त्रिकोणमा अल्झिएको राजनीति

त्रैकोणिक चरम स्वार्थपूर्ण खुराफातको कारण दुई पटक संसद विघटन र परमादेश बाट सरकार गठन संग संगै पटके गठबन्धनको कारण मुलुकमा बहुलट्ठी राजनीति को बिगुल बज्यो।त्यसको ध्वनितरङ्ग आज सम्म पनि गुञ्जी रहेको छ।अझ कहिले सम्म त्यो ध्वनितरङ्ग गुञ्जी रहने हो तुङ्गो छैन्।राजनीतिक अस्थिरताको साइरन रन्कि रहेको छ।तर शीर्ष नेताहरूको कान बाक्लिदै गएको र मस्तिष्कको धमनीहरूमा रक्तसंचार अवरूद्ध भएकोले तिनीहरू एकोहोरोपनको रोगले ग्रसित छन्।त्यसैले तिनीहरूको अवस्था अप साइड डाउन छ।शीर्षासन मुद्रामा छन्।सबकुछ उल्टापुल्टा डामाडोल छ।अर्थ जगत पनि साँगुरो पाइपलाइन बाट सकस ढङ्गमा घिसिरपिसिर चलिरहेको छ।

राजनीति त सकिगो।अब बुझाउन मात्र बाँकी छ।प्रजातन्त्रको संस्थापक नेपाली कांग्रेस बाट संसदीय प्रजातन्त्रको मूल्य मान्यता र परम्परा एक पछि अर्को तोडियको छर्लङ्ग छ। परम्परा र मौलिकता भत्काएर नयाँ संस्कृतिको कीर्तिमान स्थापित गरेको शीर्ष नेताहरू बाट बोक्रे दावी हुने गरेको छ।हुनत प्रजातन्त्रवादीहरू सर्वाधिकारवादीको चङ्गुलमा परेसी यस्तै हालत हुने त हो नि।

संसद विघटन पश्चात राजनीतिक वृत्तमा सृजित व्यापक उथल-पुथल जनताले देख्दै भोग्दै आएका छन्।पाँच दलीय,सात दलीय हुदै आठ दलीय ( दश दलीय ) पटके गठबन्धन सँगसँगै न्यूनतम साझा कार्यक्रमहरूको पटके ट्रेलर हेर्ने  कुअवसर जनतालाई प्राप्त भयो।त्यसैले कुपथ का नायक लाई शिथिल अवस्थामा पुर्याउन र दुई कोणीय राजनीतिक माहोल तयार गर्न गत मंसिर ४ गते सम्पन्न निर्वाचन बाट जनताले  सरकारको नेतृत्व गर्न र प्रतिपक्षीमा रहन वा मिलेर जान क्रमशः कांग्रेस लाई सबै भन्दा ठुलो दल र ऐमाले लाई दोस्रो ठुलो दलको हैसियतमा स्थापित गरेको जगजाहेर छ।तथापि ती दुई दलका शीर्ष नेताहरूको मपाइँ स्वभाव तथा इनर कोरमा रहेका सेवकहरूको मिस्गाइड एवं देउवाले ओली संग,ओलीले देउवा संग भन्दापनि देउवा र ओली दुबैजनाले दाहालसंग कम्फोर्टेबल ठानेको कारण जनताले दिएको मतको भावनानुरूप सुनुवाइ हुन सकेन्।फलतः तेस्रो ठुलो दल माओवादी केन्द्रको अध्यक्ष दाहालको गँगटो स्वभाव हाबी भयो।राजनीति होरिजँन्टल Horizontal को साटो वर्टीकल Vertical अवस्थामा पुग्यो।

मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणामस्वरूप राजनीतिक वृत्तमा आस गर्न सकिने स्पेश बढ्यो।नयाँ उत्साही दलहरू एवं स्वतन्त्रहरूको संसद प्रवेश भयो।जनताको अनुहारमा चहक देखिन थाल्यो।तर कतिपय नयाँ पुराना दलहरूमा जता मल्को उता ढल्को प्रवृत्ति देखियो।नेतृत्व जस्तोसुकै जोसुकैको होस् आफ्नो स्वार्थ पुरा हुन्छ वा पुरा गराइदिने आश्वासन दिन्छन् भने ओ.के.।गठबन्धन ७ होस् वा ८ होस् ( १० होस् ) आफ्नो स्वार्थ पुरा हुन पर्यो।साथै तिनीहरूमा राजनीतिक स्थिरताको चिन्तन पनि देखिएन्।

समुचित राजनीति त्रिकोणमा बल्झिएको छ।तथापि अनौठो छ दुई ठुला दलहरू निर्णायक हुन सकेका छैनन्।एकअर्कोमा खोट देख्छन्।तेस्रो ठुलो दल माओवादी अध्यक्ष दाहालले दुई ठुला दलहरू लाई रिँगाइरहेका छन्।तरपनि तिनीहरू मिलेर जान हच्कि रहेका छन्।तिनीहरूमा अपसोच पटक्कै छैन्।दवावमा छन् भने किन त्यसलाई चिर्न सकिरहेका छैनन्।जनअसन्तोष एवं आशंका बढ्दो छ।कांग्रेस र ऐमाले ले आफ्नो राजनीतिक प्रतिष्ठा कायम राख्न सकिरहेका छैनन्।वास्तवमा अबकोअवस्थामा माओवादी संग जनताको केही कुनै अपेक्षा छैन्।सही ट्र्याकमा चलोस भन्ने अपेक्षा पनि छैन्।किनकी प्रचण्ड सुध्रने नेता हुदै होईन्।सुध्रने हुदों हो त माओवादी खण्डित हुने नै थिएन्।नेताहरू अलगथलग हुने थिएनन्।स्थिति अघोर छ।

बाँदरले आफ्नो घर त बनाउदैन बनाउदैन अर्काको घर पनि भत्काइ दिन्छ।एउटा हाँगाबाट अर्कोमा,अर्को हाँगाबाट फेरि अर्कोमा उफ्रिरहने अस्थिरताको गठरी पुरै फुकाउन जरूरी छ।विगतमा वैकल्पिक शक्ति भन्दै केही नयाँ दलहरू तमकझमक साथ उदायो अनि अलप भयो।अत: प्रजातन्त्रको पक्षपोषक संरक्षक नेपाली कांग्रेस र सहयात्री ऐमाले ले आफ्नो गुमेको राजनीतिक प्रतिष्ठा पून: कायम गरोस।शीर्ष नेताहरू सच्चियोस।राजनीतिक अस्थिरताको मौजुदावस्थामा ब्रेकथ्रु का लागि हिम भञ्जक नीति Ice break policy अवलम्बन गर्दै सही मार्गमा चलोस।किनकी कांग्रेस र ऐमाले प्रतिको जनविश्वास र भरोसा अझै टुटे्को छैन्।यही नै वर्तमानको राजनीतिक आवश्यकता र वास्तविकता हो।

---------------------महेन्द्र बहादुर सिंह

Comments

  1. पुराना 3 दलकै कारण यो लथालिंग भा हो।नयांको पनि कुनै नयांपन छैन। राजाले भनेझैं यू-टर्न लिन खोजेझैं छ देशले।

    ReplyDelete
  2. नेत्रित्व क्षमतामा कमी भएपछि को यो स्वभाबिक अवस्था हो , यस्को सबैभन्दा बढी ज़िम्मेवारी कॉंग्रेस को हो , किनकि डेमोक्रेसी र डेमोक्रेटिक बिहेवियरको बारेमा सबैभन्दा पहिल्यै र सधै वकालत गर्छु भन्ने त नेपाली कॉंग्रेस नै हो नि , किन त्यस्तो आचरण र ब्यवहार देखाउन आफ्नै दल पनि चुस्त दुरुस्त राख्न उसैले सक्दैन, यो दोष कॉंग्रेस को होईन र ? हो अरूत सत्ता कै लागि बर्ग संघर्ष गर्ने गराउने र सत्ता लिने टिकाउने स्वार्थ मा रमाउने नीति नै बोकेको समूह त हो , सिद्धांत अरू के देखिन्छ र कस्को ? म त देखिन । कॉंग्रेस ज़िम्मेवार हुनु आवश्यक ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ