।नेपाली नागरिक लाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित भ्रष्टाचारको भन्डाफोर भएको छ।अनुसन्धान र कार्यबाही चलिरहेको छ।प्रधानमन्त्री दाहालले [ कुनैपनि हालतमा भ्रष्टाचारी लाई छुट दिन सकिदैन् ] भने जस्तै भ्रष्टाचारलाई तोड्न वर्तमान सरकार सफल भयो भने त्यो ऐतिहासिक हुनेछ।आर्थिक विकास उँभो लाग्नेछ|भारत निर्भरको हाम्रोअवस्थामा कटौती हुदै जानेछ।आर्थिक सबलताको शिखर चुम्न हामी अगाडी बढ्दै जानेछौ।
नेपाल भारत सम्बन्धको बिषय उठदा विशेषत: सौहार्द ,प्रगाढ़,सहयोगात्मक, आत्मिक एवं ऐतिहासिकताको माला जप्न थालिन्छ।भारतले हामीलाई मनग्य सहयोग गरिनै रहेको छ।२०७२ को भुकम्पमा हामीलाई सबै भन्दा पहिले भारतबाट सहयोग प्राप्त भएको थियो।तर सीमा स्तम्भ सार्ने, अतिक्रमण गर्ने, दशगजामा आफु खुसी एकतर्फि निर्माण कार्य गर्ने, ठुलठुला बाँध बनाएर बर्खायाममा नेपालको भूमि र जनता लाई डुबान खतराको अवस्थामा पुर्याउने ,सीमा सुरक्षा बलका जवानहरू हातहतियार सहित नेपाल प्रवेश गरि नेपाली जनतालाई कुटपीट गर्ने लुटपाट गर्ने आतंक मचाउने, सीमा नदीमा आफुखुसी निर्माण कार्य गर्ने, तुइन छिनाएर नेपाली युवा लाई महाकालीमा बगाइ दिने यस्ता सौहार्द एवं आत्मिक सम्बन्ध विरूद्धको कुकृत्यहरू भारत तर्फ बाट भएको र गम्भिर सुनवाइ पनि नभएको जगजाहेर छ।
यथार्थमा दुई मुलुक बीचको सम्बन्ध असमान छ।मत्स्यन्याय जस्तै छ।विरोधाभास छ। ऐतिहासिकता औचित्यहीन छ।हाम्रा प्रधानमन्त्री पुष्प कमलले आफ्नो भारत भ्रमण ऐतिहासिक हुने र यो पटक एउटा नयाँ इतिहास रचिन्छ होला भनेर आफै भन्नु भाको छ।स्पष्ट छ कि हाम्रो भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानि लाई भारतीय नक्सा बाट हटाउन सके मात्र इतिहास रचिने छ।
Comments
Post a Comment