राजनीतिक रंगिलाहरू
राजनीतिक रंगिलाहरू
प्रकाशित:-२७आश्विन२०७७( Oct.13 2020 )
राजनीति सधैंभरि त्याग,बलिदान र संघर्ष मात्र हुदैन्।कहिलेकाहीँ ख़्यालठट्टा,उखानटुक्का,प्याच्च पुच्च,बोक्रेरवाफ,झुटमुट,रङ्ग न ढङ्गको,बिनासित्तिको पनि हुने गर्दछ।यो सबै तब मात्र सम्भव हुन्छ जब सत्ता हाक्ने नेतागण पुक्खल र रंगीला हुन्छन्।यस्तो खालको राजनीतिमा सत्तासीन हाम्रा नेताहरू पोख्त छन्।
फाट्टफुट्ट रंगिला भइदिनु,रसिक पारामा घोचपेच गर्नु,ओठेजबाफ दिइहाल्नु,सपना देखाउनु जनताले असहज महसुस गर्दैनन् रमाइलो नै मान्दछन्।तर सदा रंगिला भइदिनु,हेपाहा;मिचाहा भइदिनु,पर्बाह नगर्नु भनेको “जनताले हामी विरूद्ध केही नाप्न सक्दैन।काग कराउदै गर्छ पिना सुक्दै गर्छ।जनता जतिसुकै विरोध गरेतापनि हाम्रो दलका नेता,सांसद,प्रतिनिधि र कार्यकर्ताहरू संघ प्रदेश संसदमा वहुमतले पेल्न र सडकमा जनता लाई दमन गर्न निस्तेज पार्न सबल एवं तम्तयार छन्”ठान्नु हो।एकाध राष्ट्र हित र महत्वको काम गरेको देखाउने अनि कोरोना भाइरस लाई निस्तेज पार्न बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धोए जस्तै बुर्जुवा शैलीमा देश र जनता माथी मिचिमिचि शासन गर्नु नै सत्तासीन को मुख्य नियत हो।
मूलत:नाकाबन्दी विरूद्ध को चट्टानी अडान,लिपुलेक,लिम्पियाधुरा र कालापानी समेतको चुच्चे नक्सा र तेजाब तथा अन्य रसायनिक पदार्थ नियमन अध्यादेश सरकार को बहादुरी झल्काउने प्रशंसनीय कार्य सबैले मानेका छन्।सरकार प्रमुख दह्रिलो,आँटिलो,हँसिलो,ठट्यौलो मात्र होइन रंगिला र पुक्खल पनि छन्।तर भ्रष्टाचारमा चुर्लुम्म डुबेका आफ्नालाई देख्नेलाई लाज लाग्ने गरि चोख्याउने गर्दछन्।त्यसैले त भ्रष्टाचार रअख़्तियार को दुरूपयोग बेलगाम चुलिएको छ।संवैधानिक निकायहरूमा बेथिति छ।ती निकायका मुखियाहरू उदेकिलो छन्।
जनताहरू घर घरमा जोडिएको ग्यास पाइप बाट चुल्हो बाल्दै परिकार बनाउदै,पानी जहाजमा विहार गर्दै,पूर्व-पश्चिम रेल चढ्दै “मुंगेरी लाल के हसीन सपने” भने झै आनन्द लिइ रहेका छन्। शीर्ष नेताहरूका साथ सरकार प्रमुख बाँसुरी बजाउदै सारङ्गी रेट्दै गरेको टेलीविजनमा देख्दा र धुन सुन्दा जनता आनन्दित भएका थिए।जनतालाई थाहा छ सत्तासीन हाम्रा नेतागण अत्यन्त रंगिला,रसिक र हास्यकार छन्।एक्कासि दलबदल र विभाजन लाई खुकुलो बनाउने अध्यादेश जारी गर्दा र फिर्ता लिदा मुलुकको राजनीति अत्यन्त हास्यास्पद अवस्थामा पुग्या सर्व ज्ञात नै छ। सरकार प्रमुखले “सीताको विवाह भारतका राजकुमार राम संग होईन् अयोध्याका राम संग भएको थियो।अयोध्या विरगंज देखि अलिकति पश्चिममा पर्दछ” भनेको सार्वजनिक हुदा हामी सबैलाई अचम्म त लाग्यो नै दङ्गदास पनि भयौं।
सरकार प्रमुख त अदाकार छदै छन् अन्य मन्त्रीगण र नेतागण पनि के को कम हुदो हो। “एक से बढ़कर एक” भन्या जस्तै छन्।भदौ पहिलो साता नेपालीहरूको उद्धारका लागि उडेको विमान दुबई बाट रित्तो फर्काइन्छ।स्वास्थ्य मन्त्री ढकाल “मति बिग्रीएकाहरूका लागि पनि यो महामारीका विरूद्ध लडनका निम्ति मति सुध्रियोस भन्ने शुभकामना दिन चाहान्छु” भन्नु हुन्छ।“नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामग्री”पुस्तक कक्षा ९ देखी पठनपाठन गराउन पाठ्यक्रम केन्द्रको नाममा केही संख्यामा पुस्तक छापीन्छ।तर आश्विन १ गते मन्त्रिपरिषदको बैठकमा शिक्षामंत्रीलाई प्रधानमंत्रीले यो किताब वितरण अहिले लाई रोक्नुस भन्नु भएकोले रोकियो।शिक्षामंत्री परराष्ट्रमंत्री र भूमिसुधारमंत्री को छलफल पछी प्रधानमंत्रीलाई रिपोर्ट गर्नुपर्ने शिक्षामंत्री बताउछन। तीनवटा मंत्रालय को छलफल र समन्वय बिना कुन शक्तिको आडमा शिक्षामंत्रीले पुस्तक वितरणका लागि तयार गरे।कतै चुच्चे नक़्शा पनि थेप्चिने त होईन्।
अर्थमंत्री नियुक्त हुदा “वजेट अनुशासन उल्लंघन भएको कारण राष्ट्रिय ढुकुटी लगभग रित्तो अवस्थामा छ”भन्दै श्वेतपत्र जारी गर्ने खतिवडा राष्ट्रिय ढुकुटी करिब करिब रित्तो अवस्थामा छाडेर बाहिरीए।पद बहाली र मुक्त हुदा राष्ट्रिय ढुकुटी करिब करिब रित्तो अवस्थामा रहनु संयोग हो वा परिस्थितिजन्य हो।त्यस सम्बन्धमा स्पष्ट स्टेटमेण्ट जारी गर्नुपर्ने आवश्यक ठानेनन्।मंत्रीगणमा राजनीतिक संस्कार,नैतिकता,अनुशासन,र प्रजातांत्रिक प्रक्रिया शुन्य रहेको ठान्न जनता वाध्य छन्।हुनत उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्यता ले त्यो पुष्टि गर्दै संवैधानिक नैतिकताको प्रश्न खडा गरेकै छ।
सरकार प्रमुखको हाँच्छ्युँ र बेसार पानी ले हो की शूरूमा कोरोना संक्रमण लुरूलुरू थियो।
अहीले त वर्षाकालमा नदी नाला उर्ले जस्तै उर्ली रा छ।उच्चस्तरीय संयन्त्र र सरोकारवालाहरू “खै बिरालो मुसा मार्न गयो।खै मुसा दुलो भीत्र पस्यो” जस्तै भा छ जनताहरू भनि रा छन्।स्वास्थ्य मंत्रालयको प्रवक्ता एक्लो एकोहोरो सुगा जस्तै बोली रा छन्।नाक मुख छोपिने गरि माक्स नलगाएको,अस्वाभाविकरूपमा सार्वजनिक स्थानहरूमा भीड़भाड़ गरेको,सामाजिक दूरी कायम नगरेको,साबुन पानीले मिचिमिचि हात नधोएको,सानीटाइज नगरेको, स्वास्थ सुरक्षा सम्बन्धि मापदण्ड पालन नगरेको भनिरहन प्रवक्ता लाई भ्याइ नभ्याइ छ।सरकारको प्रवक्ताले भनिसकेको छ “नागरिकहरू सचेत हुने हो भने हामीले स्थिति लाई नियन्त्रण गर्न सक्छौं।”
सरकार प्रजातन्त्रको कुरो गर्छ।जनतामा दोष थोपर्छ।चालु संसद अधिवेशन अप्रजातांत्रिक ढंगमा बन्द गर्दछ।जनताको शाासनको कुरो गर्छ तर जनयुद्धमा १७००० मारिएको मध्ये ५००० जनता मारेको सार्वजनिकरूपमा सत्तासीन दलका अर्का अध्यक्षले जिम्मा लिन्छन्।विधिको शासन को कुरो गर्छ तर पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने निर्णय सत्तासीन दलले गर्दछ।मुलुकको राजनीतिमा सन्तुलन छैन्।कुनैपनि बखत जे पनि हुनसक्छ।
——————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment