चटके राजनीति

 चटके राजनीति 

प्रकाशित:-वैशाख १३,२०७७( April 25,2020)

 

 सामाजिक जीवनमा कहिलेकाहीँ चटक ले पनि रमाइलो हलचल पैदा गर्दछ।टेलिविज़न कम्प्यूटर,फ़ोन लगायत विभिन्न विद्दुतिय संयन्त्रहरूको प्रयोग द्वारा हामी सबैले रमाइलो गरिनै रहेका हुन्छौ तथापि दुई चार बॉदर,भालु,बाख्रो र सहायक पात्रहरूको साथ डमरू बजाउदै जब चटके देखा पर्दछन्।त्यस बखत समाज टोल छिमेक सबै ले बेग्लै खालको रमाइलो र हॉसो अनुभूत गर्दछन्।सामाजिक जीवनमा मात्र किन र राजनीतिमा पनि त नेता ले आकलझुकल चटके रूप धारण गरि राजनीतिक चटक देखाउने गर्दछ नि।बहुमतको सरकार ढालेर मध्यावधिको चटक हामी ले देख्या भोग्या धेरै वर्ष भई नै सक्या छ।लामो समयको अन्तराल पश्चात मुलुकको राजनीतिमा फेरि अर्को चटके देखा परो।चटक त देखाइ नै हाले तर बाध,भालु र शेर को आक्रामक घेराउमा मदारी फसे जस्तै हाम्रा चटके नेता पनि टीठलाग्दो नरमाइलो चौतर्फी विरोधको घेरामा जकडिन पुगे।चटके विरूद्ध सबैतिर बाट औंलो ठड्याईयो ।

मदारीले ठाउँ,समय र परिस्थिति हेरेर मात्र चटक देखाउने गर्दछ।यस पटकको राजनीतिक चटक नमिठो संग फसि गो नि।महामारीको विषम परिस्थिति बाट बच्न बचाउन सुरक्षित हुन् सम्पूर्ण राष्ट्र एकजुट भई लागिपर्या बखत त्यो चटक ले एकाग्रता भङग त गर्‍यो नै।चौतर्फी विरोधको निशाना पनि त बन्यो नि।

संविधानमा प्वाल पारि चोर बाटो हिडन् गरिएको राजनीतिक चटक को आफ्नै धर गोत्र दलका सहोदरहरू बाट थेगिनसक्नु विरोध त भयो नै।सत्तासीन दलका वरिष्ठ नेता नेपालले “हाल विकसित घटना ले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न गराएको र संविधान र क़ानूनी शासनका मान्यतामा प्रहार हुने,अविश्वास र आशंका उत्पन्न हुने काम कुरा हुनुहुदैंन”भन्दै  संविधान विरोधी चटक विरूद्ध प्रेस वक्तव्य जारी गरे।नेकपा का अर्का अध्यक्ष दाहाल( प्रचण्ड ) ले पनि “ ऐतिहासिक पार्टी एकता पछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू नेकपा लाई कमज़ोर पार्ने प्रयत्न मा निरन्तर लागि रहेका छन्” भन्दै प्रेस वक्तव्य सार्वजनिक गरे बाट स्पष्ट हुन्छ कि सत्तासीन दल नेकपा भित्र अझै पनि विदेशी टट्टुहरू हाबी रहेछन्।

दलीय राजनीतिको स्थाईत्व र प्रभावकारीता का लागी दलबदल र दल विभाजन(दल फुटाउने) को अवस्था लाई रोक्न कडा व्यवस्था गर्नु को साटो स्वेच्छाचारी ढंगमा खुकुलो बनाइनु र संवैधानिक परिषद लाई फितलो बनाइनु भन्या ग्राण्ड डिजाइन त हो नि।

चटके राजनीतिले बिना बादल वर्षा गराउने दुष्प्रयास त गरेकै हो।यस्को दलगत प्रभाव को क्रममा  मुलत:राष्ट्रीय जनता पार्टी र समाजवादी पार्टी को दलिय आकाशमा भयङ्कर मेघ गर्जियो,बिजुली  

चम्कियो अनि चट्याङ पर्ने डरले अकस्मात् दुबै पार्टी एकीकृत भयो । जनता समाजवादी पार्टी नामाकरण गरे ।तत्पश्चात एकीकृत भएको जानकारी गराउन त्राहिमाम् त्राहिमाम् भन्दै हठात् निर्वाचन आयोग पुगे। चटके राजनीतिले पैदा गरेको यस्तो गजब को दृश्य हामी सबैले देख्न सुन्न  पायौं।हाम्रा कतिपय नेता र दलहरूको धरातल विना पिंधको लोटा जस्तो रहेछ नि।ढड्डु बॉदर ले घर थर्किने गरि केही दिन धरको छानो सक्दो हल्लायो तर केही लागेन्।राष्ट्रीय राजनीतिमा  सशक्त राष्ट्रवादी नेताको रूपमा स्थापित सरकार प्रमुख एकाएक चौपट नेताको दर्जामा रूपान्तरण भाको हो कि न।मुलुकको राजनीतिक आकाशमा मडारिएको चटके राजनीति अन्ततगत्वा अहीले को लागी THE END भाको छ तापनि राजनीतिक नैतिकता को जवाफ अझै बांकी नै छ।

————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ