राजनीतिमा लपेटिएका राम बुद्ध

 राजनीतिमा लपेटिएका राम बुद्ध 

प्रकाशित:-भाद्र २१,२०७७( Sept.6,2020 )


 धर्म लाई अनेक ढंगमा अर्थ्याइन्छ तापनि मूलत: आस्था,विश्वास,सदाचार,मान्यता र परम्परा नै त हो नि धर्म भन्या।यो मानव हृदय र मस्तिष्कमा गहिरिनु कै कारण अत्यन्त संवेदनशील हुन्छ।त्यसैले धर्म संस्कृति प्रति को मिथ्या,तुच्छ,तीक्ष्ण,टिप्पणी,अभिव्यक्ति,अपव्याख्या र अतिक्रमण बाट शान्ति,सहिष्णुता र भ्रातृत्वमा खलल पुग्न सक्छ।पारस्परिक सुमधुर सम्बन्ध चिरा पर्न सक्छ।आक्रोश,प्रतिशोध,वाकयुध्द र विद्रोह को अवस्था पैदा हुन् सक्छ।तसर्थ जन जगत को शान्ति , सम्मान,कल्याण र पारस्परिक प्रगाढ़ सम्बन्ध का लागि सबै खाले अतिक्रमण बाट विमुख हुनु पर्दछ।संयुक्त राष्ट्र संघ को वडापत्रमा उल्लेखित उद्देश्य प्राप्तिका लागि “ सदस्य राष्ट्रहरू परस्पर असल छिमेक को रूपमा एक अर्का संग शान्तिपूर्वक संगै रहने र सहिष्णुता को अभ्यास गर्ने” स्पष्ट  उल्लेख प्रस्तावनामा गरिएको छ।सुरक्षा परिषद सदस्यताका लागि लालायित प्रयत्नरत भारत आफु लाई दक्षिण एशियामा असल छिमेक को रूप स्थापित गरि उदाहरणीय बन्नु पर्ने हो तर   विडम्बना त्यसो हुन सक्या छैन्।

आक्रामक मुस्लिम शासकहरू बाट गरिएको हिन्दू धर्म संस्कृति माथि को हदै सम्मको बर्बर अतिक्रमण को क्रममा मन्दिरहरू भत्काइ त्यस माथि मस्जिद निर्माण गरेको,मुर्ति कलाकृतीहरू  तोडफोड गरि जमिनमा गाडिनु को पीड़ा भारत ले भोगेको छ।भारतीय इतिहास,पुरातात्विक उत्खनन र पुरातत्वविदहरू को प्रतिवेदन मा उल्लेख छ।कतिपय पुरातत्वविदहरूले आफ्नो अध्ययन प्रतिवेदनमा काशी, जौनपुर,गुजरात,अजमेर,दिल्ली,कन्नौज,वृन्दावन,मथुरा,अहमदाबाद,धार मध्यप्रदेश को व्याख्या गरेका छन्।

कपिलवस्तुका शाक्यवंशीय राजा शुद्धोदन र महारानी माया देवी पुत्र सिध्दार्थ गौतम बुद्ध लुम्बिनी मा जन्मिएको ऐतिहासिक तथा पुरातात्विक तथ्य जन जगत जाहेर छ तथापि गौतम बुद्ध को जन्म  भारतमा भएको मिथ्या प्रचार गर्न र भ्रम फैलाउन पाखण्डीहरू निर्लज्ज अहोरात्र लागिपरेका छन्।यस कार्यमा भारतीय प्र.म.नरेन्द मोदी अग्र पंक्तिमा छन्।

एउटै बिषयमा ठांउ र सन्दर्भ अनुसार फरक फरक अभिव्यक्ति दिन मोदी उस्ताद छन्।सन् २०१४ मा नेपाल आउदा “ यह वह भूमि है जिसने विश्व को अचंभित करदेने वाले भगवान बुद्ध को जन्म दिया है” भन्दै ताली को गडगडाहट पाउन सफल मोदी सन्२०१९ मा संयुक्त राष्ट्र संघ साधारण सभामा बोल्दै “हम उस देश के वासी है जिसने दुनियाँ को युध्द नही बुध्द दिए है” भनेका थिए।सन् २०१५ वर्लिनमा जर्मनका चान्सलर संग को संयुक्त प्रेस कनफरेन्समा मोदी ले भनेका थिए “भारत वह देश जहा अहिंसा के दूत माहात्मा गांधी पैदा हुए थे।वह देश जहां गौतम बुद्ध पैदा हुए थे”। गौतम बुद्ध ले ज्ञान प्राप्त गरेको,प्रथम उपदेश दिएको र महापरिनिर्वाण स्थल बोध गया,सारनाथ र कुशीनगर भारत मा पर्दछ।यस आधार मा भारत लाई बुद्ध भूमि भन्नु मनासिब हो।तर बुध्द भारत मा जन्मिएको भन्नु शतप्रतिशत धार्मिक एवं सांस्कृतिक अतिक्रमण नै हो।यति मात्र होईन्  सन् २०१३ गांधी मैदान पटना विहार को हुंकार रैली मा “यह सीता माता की धरती है” भन्दै बोल्ने मोदी ले सन् २०१४ नेपालको संधीय संसदमा “आज भी हम जनक का स्मरण करते है” भनेका थिए।

सन् १९९२ मा तोड़फोड़ गरि भत्काइएको भारत अयोध्या स्थित बाबरी मस्जिद परिसर को उत्खनन गर्दा जे जति जस्तो वस्तुहरू प्राप्त भयो त्यस्को पुरातात्विक अध्ययन र परिक्षण गर्दा त्यस क्षेत्र मा   दैवी उध्देश्य ले बनाइएका विशाल पवित्र संरचना रहेको प्रमाण भेटिएको तर आवासीय बस्ती रहेको केही पनि प्रमाण फेला नपरेको Archaeological Survey of India  ASI र पुरातत्वविदहरूको प्रतिवेदन मा उल्लेख छ।उत्खनन गर्दा भेटिएको Mid 12th centuryको पाँच फुट लामो ढुङ्गे शिलालेख मा “राजा गोविन्द चन्द्र(सन् १११४-११५५ ),विष्णु हरि मन्दिर र दश टाउको भएको राक्षस को वध गरेको” उल्लेख छ।त्यो शिलालेख को केही भाग मेटिएको र थप अध्ययन,अनुसंधान को लागि उपलब्ध नगराइको पुरातत्वविदहरूले लेखेका छन्। राम अयोध्या मा जन्मिएको पुष्टि वा संकेत गर्ने पुरातात्विक प्रमाणहरू फेलापरेको पुरातत्वविदहरूले स्पष्ट एवं किटानी उल्लेख गरेको पाईदैन्।अयोध्या बुध्द कालिन श्रावस्ती साकेत नगरी सित सम्बंधित रहेको इतिहासकार,बौध्द चिन्तक,भिक्षु र अनुसंधानकर्ताहरू बताउछन्।

बृटिश यात्री William Finch ले १६०८-११ अयोध्या भ्रमण गर्दा भारतीय हरूले मान्ने महान भगवान रामचन्द्र को दरबार र घरहरू को भग्नावशेषहरू मात्र रहेको उनको Finch’s Testimony मा उल्लेख छ।तुलसी दोहा शतकमा उल्लेख छ “ सम्वत् १५८५(१५२८ AD) मा अयोध्यामा ठुलो संकट आयो,धेरै हिन्दूहरू मारिए र रामजन्म भूमि को मन्दिर नष्ट गर्यो मस्जिद बनायो”।गुरू नानक को जनम साखी अनुसार १५०० मा गुरु नानक ले अयोध्या को भ्रमण गर्दा शिष्य मरदाना लाई भनेका थिए “ अयोध्या रामचन्द्र को क्षेत्र हो”।

मूलतः वाल्मीकि रामायण मा सरयू नदी तट अवस्थित अयोध्या भगवान राम को जन्मस्थान उल्लेख भएकै आधार मा अयोध्या लाई नै राम जन्मभूमि मानिएको हो।नेपालमा पनि अयोध्यापुरी ( माडी न.पा.वडा ८) रहेको र त्यो क्षेत्र राम रामायण संग सम्बंधित रहेको ले वैज्ञानिक ढंगमा कडा व्यवस्थापन एवं निगरानी साथ समग्र पुरातात्विक अध्ययनअनुसंधान उत्खनन गरिनु पर्दछ।नेपाल भारत सम्बन्ध हिमशिला अवस्थामा रहेको,अयोध्या मा राम मन्दिर निर्माण का लागि भूमि पुजन को तयारी मा भारत सतर्क रहेको समय मा शब्द र वाक्य नमिलाइ २०७७असार २९ मा हाम्रा सरकार प्रमुख प्वाक्क बोल्दा तापक्रम बढ्ने पारो चढ्ने नै भयो नि।

असार ३० गते परराष्ट्र ले “राम रामायण संम्बन्धि प्र.म.को अभिव्यक्ति राजनीतिक प्रेरित नभएको, कसै को विश्वास र आस्था मा ठेस पुर्याउने मनसाय नरहेको,अयोध्या को महत्व र सांस्कृतिक मूल्य मान्यता लाई वहस को विषय बनाउन नखोजिएको”उल्लेखित विज्ञप्ति जारी गर्यो।  भारतीय विदेश मन्त्री एस जयशंकर ले ०८ अगस्त २०२०मा दिएको अभिव्यक्ति “दुई महान भारतीय मध्य गौतम बुद्ध एक हुन्” को विरोध मा परराष्ट्र मन्त्रालय ले “गौतम बुद्ध नेपाल को लुम्बिनी मा जन्मेको इतिहास र पुरातात्विक आधारहरू बाट स्थापित,अकाट्य,अस्वीकार गर्न नसकिने,विश्व ले मानेको र बहस को विषय वनाउन नसकिने प्रमाणित सत्य हो”उल्लेखित विज्ञप्ति ०९ अगस्त २०२०मा जारी गर्यो।

अन्तत:भारतीय विदेश मन्त्रालय का प्रवक्ता अनुराग श्रीवास्तव ले नियमित पत्रकार सम्मेलनमा प्रस्ट्याए “यस्मा कुनै विवाद छैन् कि गौतम बुद्ध नेपालको लुम्बिनीमा नै जन्मिएका थिए। बुध्द को जन्मस्थल लुम्बिनी नै हो”।यस्ले लामो समय देखिको भारतको धार्मिक सांस्कृतिक अतिक्रमण को राजनीतिक लपेटाइ बाट गौतम बुद्ध  मुक्त भएको संकेत गर्दछ।नेपाल भारत सुमधुर,प्रगाढ़ एवं दिगो सम्बन्ध को यो सकारात्मक पक्ष हो।

———————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ