समय परिस्थिति र राजनीति
समय परिस्थिति र राजनीति
प्रकाशित:- जेठ ११,२०७७ ( May 24,2020 )
देश जनता मात्र होईन् छिमेक क्षेत्र र समस्त जन जगतको कल्याण ( स्वतन्त्रता,समानता,भ्रातृत्व, सार्वभौमसत्ता र भुअखण्डता को पारस्परिक सम्मान मर्यादा र मान्यता ) नै राजनीति हो।यस अर्थमा लोक कल्याण राजनीतिको मूल मन्त्र हो।यो मूल मन्त्र सर्वसमय सर्वपरिस्थिति यथावत् रहन्छ।तर राजनीतिको स्वरूप र अवस्था समय परिस्थिति अनुसार बदलि रहन्छ।त्यो बद्लाइ अनुकूल मात्र होईन् प्रतिकूल पनि हुन् सक्दछ।
वि.सं.२००७ को क्रान्ति दिल्ली मा सम्पन्न त्रिपक्षीय सम्झौता बाट टुङ्ग्याइयो।राजा सहितको प्रजातन्त्र स्थापना भयो।राजनीतिको त्यो अवस्था राजा,कॉंग्रेस र राणा को लागि अनुकूल रह्यो।कम्युनिस्टहरूका लागि सत्ता हस्तान्तरण मात्र रह्यो भने भारतको लागि स्वर्णिम रह्यो।संविधान लेखन,राज्य संचालन,प्रशासन एवं सैन्य व्यवस्थापन तथा संचालन र राजा लाई सल्लाह र परामर्श आदि इत्यादि सबै क्षेत्रमा भारत प्रत्यक्ष संलग्न रह्यो।भारतीय सुरक्षा छाता भित्र नेपाल समावेश भयो।भारतीय सैन्य मिशन नेपाल भित्रियो।सन् ६२ को भारत चीन युद्धामा भारतको धोतीको गाँठो फुत्कीयो।नेपाल चीन सीमानाको १८ नाकाहरूमा भारतीय सैन्य चेकपोस्ट खडा गरियो।
किर्तिनिधि बिष्ट ( तत्कालीन नेपाली राजनीतिमा कम्युनिस्ट पक्षधर भनिन्थ्यो ) को प्रधानमन्त्रित्व काल मा भारतीय चेकपोस्टहरू हटाइयो तर कालापानी क्षेत्र मा एउटा सैनिक टुकड़ी रहीरह्यो।राजनीतिको त्यो अवस्था नेपाल चीन सम्बन्धको दृष्टि ले अनुकूल र भारतको लागि प्रतिकूल रह्यो। कालापानी क्षेत्र हुदै भारत माथीको चिनियॉ आक्रमण छिटो र सजिलै हुन् सक्ने सम्भावना रहेको भारत लाई लागेको र त्यो क्षेत्र सामरिक महत्व को रहेको हुदा भारतीय सेनाको एक टोलीले त्यही क्याम्प खडा गर्यो ।स्वतन्त्र छिमेकी मित्र नेपालको सार्वभौम भुअखण्डता को सम्मान र मर्यादा गर्दै एक असल हितैषी मित्र को हैसियतमा उक्त क्षेत्र बाट सेना हटाउन नेपालले भारत लाई तत्काल देखि मर्यादित ढंगमा भन्दै आएकै हो।चीन संगको युद्धमा पाइजामा गिलो भएको, अतालिएको छिमेकी भारत लाई हामीले कसिलो दबाव नदिएकै हो।ब्रिटेन ले भारत पाकिस्तान बीच कश्मीर लाई विवाद को रूपमा छोडेर गऐ जस्तै कालापानी लाई कालान्तरमा विवादित क्षेत्र बनाउने र उपयुक्त समयमा आफ्नो नक्सामा समावेश गर्ने दीर्घकालिन रणनीति कै कारण कालापानी क्षेत्र बाट हटाउने नेपाल को राजनीतिक एवं कूटनैतिक प्रयास लाई बेवास्ता गर्दै आएको आज छर्लङ्ग भयो
प्रारम्भ देखिनै नेपाल प्रति भारतको नीति द्वैध चरित्र को रहदैं आएको छ।भारतको द्वैध एवं विस्तारवादी चरित्र कै कारण हाम्रो सिमाना मिचीदै आएको छ।नेपाल लाई भारत संरक्षित राज्य protectorate state बनाउने योजना पनि त थियो नि ।वंगलादेशमा सम्पन्न दक्षिण एशियाली मुलुकहरूको शिखर सम्मेलन ( सार्क ) को बखत भारतीय प्रधानमंत्री मनमनोहन सिंह ले तत्कालीन राजा ज्ञानेन्द्र समक्ष संरक्षित राज्यको प्रस्ताव राखेकै हो।ज्ञानेन्द्रले शाहवंशीय राज्यसत्ता लाई निरन्तरता दिन चाहेको भए प्रस्ताव स्वीकार गर्थे ।स्वतन्त्र, स्वाभिमान, सार्वभौम नेपाल र नेपाली लाई पराधीन बनाउने भारतको त्यो प्रस्ताव लाई ठाडै अस्वीकार गरे कै हो।
भारतको Research and Analysis Wing (RAW) र माओवादी जनयुद्ध बिच के कस्तो सम्बन्ध थियो त्यो त छर्लङ्ग छ।जनयुद्ध र सड़क युद्ध टुङ्ग्याउने आधार खडा गर्न दिल्ली मा सात दल र माओवादी वीच १२ वुंदे समझौता भयो।राजनीतिको त्यो अवस्था माओवादीका लागि स्वर्णिम एवं उत्साहपूर्ण रह्यो। भारतको लागि सबै भन्दा बढी अनुकूल रह्यो।नेपाली राजनीतिमा आफ्नो नवउपनिवेश उन्मुख विस्तारवादी नीति लाई निरन्तरता दिन सात घोडे होईन् आठ घोडे रथ हाक्ने अवसर प्राप्त भयो।सात दलका लागि तत्कालीन राजा ज्ञानेन्द्र संग गरेको वचनबद्धता र लिखत अनुकूल रहेन्।गद्दीच्यूत तिनै पूर्व राजा ज्ञानेन्द्रले अहिलेको जटिल अवस्थामा भनेका छन् “आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन।हाम्रो सार्वभौमसत्ता कुनै विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई”।
भारत ले लिपुलेक लाई व्यापारीक मार्ग को रूपमा उपयोग गर्ने समझदारी चीनसंग गर्यो।नेपाल लाई वास्ता गरेन्।नेपाल ले चीन र भारत समक्ष लिखित आपत्ति जनायो।भारत संग भएको समझौता प्रमाणको आधारमा पुनरावलोकन गर्न तयार छौ भनेर चीन ले जवाफ दियो।भारतले जवाफै दिएन्।नेपाली भूमि मिचेर वाटो बनायो।नेपाली भूमि समेत गाभेर नयॉ नक्सा प्रकाशित गर्यो ।वाटो उदघाटन पनि गर्यो ।नेपाल ले निरन्तर राजनीतिक कूटनीतिक प्रयास गरिनै रह्यो।ऐतिहासिक सन्धि,समझौता, दस्तावेज र प्रमाण को आधारमा पारस्परिक समझदारी,सदभाव र एक अर्का को स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ता को सम्मान गर्दै वार्ता द्वारा समाधान गर्न भारत लाई आग्रह हामीले गरिनै रह्यौं।हाम्रो निरन्तर को आग्रह लाई बेवास्ता गरिनै रह्यो ।अतिक्रमण गरेको हाम्रो भूमि सहीत को नयॉ नक्सा हामीले प्रकाशित गर्यौ अनि मात्र भारत रन्थनियो।
नेपाल चीनको पछि लागेको आरोप लगाउदै भारतीय संचार माध्यम र कर्मी हरू जथाभावी भुक्दै छन्।तिनीहरूले संचार युद्ध लगभग शुरू गरिनै सके। सिमा विवाद नेपाल भारत बीचको समस्या हो र दुई देश मिलेर समाधान गर्नु पर्दछ भनेर चीन ले भनि नै सक्या हो। कसै को उक्साइमा नेपाल लागेको भारतीय सेनाध्यक्षको अभिव्यक्ति सार्वजनिक भएसी मात्र “ कुनै पनि एक पक्षीय कार्य गरेमा त्यस्ले स्थिति लाई जटिल बनाउन सक्छ” भन्दै प्रवक्ताले चिनियॉ धारणा स्पष्ट गर्या हो।त्यता तिर भारतीयहरूको दिमाग़ी पहुँच नै छैन्।भारतीय सरकार धम्की र दादागिरी शैलीमा बोल्दै छ।
कुरो स्पष्ट छ भारत सैन्य लगाएत अन्य धेरै क्षेत्रमा बलियो छ तर भारतीयहरू मानसिक रूपमा कमजोर छन्।तिनीहरूमा चीन फोविया रहेछ। तिनीहरू को मस्तिष्कमा मनोवैज्ञानिक डर झॉगिएको रहेछ। Hit The Iron When It Is Hot । अब बेला भयो।पराधीन कालमा Divide And Rule को नीति बाट प्रताडित भारत को द्वैध नीति हामीहरू लाई अवगत छ।भारतको हरेक झुट र मिचाई को पर्दाफ़ाश गर्दै नयॉ नक्सा वमोजिमको सिमाना कायम गर्न राज्य सरकार निरन्तर लागि रहनु नितान्त आवश्यक छ।आवश्यकतानुसार दुई पक्षीय,त्रिपक्षीय वार्ता र अन्तर्राष्ट्रीय अदालत को प्रकिया अवलम्बन गर्नु नै पर्दछ।प्रमुख प्रतिपक्ष लगाएत सम्पूर्ण दलका नेताहरू एक मुठी देशको माटो छातीमा राखेर सोचौं अनि लागिपरौं।देशद्रोही, छद्मभेषि, दलाल नेताहरूको पहिचान गरौं।देशको आवाज लाई युद्धस्तरमा प्रसारण गर्दै विश्वव्यापी बनाउने र भारतीय संचार माध्यमहरूको नकारात्मक प्रसारण को निरन्तर प्रतिकार गर्नु संचारकर्मिहरूको परम कर्तव्य हो।विशेषगरी नेतागण भारतीय घुसपैठ बाट सजग, सतर्क र सुरक्षित रहन आवश्यक छ। जनताहरू बाट देशव्यापी संचालन हुने शान्तिपूर्ण कार्यक्रमहरूमा भारतीय दलालहरू बाट हुन सक्ने सम्भावित हिंसा र सार्वजनिक सम्पत्तिको तोडफोड लाई सजग एवं सतर्क ढंगमा रोक्नु निगरानी गर्नु हामी सार्वभौम जनता को दायित्व हो।
॥जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
———————————-महेन्द्र बहादुर सिंह
Comments
Post a Comment