राजनीतिक शून्यावस्था
राजनीतिक शून्यावस्था
प्रकाशित:- मङ्सिर २३,२०७७( Dec.8, 2020 )
गर्नु गर्यौ अध्यक्ष द्वय रडाको मच्चायर,दुनियाँ लाई हंसायर पत्र भिडन्त गरेर,दुनियाँ लाई भन्न मान्दिन सरम,कार्यकारी अध्यक्ष दाहालले प्रस्तावको नाममा वितरण गर्यो अभियोग पत्र, मैले के गरम।
सत्तासीन लाई हेर्यो उल्का छ।प्रमुख प्रतिपक्ष लाई हेर्यो लामो समय देखी माक्स लगाएर सामाजिक दूरी कायम गरि बसेको छ।तेस्रो ठुलो दल लाई हेर्यो वकुल्लो भगत जस्तै गरि बसिरहेको छ।राजनीतिक सन्नाटा छ।जनता धर्म संकटमा परेका छन्।किंकर्तव्यविमूढ़ छन्।बहुदलीय पध्दतीको बिजोक छ।प्रजातन्त्रको सर्वमान्य आदर्श र मान्यता “जनताको,जनता द्वारा, जनताको लागि” मिथ्या पो हो कि भन्ने भ्रम पैदा भएको अवस्था छ।यस बाट पुष्टि हुन्छ कि राजनीति शून्यावस्थामा छ।
सत्तासीन दल भित्रको ताण्डव निश्चितरूपमा नेकपा को आन्तरिक बिषय हो।त्यस प्रति अरू कसैको कुनै चासो रहनु हुदैन्।तर त्यो आन्तरिक विवादले प्रत्यक्ष परोक्ष मुलुकको समग्र शासन व्यवस्थामा खलल पुर्याउदछ,छिमेकी संगको बिग्रिएको सम्वन्घ लाई थप उर्जा दिन्छ र समस्या समाधानमा यथेष्ट तयारी नपुगेर,एकाग्रताको अभाव रहेर,अतिक्रमित भूमि समेत समावेश गरि ०७ ज्येष्ठ २०७७ मा प्रकाशित नक़्शा र निशान छाप संसद बाट सर्वसम्मत पारित गर्दा को बखतको जस्तो अभूतपूर्व राष्ट्रीय एकता बरकरार रहेको प्रदर्शन गर्न पर्याप्त गृहकार्य गर्न नभ्याएको कारण हाम्रो स्थिति फितलो रह्यो भने मुलुकले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ।यस्तो सम्भावित स्थितिको झलक लगभग देखा परिसकेको छ।राष्ट्रीय स्तरमा सर्वत्र बाट दवाव सृजना नगरिएको कारण सत्तासीन दलको आन्तरिक जात्रा पूर्ण गतिमा निसङ्कोच रन्किएको छ।सरकार राज्य व्यवस्थामा बेफिक्र छ।कहा,के,कसो,भयो,भएन भन्नु भन्दा पनि समग्रमा राज्य व्यवस्थामा सर्वत्र बेथिति व्याप्त रहेको यथार्थ छर्लङ्ग नै छ।
सत्तासीन दल भित्रको विवाद अब नेकपा को आन्तरिक बिषय मात्र रहेन्।सम्पूर्ण जनता र दलहरूको पनि चासो र सरोकारको बिषय बनिसक्यो।सरकारले २३ गते मंगलवार आयोजना गरेको सर्वदलीय बैठकमा दलहरूले सरकारको चर्को आलोचना त गरे तर त्यस बाट सरकार लाई दबाब अनुभूत हुने छैन्।किनकि त्यो बैठक त दलहरूको नाडी छाम्नको लागि आयोजना गरिएको थियो। दलहरू बाट सरकारको विरोधमा शून्य दबाब रहेको वर्तमानको राजनीतिक शून्यावस्थामा सडक बाट उठिरहेको विरोध लाई निस्तेज गर्न दलहरू लाई ऐक्यवध्द गर्नु पनि बैठकको अर्कों महत्वपूर्ण उद्देश्य थियो।तर हुन् सकेन्। तसर्थ सम्पूर्ण जनता र दलहरूले देशव्यापी सशक्त दबाब सृजना गर्नु नितान्त आवश्यक छ।महामारी संक्रमणको सम्भावना अत्यधिक रहेको कारण दबाबको स्वरूप समयानुकूल अलि फरक ढंगको हुनु पर्दछ।सडक बाट गरिने दबाबमूलक कार्य न्यून गर्दै डिजिटल,भर्चुअल लगाएत अन्य विद्युतीय पद्धतिहरू र पोष्टर,व्यानर, प्लेकार्ड आदी माध्यमहरूको व्यापक प्रयोग गरिनु पर्दछ।यसो गर्दा देशभर दबाबको स्वर गुञ्जायमान हुनेछ।सत्तासीन दलका नेताहरू सम्हालीन वाध्य हुनेछन्।बेथिती मत्थर हुनेछ।हाम्रो गाँउघरमा एउटा प्रचलन छ नि “ दुई साँढे लामो समय सम्म जुधि रहदा धन जन, बालीनालीको अत्यधिक हानी नोक्सानीका साथै असामान्य स्थिति आईपर्ने सम्भावना पैदा भयो भने आसपासका सबैले एकैसाथ ठुलो आवाजमा टिन ठटाउने गर्दछन्।”
बहुदलीय प्रजातन्त्रको मूल्य,मान्यता,मर्यादाको लागि लामो समयसम्म संधर्ष गरेका त्यागी,अनुभवी भुक्तभोगी शिर्ष त्रीनेता नेपाल,खनाल,गौतम संयमता र सकारात्मकताका साथ अलि फरक ढंगमा प्रस्तुत हुनु पर्ने हो।तर भएनन्।त्यसैले त “ नेकपा इतिहास कै गंभीर संकटमा छ।यो संकट कुनै बाह्य कारणले होइन,महाधिवेशन भन्दा बाहिर बाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिर बाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्व मोह र सत्तामोह का कारण निम्तिएको छ।” सरकार प्रमुख तथा नेकपा अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भयो। “सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने” उघ्दोष पनि गरे।
त्रीनेता प्रचण्डसंगै अग्रपंक्तिमा उभिएको सबैले देख्न पाउनु पर्ने हो।तर प्रचण्ड Frontline अग्रपंक्तिमा एक्लो उभिएका छन्/उभ्याइएको छ।उनलाई पछाडी बाट त्रीनेताले टेको दिइरहेका छन्।राष्ट्र प्रमुख,सरकार प्रमुख र पार्टी अध्यक्ष पदको धोको त्रीनेतामा छ नै।तसर्थ खेल भित्रको खेल पनि त हुन् सक्छ।
——————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment