परिवर्तित राजनीतिक परिदृश्यमा गठबन्धन

 

               

हो निश्चितरूपमा गत मंसिर ०४,२०७९ मा सम्पन्न प्रतिनिधि सभाको आवधिक निर्वाचनमा भागवण्डा गरेर चुनाव लडेका सत्तासीन गठबन्धन लाई मतदाताहरूले फेरि पनि पाँच दलिय गठबन्धनको मात्र सरकार गठन गर्न नसक्ने अवस्थामा पुर्याइ दिएका छन्।

निर्वाचनको दौडान मतदाताहरूको ब्रेनवाश गर्न,तिनीहरुको निर्णयमा मनोवैज्ञानिक दबाब दिन गठबन्धनको त्रय मालिक देउवाले दुई तीन निर्वाचन सम्म,प्रचण्डले पन्ध्र बिस बर्ष सम्म र माधवले पाँच बर्षसम्म गठबन्धनलाई लैजाने ठोकुवा गरेका थिए।मतदाताहरूलाई एक्साइट गराउने अनि तिनीहरूको मतको  इमोशनल एक्सप्लाइटेशन गर्न त्रय नेताहरूले  अभिवादन ,जय नेपाल , लाल सलामको आवाज बुलन्द गर्दै गाईजात्रे प्रजातन्त्रको प्रदर्शन गरेका थिए।तैपनि तिनीहरूको मोहनीय अभिनयले मतदाताहरूको निर्णयलाई गठबन्धन अनुकूल बनाउन सकेन्।


सत्तारूढ गठबन्धनको पक्षमा जनता छैनन् भन्ने तथ्य ज्ञात भएरपनि एको अहं को सोंच अर्थात् दम्भ लादने प्रवृत्ति कै कारण नसोचेको नतीजा बेहोर्न  पर्यो।प्रत्यक्ष तर्फ नेका ५७, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०,लोसपा ४ र राष्ट्रीय जनमोर्चाले १ सीट जित्यो।समानुपातिक तर्फ कांग्रेस ३२,माओवादी केन्द्रले १४ कुल १३६ सीट प्राप्त गर्यो।पुन: पाँच दलको मात्र सरकार गठन गर्ने हैसियतमा रहेनन्।मतदातहरूले गठबन्धन भत्काइ सके तरपनि मूलतः त्रय अधिपतिहरू त्यो जनादेशलाई स्विकार्न चाहदैनन्।किनकी तिनीहरू केही अंग थपेर भएपनि विद्दमान गठबन्धनलाई नै विस्तारित रूपमा परिवर्तित परिवेशमा लैजाने सुरसारमा छन्।

 

संसदको आवधिक निर्वाचनमा सहभागी कुनैपनि दलले वा दलहरू मिलेर बनेको गठबन्धनले आवश्यक बहुमत ल्याउन सकेन भने त्यो त्रिशंकु संसद( Hung Parliament ) को अवस्था हो।यस्को अर्थ सरकार गठन हुन सक्दैन् भन्ने होईन्।यदि संसदमा प्रतिनिधित्व गर्ने दलहरू मिलेर वा दलहरू मिलेर बनेको गठबन्धन र अन्य दलहरू,स्वतन्त्र सांसदहरूको तालमेल बाट बहुमत प्राप्त गर्न सकिन्छ भने सरकार गठनको ढोका खुला रहन्छ। ।मङ्सिर ०४ को निर्वाचन परिणाम बाट यति खेर हाम्रो संघीय संसद यही अवस्थामा पुगेको छ। 


गठबन्धन आफैमा एउटा प्रणाली ( system) होईन यो त केवल एउटा कार्यपद्धति,कार्यविधि ( method & procedure ) हो।आवश्यकतानुसार निश्चित समय र प्रयोजनको लागि मात्र प्रयोगमा ल्याइन्छ।ठ्याक्क यही मान्यतानुसार परमादेश बाट देउवा सरकार खडा भए सँगै ओली पीडित प्रचण्ड र माधवको डिजाइनमा मूलतः केपी ओलीलाइ प्रतिगामी चित्रण गरेर गठबन्धनको व्यूहरचना भएको छ्याङ्ग छ।वास्तवमा यो गठबन्धन बनावटी खतरा बाट संविधान र गणतन्त्रको रक्षा गर्न तथाकथित प्रतिगामी विरूद्धको मोर्चाबन्दी हो।


 गठबन्धनको दुई प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी  लाई जनताले आफ्नो मतको प्रयोग बाट खुम्च्याइ दिएको वर्तमानमा नेपाली कांग्रेस ठुलो पार्टी बनेको छ।तैपनि अहिले सरकार गठनमा माओवादी निर्णायक अवस्थामा रहेको छ।प्रचण्डको नेतृत्वमा अबको सरकार गठन हुनुपर्ने  अड्को थापेर विभिन्न विषयहरूमा महत्वपूर्ण बार्गेन गर्न सक्छ।किनकी येनकेन प्रकारेण प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको गन्तव्यमा पुग्नु छ।नेपाल समाजवादी दलको अध्यक्ष बाबुराम भट्टराइको ऋण पनि तिर्नु छ।


संविधानको धारा ७६ मा मन्त्रिपरिषदको गठन बारे स्पष्ट उल्लेख छ।उपधारा २ ले त्रिशंकु संसदको संकेत गर्दछ।उपधारा २ मा उल्लेख छ-" प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने छ "।


निर्वाचन परिणामले यथास्थिति तोडेको छ।ठुलो दलका शिर्ष नेताहरूले प्रतिशोधपूर्ण दम्भका साथ बोलेको,सोंचेको र ठोकुवा गरेको जस्तो अवस्था आज छैन्।अबको प्रधानमन्त्री अदालत बाट परमादेशको होईन प्रतिनिधि सभा बाट निर्वाचित जनादेशको हुनेछ।" मुलुकको राजनीतिक प्रणालीसंग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने " आवरणमा अदालतको फैसलालाई राजनीतिक निर्णय बाट निस्तेज गर्दै प्रतिनिधि सभामा पहिलो पटक प्रवेश गर्ने नवनिर्वाचित दलहरू, स्वतन्त्रहरूलाई भागबन्डाको खेलखालमा सामेल गराएर परमादेशको टाइमको गठबन्धनलाई निरन्तरता दिने सोंच एवं कार्य शतप्रतिशत विपथगामी हुनेछ।

Comments

Post a Comment

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ