उथलपुथलको राजनीति
उथलपुथलको राजनीति
प्रकाशित:-२९,आषाढ २०७७( July 13,2020)
यदाकदा राजनीतिमा उत्पन्न हुने उथलपुथलको परिणाम सकारात्मक नै हुनेछ भनी ठोकुवा गर्न कठिन हुन्छ।निर्णय बिन्दुमा पुग्न सकस झेलिरहेको सत्तासीन दल भित्रको खिचाखिच,भारतको डिज़ाइन मा सरकार ढाल्ने कसरतमा लागिपरेको परस्पर आरोप,जनताले पॉच वर्ष प्रतिपक्षमा रहन आदेश दिएको नेपाली कॉंग्रेस को विज्ञप्ति,भूमि अतिक्रमणकारि भारतले वार्ता को लागि नेपालको प्रयत्न लाई लत्याई रहेको,भारतीय टेलीविजनहरूले नेपाल नेपाली र सरकार प्रमुख विरूद्ध नाङ्गो आरोप छेरि रहेको,भारतीय दूरदर्शन बाहेक अन्य न्यूज़ च्यानल प्रसारण नेपालमा बन्द गरिएको, भारतीय राजदूत, नेता, सैनिक विशेषज्ञ र RAW को उच्च पदस्थ ख़ुफ़ियाहरूको भूमिगत सक्रियता,चीनियाँ राजदूत को खुलस्त भेटघाट आदि इत्यादि को कारण नेपाली राजनीतिक आकाशमा उथलपुथल को बादल मडारिंदो छ।सत्तासीन दलमा चलिरहेको राजनीतिक मन्थन बाट अमृत,विष वा विषयुक्त अमृत के निस्किने हो ठ्याक्क अडकल लगाउन सकिने अवस्था छैन्।
मुलुकको राजनीतिमा एकताका “ बेइजिङमा पानी पर्दा काठमाण्डूमा छाता ओढ्ने र दिल्लीमा प्रचण्ड घाम लाग्दा नेपालां छाता ओढ्ने ”राजनीतिक लान्छना को अवस्था थियो ।त्यो अवस्था समाप्त भइसकेको त छैन् नै तर स्वरूप मात्र परिवर्तन भाको छ।चीनियाँ संगको हकमा डिजिटल कन्फ्रेन्स,प्रशिक्षण,खुला भेटघाट,चियापान र भारतको हकमा सुरुङ मार्ग बाट शकुनि शैलीमा शतरंजको चाल चल्न सक्रिय रहेको अवस्था छ।वि.सं.२००७ को परिवर्तन पश्चात राजदरवार, सिंहदरवार,सैनिक अड्डा सबै क्षेत्रमा प्रत्यक्ष उपस्थित र सक्रिय रहेको भारतको संलग्नता लाई क्रमशःखुम्च्याइदै लगिएको र इतिहासमा पहिलो पटक आफ्नै करतुतले भारत सर्वाङ्ग नाङ्गिएको वर्तमानमा आपसी सम्बन्ध कॉंडैकॉंडाको पहाड जस्तो छ।
महेन्द्र कालमा छिमेकी चीन र भारत संगको सम्बन्ध सम-दुरी ( Equi-Distance ) को रहने नीति अवलम्बन गरिएको भारत लाई ज्ञात छ तापनि नेपाल माथीको आफ्नो हैकम र प्रभाव लाई यथावत कायम गर्न साम दाम दण्ड भेद को नीति प्रयोग गर्दा पनि चाहे जस्तो परिणाम प्राप्त भएन्।त्रिभुवन कालमा नेपाल संगको विशेष सम्बन्ध र तत्पश्चात् पनि लामो समय सम्मको एकलौती प्रभाव र दबदबाउ को ह्याङओभरले गर्दा भारत आज रन्थनिएको छ।भारतीय अतिक्रमण को विरोध गर्दै मुलुकको अद्दावधी नक्सा निशान छापमा राख्न संसदमा प्रस्तुत संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरि सम्पूर्ण दलहरूले प्रदर्शन गरेको ऐतिहासिक ऐक्यवद्धता बाट भारत अत्तालिएर बहुलाएको छ।चीनियाँ राजदूतको खुला एवं निर्धक्क भेटधाट र चियापान लाई भारतले आकाश खस्न थाले को ठानि राख्या छ।चीन विरुध्दको आफ्नो ईर्ष्या,डाहा को आगो हामी माथी ओकल्दै छ।यही त हो नि कागजी बाघ भन्या।ढोलक जतिसुकै ठुलो आकार र चर्को आवाज़ को भएपनि भित्र खोक्रो हुन्छ नि त।
पाँच वर्ष प्रतिपक्षमा रहन जनादेश पाएको उल्लेखित नेपाली कॉंग्रेस को विज्ञप्ति प्रशंसनीय त छ तर पूर्ण छैन्।जनताले सरकार गठन गर्न,प्रमुख प्रतिपक्ष र विपक्षमा रहन आदेश दिएको भन्नु तर्क संगत छैन्।जनताले निर्वाचित गरि संसदमा पठाउनु भनेको सरकार चलाउन दिएको योग्यता को प्रमाण पत्र हो।तसर्थ मौकामा चौका हान्न होईन् देश र जनताको लागि आवश्यक परेको वखत सरकार चलाउनु,सरकारमा सामेल हुनु,सरकार लाई पूर्णता दिनु र देश लाई राजनीतिक दुर्घटना बाट जोगाउनु निर्वाचित दलहरूको दायित्व हो।
छिमेकीहरू प्रति हामी सदैव उदार,सहिष्णु र सहयोगी रहदै आएका छौ।कठोरता,धोकेबाजी र बदनियत हाम्रो शब्दकोषमै छैन्।हामी माथी दबाब दिदा ,अनर्गल आरोप लगाउदा पनि हामीहरू कठोरता प्रदर्शन गर्दैनौ।भारत हामीहरू लाई लाछी,लाचार,कमजोर र नालायक ठान्दछन्।उदार र सहिष्णुको बाँध तोडिएको छ।विश्वमा सबै भन्दा ठुलो लोकतांत्रिक देश भन्दै गलफती गर्ने भारत प्रेस स्वतन्त्रता को नाममा नेपाल,नेपाली र सरकार प्रमुख लाई छिमेकी चीन र चीनियाँ राजदूत संग जोड्दै विद्दुतिय संचार क्षेत्रमा अश्लील ढंगमा अराजकता को ताण्डव मच्चाइ रहेको छ।त्यसैले
डिजिटल केवल सेवा प्रदायकहरू बाट स्वतस्फूर्त भारतीय दूरदर्शन बाहेक अन्य न्यूज़ च्यानल प्रसारण नेपालमा बन्द गरिएको स्वाभिमानी कदम को टिप्पणी होईन् मुक्त कण्ठ ले समर्थन र प्रशंसा गर्नु पर्दछ।कतिपय बिषयहरूमा तर्क गर्नु औचित्यहीन हुन्छ। समय, परिस्थिति र आवश्यकतानुसार “ जैसे को तैसे ” गर्दै जानु पर्दछ।यसै सन्दर्भमा नेपाल सरकारले भारत सरकार लाई कूटनीतिक नोट पठाए बाट जनताको मनोबल बढेको छ।
नेकपा भित्रको गुटबन्दी,ध्रुवीकरण र आरोप प्रत्यारोप निश्चितरूपमा पार्टी को आन्तरिक मामिला हो।पार्टी भित्र बाट नै समाधान हुनेछ।त्यस बाट राष्ट्रीय राजनीति,सरकार संचालन,देश र जनता सित सम्बन्धीत विभिन्न बिषय,क्षेत्र लगाएत छिमेकीहरू संगको सम्बन्ध प्रभावित हुनु हुदैन्।नागरिकता ऐन संशोधन विधेयक लगाएत विभिन्न महत्वपूर्ण बिषयहरू छलफल द्वारा पारित गर्न प्रस्तुत भई सकेको अवस्थामा जुन ढंगमा अकस्मात संसद को अधिवेशन समाप्त गरियो र सरकार ढाल्न,आफु लाई सत्ताच्युत गर्न भारत लागिपरेको सरकार प्रमुख बाट किटानी साथ उठान गरिएकै कारण त्यस तर्फ सबैको चासो बढेको र बहस चलेको हो।
भारतको RAW ( Research & Analysis Wing ) अत्यन्त सक्रिय रहेको आजको घडीमा नेकपा को आन्तरिक विवाद समाधान को क्रममा राष्ट्र राष्ट्रीयता अलिकति पनि चिथोरिन गएमा त्यस्ता लाई जनताले लेण्डूप को खलक ठान्ने छन्।आत्मा विहीन शरीर भएका हाम्रा केही नेताहरू RAW को ख़ुफ़ियाहरू संगको साँठगाँठमा भूमिगत चलखेलमा लागिपरेको पनि हुन् सक्छ।सत्तासीन नेकपा को वर्तमान को वाहवाह को अवस्था कतै हायहाय मा न बदलियोस।
———————————-महेन्द्र बहादुर सिंह
Comments
Post a Comment