राष्ट्रियता र राष्ट्रवाद को जुवारी
राष्ट्रियता र राष्ट्रवाद को जुवारी
प्रकाशित:-आषाढ १५,२०७७(June 29,2020 )
राष्ट्रियता साझा,अखण्डीत र निःस्वार्थ हुन्छ।तर केही समय देखि मुलुक को राजनीतिमा हामीले खण्डीत,स्वार्थी र कुटिल राष्ट्रियता र राष्ट्रवाद सुन्दै देख्दै,भोग्दै आईरहेका छौं।चर्को बोल्दैमा घोक्रो फुलाउदैमा,बुरूकबुरूक उफ्रिदैमा राष्ट्रवादी भईदैन्।आरोपित ढंगमा सर्वत्र राष्ट्रियता र देशभक्ति को पैरवी भईरहेको छ।परस्पर झोले,खोक्रो पंगु,घामपानी र लम्पसारवादी राष्ट्रियता र राष्ट्रवादीको जुवारी चलिनै रहेको छ।शतप्रतिशत राष्ट्रवादी नेताको खडेरी परेको हो कि भन्ने भ्रम पैदा गर्ने चेष्टा भईरहेको आम बुझाइ छ।जस्लाई आफ्नो राष्ट्रियता र राष्ट्रवादमा विश्वास छैन् त्यस्ता पात्र ले मात्र अरू माथी आरोप थोपर्दै देशभक्तिको ढोल बजाउदछन्।त्यो भन्या कुटिल राष्ट्रवाद हो।कुटिल एवं खण्डीत राष्ट्रवादीहरूले नै राष्ट्रियता र देशभक्ति को वकालत गरिरहेको अवस्था छ।सच्चा राष्ट्रवादीले देश र जनता लाई उच्च स्थानामा राख्दछ।देश नहरे हामी जनता रहदैनौं।जनताको समस्या आज नभए भोली अवश्य समाधान भईनै हाल्छ तर देश चुक्यो भने सब समाप्त ( THE END ) हुन्छ ।
जातीय,क्षेत्रिय,भाषिक विभेदको अन्त्य गरी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धांतका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएकै छ।ती संकल्पहरू सरकारले सहयात्री राजनीतिक दलहरू र सम्पूर्ण जनताको हातेमालोमा क्रमशः कार्यान्वयन गरि नै रहेको सर्वविदित छ।तथापि ती संकल्पहरू अविलम्ब पुरा गरिनु का साथै आफ्ना मागहरू शतप्रतिशत जस्ता को तसै तत्काल सम्बोधन गर्न दबाब दिदै असामान्य स्थिति पैदा गरिनु निश्चय पनि जन निर्मित संविधानको मर्म र भावना को अवज्ञा त हो नै।राष्ट्रवादी चरित्र पनि त होईन् नि।
उत्तेजना,आक्रोस,अहंकार र प्रतिशोधयुक्त विरोध तथा संघर्षले जनघात त हुन्छ नै राष्ट्रघात पनि हुन्छ।तसर्थ संयमता पनि राजनीति हो भन्ने सत्य हेक्का राख्नु पर्दछ। संघर्षको दौरान संघर्षरत दल र नेताहरू बाट देशका सम्पूर्ण जनताको Caring and Sharing हुनु पर्दछ।तर नाकाबन्दी ताका सक्रिय दल तथा नेताहरूमा यस्तो चरित्र देखिएन्।तराईका नेपाली जनता( मधेशी ) को हक़ अधिकारको नाममा देशको सम्पूर्ण जनता लाई प्रताड़ित गरियो।जीवन यापनमा कष्ट दिईयो ।मानवता लत्याईयो।देश भित्र समस्या समाधान खोजिएन्।भारतमा दौड लगाईयो,गुहार मागियो, देश माथी दबाब दिन लगाईयो।
October 06,2015 मा ANI रिपोर्टर लाई दिएको अन्तरवार्तामा राजेन्द्र महतो ले भनेका थिए “ Blockade हमने किया है।मधेशी मोर्चा ने किया है।” भारत लाई किन दोष दिईरहेको छ भनेर सोधीएको प्रश्न को जवाफमा “ यह तो भारत विरोधी राष्ट्रवाद है।खोखला राष्ट्रवाद है।भारतको बदनाम करनेका प्रयास है।”यसै क्रममा October 08,2015 मा निजले भने “ सात प्रदेश मे एक छोटा टुकड़ा मधेशको मिला।कहा जाय तो साढे छह प्रदेश में उन्हींका शासन होगा।यह षड्यन्त्र हुआ है।कॉंग्रेस,ऐमाले और माओवादी तीनों पहाड़ी पार्टी है।”
संविधान दोस्रो संशोधन विधेयक को समर्थन गर्दै प्रतिनिधि सभामा त्यही अनुहार ले अखण्डित राष्ट्रियता र राष्ट्रवाद को चर्को वकालतका साथै जनता समाजवादी पार्टी वैकल्पिक शक्ति निर्माणका लागि प्रकियामा अगाडी बढी सकेको उदघोष गरे।वचनले त भनि हाले तर मन र कर्मले के गर्ने हो भावी राजनीतिले देखाउने नै छ।आरोपित ढंगमा बोल्दै आफुलाई सिङ्गो राष्ट्रियता र राष्ट्रवादमा रूपान्तरण गरिरहदा निजको प्रस्तुतिमा निकै आक्रोश र प्रतिशोध देखिन्थ्यो।
तराईमा बस्ने नेपालीहरू लाई नेताहरूले मधेशी भन्न औधी रूचाउदछन्।हिमाल,पहाड,तराईका जनता लाई सम्बोधन गर्दा पहाडी,मधेशी होईन नेपाली भन्नु पर्दछ।कतिपय नेताहरू संसदमा र साक्षात्कार को क्रममा बोल्दा भन्ने गर्दछन् “ हामीलाई अनुहार हेर्ने वित्तीकै मधेशी राष्ट्रघाती नै होला,विदेशी नै होला,भारतीय नै हो भन्दछन् ।”समग्रमा यो त हीनता र कुण्ठाग्रस्त भाव मात्र हो।यस्तो भावना लाई निरन्तरता दिनु भन्या सिङ्गो राष्ट्रियता र राष्ट्रवाद माथि को कुठाराघात हो।
नेपाल भारत प्रगाढ़ सम्बन्ध को आधार “ नागरिकता ऐन” होईन्।सदियौं पुरानो हाम्रो प्रगाढ़ताको मूल आधार खुला एवं सुगम भुगोल,सामाजिक धार्मिक सांस्कृतिक समानता र ऐतिहासिक आर्थिक सम्बन्ध नै हो।दुई देश बिच वैवाहिक सम्बन्ध कायम गर्ने, रोजगारीको सिलसिलामा एक अर्को देशमा जाने बस्ने प्रचलन चल्दै आएको छ।यस्लाई रोटी बेटी को सम्बन्ध को रूपमा व्याख्या एवं प्रस्तुत गरिन्छ।यो त दुई देशका जनताहरू बिचको विशुद्ध सामाजिक आर्थिक सम्बन्ध हो।यस्लाई राजनीतिक रंग रोगन गरिनु राष्ट्रियताको ख़िलाफ़ हो।
स्वदेशी र विदेशीहरूको लागि प्रत्येक देशले नागरिकता सम्बन्धि समयसापेक्ष ऐन र प्रकियाहरू व्यवस्था गरेको हुन्छ।नेपालले विदेशीहरूको लागि नागरिकतामा प्रतिबन्ध लगाएको छैन्।राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्ष देखी थाती रहेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई नै सक्यो।प्रस्तुत विधेयकमा कतिपय विषयहरू छुट भएको रहेछ भने पनि ती विषयहरू लाई आगामी दिनहरूमा समितिमा व्यापक छलफल गरिअगाडी बनाउन सकिन्छ संसदमा प्रस्तुत विधेयक राष्ट्रियता र राष्ट्रवादको पोषक हो र त्यो समयसापेक्ष सशक्त छ।
राष्ट्रीय स्वार्थ लाई सर्वोपरि राख्नु देशभक्त राष्ट्रवादीहरूको परम कर्तव्य हो।तर विडम्बना हाम्रा केही दल र नेताहरू फरक सोंच राख्दछन्।भारत लाई अफ्ठेरो पर्छ।सम्बन्ध बिग्रिन्छ।संकट पैदा हुन्छ।भारत लाई सोध्नु पर्छ।जानकारी दिनु पर्छ।हाम्रो रोटी बेटी को सम्बन्ध छ आदी इत्यादि बखेड़ा खडा गर्दछन्।नेपाल लाई चीनको झोलामा राख्न खोजेको अनर्गल आरोप लगाई हाल्छन।नेताहरूको यस्तो चरित्र कमजोर राष्ट्रियता,हीन भावना र खण्डीत राष्ट्रवाद को अभिव्यक्ति हो।यस्को अन्त्य हुनु पर्दछ।
———————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment