चेतनमा अचेतनको प्रभुत्व

 चेतनमा अचेतनको प्रभुत्व

प्रकाशित:-मङ्सिर १२,२०७८ ( Nov.28,2021 )


बुद्ध हाम्रो देशमा जन्मिऐ तापनि हामीमा बुद्धत्व छैन्।कुनै पनि प्रकृतिको बिषय,घटना,विचार-अभिव्यक्ति र उतार-चढावको स्थितिलाई हामी आफ्नो विवेकको प्रयोग गरेर वैज्ञानिक एवं तार्किक ढंगमा विश्लेषण गरि निष्कर्षमा पुग्दैनौं।त्यो क्षमता हामी सबैमा छ तैपनि हाम्रो आदत छैन्।हामी आफु माथी विचार,निर्णय,निर्देशन थोपरिदेओस।हामी यस्तै चाहान्छौ।हामी स्वचालित हुदैनौ।परिचालित हुन्छौ।जब हाम्रा नेताहरू,बोसहरू,मालिकहरू हामी माथी विचार,निर्णय,निर्देशन थोपरिदिन्छन् तब मात्र हामी क्रियाशील हुन्छौ।यो त हाम्रो लत नै भइसक्यो ।त्यसैले त सदा रडाको चलिरहन्छ।

बर्षौ देखि अड्किरहेको  Millennium Challenge Corporation MCC को रडाको चलिनै रहेको छ।MCC को टोर्नेडो चलिरहेको वर्तमानमा गठबन्धनका नेताहरू एउटै कित्तामा उभिन सकिरहेका छैनन्।नेपाल सरकारको हास्यास्पद,टिप्पणी योग्य दश बूंदे प्रश्न:- (MCC Indo Pacific Strategy ) IPS मा पर्छ पर्दैन।नेपाल अमेरिकी सुरक्षा घेरा भित्र पर्छ कि पर्दैन्।परियोजनाको लेखा परीक्षण नेपाल कि अमेरिका बाट।समझौता नेपालको संविधान भन्दा माथी छ कि छैन्।समझौता पूर्वाधार र उर्जा विकासको लागि मात्र हो कि होईन्।अन्य सहयोग र यो सहयोगमा के फरक छ।नेपालको हित र सार्वभौमता लाई असर पार्छ कि पार्दैन्……… आदि। 

धमिलो पानीमा फिटकिरी धोलेर पानी सङ्लो पार्नु पर्ने,माटो लाई पिँधमा थिग्राइनु पर्नेमा गठबन्धन सरकारको दश बूंदे प्रश्नले पानीलाई झनै धमिलो बनाएको जनता माझ चर्चा छ।MCC हामीहरूको लागि तातो आलु hot potato जस्तै भएको छ।देउवा भन्नु हुन्छ “ MCC पारित गर्ने सहमति भएको छ ”। प्रचण्ड भन्छन “ म्याद थपको लागि मात्र पत्र पठाईएको हो ”।जस्ता को त्यस्तै पास हुन्छ,हुनु पर्छ भन्ने पक्षमा देउवा छन । जस्ता को त्यस्तै पास गर्न नसकिने पक्षमा प्रचण्ड लगाएत एकिकृत समाजवादी र राष्ट्रीय जनमोर्चा रहेका छन्। जनता समाजवादी पार्टी अनिर्णयको अवस्थामा छ।ऐमाले भनिरहेको छ गठबन्धन सरकार हामी संग कुराकानी गर्न छलफल गर्न आवश्यक ठानि रहेको छैन्।हामी जनता चेतनशील छौ तापनि हामी आफ्नो चेतनाको प्रयोग गरिरहेका छैनौ।त्यसैले त हामी चेतनशील भएर पनि अचेतनको अवस्थामा छौ।कोही देशभक्त नागरिक थुप्रै आकँडाहरूको फेहरिस्त तयार गरेर एकतर्फि ढंगमा लगातार चर्को स्वरमा टिप्पणी गरेर तरंग पैदा गर्न लागि नै रहेका छन्।समालोचना होइन आलोचनामा बढी केन्द्रित रहेको जनबुझाइ छ।यस्तो कार्यले जनता झन कन्फ्यूज भएका छन्।

संधीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्रि पदमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था अनुरूप गजेन्द्र हमालको उधोग वाणिज्य र आपूर्ति मन्त्री पदमा नियुक्ति र राजीनामा नाटकीय ढंगमा फटाफट भयो।कार्यपालिकामा भाग खोजेको भन्दै निसानाको बाण प्रधान न्यायाधीश तर्फ सोज्झाइयो।यस्तो किन भयो वा गराइयो।देउवालाई परमादेशी प्रधानमन्त्री बनाउनमा सहयोग गरेको हुदा त्यस्को ॠण तिर्न गजेन्द्र लाई गोटी बनाइएको जनतामा चर्चा चलेको त छ नै तर हमाल नेपाली कांग्रेस बाँकेको जिल्ला स्तरिय वरिष्ठ नेता रहेको स्पष्ट छ।हमाल नेकाको नेता र प्रधान न्यायाधीश चोलेन्द्रको नाता।यो षडयन्त्र हो वा सन्जोग।

बार एसोसिएसन चोलेन्द्र विरूध्द लँगौटी कसेर लागेको छ।वरिष्ठ अधिवक्ताहरू सार्वजनिकरूपमा नेताहरू संग गुहार मागि रहेका छन्। सरकार मूकदर्शक बनेको आरोप लगाउदै रडाको मच्चाइ रहेकाछन्।न्यायालयमा सरकारको प्रवेश चाहेका छन्।प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दाको वखत शिर्ष नेताहरू सर्वोच्च अदालतको शरणमा पुगेका थिए।राजनीतिमा न्यायालय हावी भएको थियो।आज एडभोकेटहरू वर्तमान समस्या सुल्झाउन नेताहरू र सरकार समक्ष अनुरोध गरिरहेका छन्।न्यायालयमा राजनीति प्रवेश गराउन उद्दत रहेको जनताको बुझाइ छ।देउवा भनिरहेका छन्  हस्तक्षेप गर्न मिल्दैन्।प्रचण्ड,माधव पर्ख र हेर को अवस्थामा छन्।कानून व्यवस्था,शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व हो।सर्वोच्च अदालत परिसर बाहिर पनि कानून व्यवस्था,शान्ति, सुरक्षा बनाइ राख्नु सरकारको जिम्मेवारी हो। अधिवक्ताज्यू हरूको उदेकलाग्दो उफ्राइ र चिच्च्याइ हेरेर सुनेर हामी जनता चुपचाप छौ।वैज्ञानिक एवं तार्किक ढंगमा विश्लेषण गरि जन-दवाव सृजना गर्नमा हाम्रो,नागरिक समाज,राजनीतिक,सामाजिक अभियन्ताहरूको चासो नै छैन्।आ-आफ्नो बाँसुरी बजाउनमा हामी व्यस्त छौ।हामी बिर्सिदै छौ “ एउटा भए बाबियो धेरै भए डोरी ”।

नेताहरूलाइ थाहा छ कि जनता बेवकुफ छन् र तीनिहरूको स्मरणशक्ति कमजोर छ।जनतालाइ पनि थाहा छ कि नेताहरूले हामीहरूलाइ बेवकुफ बनाउदै आएका छन्।त्यसैले त पटक पटक परिक्षण गर्दा पनि विश्वास गर्न ढुक्क हुन नसकिने ठहर भएतापनि जनता ती नेताहरूलाइ नै बोकी बोकी जय जयकार गरिरहन्छन् ।राजनीतिक उतार-चढ़ावको मुख्य जड नेताहरू मात्र होइनन् हामी जनताको कमजोरी पनि हो।मूलत: जनताको चेतनमा अचेतनको प्रभुत्व दिनानुदिन बढ्दै जानु नै राजनीतिक बेथितिको प्रमुख कारण हो।

————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ