असफल विजेता
असफल विजेता
प्रकाशित:-फाल्गुन २८,२०७७(March 12,2021 )
राजनीतिमा सफल असफल,विजय पराजय मात्र हुदैन्।सामान्यतया राजनीतिक विवाद,संघर्ष र अभियानको अन्तिम परिणामको आधारमा सफल असफल,विजयी पराजित को ट्याग लगाईने गरिन्छ।विवाद,संघर्ष र अभियान लाई टुङ्गोमा पुर्याएर पूर्ण सफल एवं विजयी हुन नसकेता पनि शुरू देखि अन्त्य सम्मको दौरान कतिपय महत्वपूर्ण बिन्दुमा विजय हात पारेको हुन्छ।त्यस्ता नेतृत्व लाई असफल विजेता को संज्ञा दिइन्छ।विश्व राजनीतिक इतिहासमा एडोल्फ हिटलर लाई असफल विश्व विजेता को रूपमा चित्रण गरिन्छ।उनको असफल विश्व विजय अभियानको दुष्परिणाम विश्व ध्वस्त भएको इतिहासमा प्रष्ट उल्लेख छ।विश्वका देशहरूको राजनीतिक इतिहासमा त्यस्ता असफल विजेताहरू थुप्रै भेटिन्छन्।तर तिनीहरू को चर्चा गरिदैन्।वास्वमा ती पात्रहरूको कारण देश र जनताले धेरै कष्ट,अन्योल,अस्थिरता र डाँवाडोल को अवस्था भोगेका हुन्छन्।तसर्थ देशको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दा असफल विजेताहरूको पनि चिरफार गरिनु पर्दछ।
सर्वोच्च अदालत बाट बदर र निर्वाचन आयोग बाट खारेज गरिएको नेकपा को विगतको पार्टी एकीकरण अभियान “ पशुपतिको यात्रा सिध्राको व्यापार रहेछ।” आन्तरिक विवादको गुह्य लक्ष्य “ माधव को ढाडमा टेकेर ओली लाई चोइट्याइ दिने,उछिट्ट्याइ दिने र आफ्नो वर्चस्व कायम गर्ने रहेछ।”जनतामा गाँइगुइँ चलिरहेको छ।त्यसैले त दाहाल पक्षधर नेतृहरू र दाहाल स्वयं ले “ नैतिक हरामहरू लाई घोक्र्याएर निकालिन्छ”।“ तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँ बाट गलहत्त्याएर फालिने छ”।“ म तपाईं लाई चुनौति दिन चाहान्छु हेर्नु होला केही दिन पछी सिंहदरवार घेर्न बालुवाटार घेर्न लाखौ लाख जनता आउछन्।पत्ता साफ हुने छ।के पी ओली कुहिएको अण्डा हो।कुहिएको अण्डा खाइदैन।दफनाइन्छ,गाडिन्छ,जलाइन्छ।जनताको बहुदलीय जनवाद लाई ड्रप गर्ने पहिलो ऐमाले को कोही नेता छ भने त्यो के पी ओली नै हो”।यस्तो अभिव्यक्ति बाट विशुद्ध दाहाल खेमाको धृष्टता र षडयन्त्र जनता सामू उदाङ्गो भएको छ।सर्वोच्च अदालत को फैसला दाहाल पक्षका लागि “ उडायो सपना सबै हुरी ले ” जस्तै भा छ।माधव पक्ष अकस्मात् ठुलो आवाजमा मेघ गर्जिदा झसङ्गिए जस्तो भा छ।अतालिए जस्तै गरेर मीडिया समक्ष माधवले “ ऐमाले चलाउने हामी,त्यस्को अध्यक्षको जिम्मेवारी लिएको म,के पी ओली ले खोसेर खोसिन्छ ” भन्दै आफ्नो कुरो व्यक्त गरे।
राजनीतिक अभियान लाई टुङ्गोमा पुर्याउन र आफ्नो अभिष्ट पुरा गर्न असफल भएतापनि त्यो दौरान कतिपय परिस्थितिहरू आफ्नो अनुकूल बनाउन दाहाल सफल भएका थिए।ओली पक्ष नेताहरू लाई उत्तेजित पार्न,आफु खुसी माधव लाई अध्यक्ष मा स्थापित गरि ओली लाई साधारण सदस्यता बाट समेत निष्कासन गर्न र पार्टी को आन्तरिक विवाद लाई संसद विघटन सम्म पुर्याएर ओली लाई संविधान विरोधी,प्रतिगामी,संघीयता विरोधी आरोप लगाउने परिस्थिति सृजना गर्न सफल भएकै हो।समग्रमा माधव,झलनाथ लगाएत धुरन्धर नेताहरू दाहालको राजनीतिक सम्मोहन (Political Hypnotic) मा परेकै हुन्।
नेपाली कांग्रेसका नेताहरूमा परस्पर विमति रहेतापनि ओली र दाहाल पक्षको ललीपप को लोभमा लागेनन्।असंवैधानिक कदमको सडक बाट प्रजातांत्रिक संस्कार अनुरूप जोड़ तोडका साथ विरोध र सर्वोच्च अदालतको सम्मान गर्दै पर्ख र हेर “ Wait and See ” नीति अनुरूप निरन्तर क्रियाशीलता को परिणाम पार्टी को विश्वसनीयता लाई नयाँ उचाईमा पुर्याउन नेपाली कांग्रेस सफल रहेको राजनीतिक वृत्तमा चर्चा छ।
मिलीजुली सरकारको अवस्थामा राजनीति प्रवेश गरेको छ तापनि राजनीतिक स्थिरता वर्तमानको मुख्य सरोकारको बिषय हो।२०७४ को स्थानीय निर्वाचनमा ने.का.संग गठबंधन गरेर आफ्नो राजनीतिक स्थिति सुढृत गर्न माओवादी पूर्ण सफल रह्यो।संसदको निर्वाचनमा ऐमाले संग ६०/४० को भागबन्डा बाट आफ्नो स्थिति अत्यन्त सुढृत गर्दै एकीकरण को अवस्थामा प्रवेश गर्यो।एक जना मात्र अध्यक्ष रहने स्थिति बन्न सकेन्।दुई अध्यक्ष मध्ये दाहाल एक अध्यक्ष हुन पुगे।आन्तरिक विवाद को क्रममा माधव र झलनाथ लाई आफ्नो पक्षमा उभ्याउन सफल भएका दाहाल ओली को पत्ता साफ गर्ने अभियान कै क्रममा सर्वोच्च अदालत र निर्वाचन आयोग बाट नेकपा बदर/ खारेज पश्चात नेकपा (माओवादी केन्द्र) मा फर्किन बाध्य हुन पर्यो।
मिलीजुली सरकार बनाउने कसरत सुरू भएको छ।राजनीतिक स्थिरता मुख्य ऐजेण्डा हुनु पर्नेमा जनता समाजवादी पार्टी नेताहरू मुलत: आफ्नो तिन वटा माग अघि सारेका छन्।दलिय स्वार्थ छर्लङ्ग देखियो।कब्जा को राजनीति गर्ने सर्वसत्तावादी हरूको चलखेल बाट राजनीति लाई जोगाउन अक्षुण्ण राख्न राजनीतिक स्थिरता को अवस्था पैदा गर्नु सरकार गठबन्धन को मुख्य ऐजेण्डा हुनु पर्दछ।राष्ट्रीय राजनीति लाई स्थिरता को बिन्दुमा पुर्याउन नेपाली कांग्रेस ले दूरगामी सोंचका साथ निर्णायक भूमिका खेल्ने छ।जनता आशान्वित छन्।
सर्वोच्च अदालत को फैसला विशेषत: दाहाल को लागि राजनीतिक लोप्पा त हो नै।तथापि उनले प्रतिक्रियावाद र अवसरवाद विरूद्ध लडन अगाडी बढन संकल्प लिएका छन्। “ अब अहिले म ६६/६७ बर्ष को भऐं।माओत्से तुंग ले ७२ वर्षमा सांस्कृतिक क्रांति गरेका थिए।म एकचोटी फेरी क्रांतिमा अगाडी जानेमा छु।म छोडने वाला चै छैन्।म लड्ने वाला नै छु ”।दाहाल को यस्तो अभिव्यक्ति “ सिंह भोको रहन्छ तर घाँस खादैन ” भने जस्तै हो वा “ अँध्यारो गुफा भित्र सिंह गर्जे जस्तै हो ”।भावी राजनीति ले देखाउने नै छ।
—————————————-महेन्द्र बहादुर सिंह
Comments
Post a Comment