टुट जुट र फुटको राजनीति
टुट जुट र फुटको राजनीति
प्रकाशित:- पौष १६,२०७७ ( Dec.31,2020 )
संसदको विघटन असंवैधानिक त हो नै।विद्वान ,संविधानविद सबैले सर्वत्र भनिरहेका छन्।विरोध गरि नै रहेकाछन्।सत्तासीन दल नेकपा को आन्तरिक विवादले देश र जनता आक्रान्त छ।संविधानको बलात्कार भएको छ।आजको अवस्था शतप्रतिशत नेकपा को आन्तरिक विवादको दुष्परिणाम हो।नेकपा सिङ्गो पार्टी ज़िम्मेवार छ।तर्क र विवेक लाई शून्यावस्था मा राखेर सदैव
शीर्ष नेताहरूको वर्चस्व र एकाधिकारवादी हिकमत वढाउने Yes Boss,Yes Boss को मानसिकताले ग्रस्त नेता,कार्यकर्ता र समर्थकहरू ज़िम्मेवार छन्।
देशको समृद्धि,स्वाभिमान,सार्वभौम भूअखण्डता,सुशासन र लोक कल्याणकारी राज्य व्यवस्थाको लागि टुट,जुट र फुट लाई निरन्तरता दिइरहने स्वार्थी,हठी,लालची,सन्की नेताहरू रहेको पार्टी होईन्; विवेक र तर्क विज्ञानको सर्वोपरि आधारमा चल्ने,नेताहरूको कमीकमजोरी र गल्ती लाई खुलस्त इङ्गित गर्न सक्ने कार्यकर्ता,समर्थकहरू रहेको सशक्त कम्युनिस्ट पार्टीको खाँचो छ।यस्तै गरि मार्टोलको चोट होइन् घनको चोट हान्न सक्ने प्रजातांत्रिक पार्टी चाहिएको छ।यस्तो पार्टी मुलुकमा नभएको होईन्।छ नि।तर त्यो MassParty नेपाली कांग्रेस वर्तमान संकटको घडीमा अलमलमा परेको जस्तो आमजनताको बुझाइ छ।संसद विघटन र घोषित निर्वाचनको सम्बन्धमा कांग्रेस नेताहरू कोही हल्का विरोध गर्ने,न्यायालयको निर्णयको प्रतिक्षा गर्ने र चुनावको लागि तयार रहने,कोही सडक तताइ हाल्ने,कोही अबको सरकार ने.का.को भन्दै भोट माग्ने र कोही पर्ख र हेर आदि इत्यादि नेताहरूको अभिव्यक्ति सबैले सुनेकै देखेकै यथार्थ हो।
विडम्बना! जुट,फुटको विगतको इतिहास दोहोर्याउदै देश र जनता लाई भड्खालोमा जाक्न सत्तासीन सिङ्गो दल वैधानिक र अवैधानिक,बहुमत र अल्पमत तथा आरोप प्रत्यारोपको खेमाको खेलमा मगन छ।एक ले अर्का लाई पछार्न,उत्तानो पार्नमा व्यस्त छन्।कम्युनिस्टहरू सौम्य,सभ्य हुदैनन्,एकोहोरो भेडे स्वभावका हुन्छन् भन्ने पुरानो बहुचर्चित भनाइ लाई सत्य साबित गर्दैछन्।घरमा सबैजना मुर्ख हुनु पर्दैन्।एक जना मात्र मुर्ख भयो भने सम्पूर्ण घर नै डाँवाडोल हुन्छ।
त्यत्रो धुरन्धर नेता कार्यकर्ता भएको झण्डै दुईतिहाइ नजिक रहेको भीमकाय पार्टी दुई कित्तामा विभक्त छ।पार्टी लाई चिरापर्न बाट जोगाउन,सन्तुलन कायम गर्न तेस्रो कित्ताको रूपमा बीचमा उभिन सक्ने कुनै लाल त्यो पार्टीमा रहेनछ।नेपाल लाई दाहालले पार्टी अध्यक्षको टिको लगाइदिऐ आफु स्वयं संसदीय दलको नेता भई नै हाले।गौतम यता न उता बीचमा ठिङ्ग उभिएका छन्।खनाल राष्ट्र प्रमुख पदको पर्खाइमा छन्।
संसदको विधटन संविधानको उल्लंघन हो।संसद पुनर्स्थापन हुनु नै पर्दछ।तर त्यो मुद्दा सर्वेच्चमा छ।सर्वोच्चको निर्णय नै अन्तिम हुनेछ।सबैले स्विकार्नै पर्छ।सरकार प्रमुख संविधानको धारा, उपधारा,अनुसूचीहरू बाट बेखबर त पक्कै पनि हुन् सक्दैन्।मानसिक स्थिति असन्तुलन भएको भए सरकार प्रमुखको पदमा किन बसिरहन्थ्ये।संविधानको पूर्ण ज्ञान छ।मानसिक सन्तुलन पनि छ ता पनि किन संसद विघटन गर्न पुगे।पार्टी भित्र विवाद,वाकयुध्द चलेकै थियो तर विस्फोटको अवस्था मा पुगेको थिएन्।तथाकथित प्रस्तावको नाममा आरोप पत्र दर्ता गरियो।फिर्ता लिन तयार भएनन्।त्यो भनेको पार्टीको रिकर्डमा लिखित दस्तावेजको रूपमा सदाको लागि रहने भयो।त्यो आरोप पत्र ले बारूदको काम गर्यो।संसद विघटनको बाध्यात्मक परिस्थिति के थियो।त्यो कस्को डिजाइन थियो।कहा बाट कसरी सृजना भयो,गराईयो।सत्य तथ्यको खोज,विश्लेषण र सार्वजनिक गरिनु अत्यावश्यक छ।संसद विघटन नेकपा को आन्तरिक विवादको परिणाम त हो नै।तसर्थ संसद विघटनकर्ता लाई मात्र होईन् बाध्यात्मक स्थिति सृजना गर्नमा, देश र व्यवस्थामा डढेलोको अवस्था सृजना गर्नमा खेल खेल्ने खेलाडीहरू समेत लाई जनअदालतको कठघरामा उभ्याईनु पर्दछ।सर्वत्र आलोचना गरिनु पर्दछ।
बाध्यात्मक स्थिति सृजना गर्ने,दोष पनि लगाउने,सडक पनि तताउने,प्रदेशमा पनि डाँवाडोलको अवस्था पैदा गर्ने,जनता लाई मुर्ख बनाउने,पाँच हज़ार जनताको हत्या गरेको जिम्मा लिने अनि फेरि पनि जनता लाई नै गुहार्ने घृणित नाटक मंचन गर्ने ढोँगी नेताहरू विधिको शासन,सुशासन,जनताको शासन आदि इत्यादि नाममा देश र वर्तमान शासन व्यवस्था लाई डढाउने दुष्प्रयासमा लागेका छन्।
दुई खेमामा तैनाथ नेकपा भित्र नेताहरूले गर्दै गरेको गल्ती र षड्यन्त्र लाई इङ्गित गर्न र दबाव दिन सक्ने विवेक र तर्कको आधारमा निर्भीकतापूर्वक निर्णय लिन सक्ने नेता,कार्यकर्ता बांकी रहेछन् भने तिनीहरूले तेस्रो खेमाको रूपमा दुई खेमा बीच पुलको रूपमा आफुहरू लाई प्रस्तुत गर्न सक्नु पर्दछ।विभाजनको घातक एवं नियोजित षड्यन्त्र बाट पार्टी लाई समय मै बचाउनु पर्दछ।पार्टी फुटेर कसैलाई पनि ठुलो भाग प्राप्त हुने छैन्।असन्तोष,पछुतो र ग्लानिको भूमरीमा गाडिने छन्।कसैको गोटी बनेर परिचालित भएको रहेछ भने प्रभुको स्वार्थ मात्र पुरा हुनेछ।
“ सडकले नै हो सच्याउने।जनताले नै हो सच्याउने।अरू कुरा पनि हामी गरौंला।अदालतमा हामीले सम्मान गर्ने हो।सम्मान बाहेक केही गर्न मिल्दैन।हामी गर्दैनौ पनि।हामी आशा गर्छौं।छिटो भन्दा छिटो यो असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउने छ भनेर भरोसा गर्छौं हामी।तर हाम्रो सबभन्दा ठुलो भरोसा नेपाली जनता माथी नै हो।अरू माथी होईन्।जनताले मात्र यस्लाई सच्याउन मदत गर्न सक्छन भन्ने हाम्रो अन्तिम भरोसा जनता माथी छ”।सडक बाट व्यक्त दाहालको यस्तो अभिव्यक्ति ले अदालत माथीको भरोसामा प्रश्न चिन्ह लागेको,अदालत माथी मनोवैज्ञानिक दबाव दिएको र नेताहरूको स्वार्थपूर्तिका लागि आफ्नो ज्यान हत्केलोमा राखि फेरि पनि सडक संघर्षमा होमीने दिन नजिकिएको मनोवैज्ञानिक डर जनतामा थोपरेको जनताको बुझाइ छ।
———————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment