देश जनता दल र नेता
देश जनता दल र नेता
प्रकाशित:- चैत्र १५,२०७६ ( March 28,2020 )
कोरोना भाइरस (बिषाणु ) संक्रमण को संत्रासमा आज विश्व जकडियको छ।महामारी को अवस्था छ।सम्पूर्ण राष्ट्रहरू,विश्व स्वास्थ संगठन लगायत स्वास्थ र चिकित्सा संग सम्बन्धित सम्पूर्ण राष्ट्रीय क्षेत्रीय अन्तराष्ट्रीय संघ संगठन र निकायहरू,अनुसन्धानकर्ता विज्ञ विद्वानहरू, चिकित्सक स्वास्थकर्मीहरू सबै युद्धकाल मा जस्तै जागा छन्।प्रयत्न अहोरात्र जारी छ।रोकथाम र उपचारात्मक औषधि नबनीसकेको पत्तानलागी सकेको वर्तमान अवस्था मा रामवाण को खोज निरन्तर चलिनैरा छ।जन र जगत् सबैमा डर,चिन्ता ,आकुल व्याकुल को अवस्था छ।मानव अनुहार घाम डुब्न लाग्या जस्तै संत्रास ले ग्रस्त छ।सामाजिक दुरी(social distance),नाक मुख र अॉखा छोप्न मास्क र सुरक्षा चश्मा, डिस्पोजेबल ग्लोभ्स, साबुन पानी, ७०% माथीको अल्कोहल,हातमा दल्ने सेनिटाइजर को अनिवार्य प्रयोग गर्ने ,परिक्षण को लागी स्वतस्फुर्त क्वारान्टाइन ( self Quarantine ) मा वस्नु पर्ने भाइरस लागेका हरू लाई आइसोलेसन ( isolation ) मा राखिने आदी इत्यादि को व्यापक प्रचार प्रसार ,प्रयोग ,व्यवस्थापन र सहजीकरणमा सबै तल्लीन छन्।विभिन्न देशहरू मा जुन गतिमा भाइरस संक्रमण र मानवीय क्षति वढ्दैछ त्यस्को आँकड़ा सुन्दा र पढ्दा मानव मन मस्तिष्कमा पनि डर र आशंका उत्तिकै वढ्दै गाछ।मानव आत्मबल र विश्वास घट्दो, मनोवैज्ञानिक त्रास वढ्दो छ।
यस्तो स्थिति पैदा हुनु भन्या आफु भित्र रहेको प्रतिरोधात्मक शक्ति मा शिथिलता आउनु हो।
भाइरस लाग्न फैलिन नदिन,यस्बाट बच्न बॉच्न र बचाउन ( ॐ सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग भवेत् ।।) को अवस्था सृजना अत्यावश्यक छ।सामाजिक दुरी कायम गर्नु नै पर्ने,घर भित्र बस्नु नै पर्ने वर्तमान को बाध्यात्मकता को कारण पेशा रोजगार व्यवसाय मा पूर्ण विराम लाग्या छ।दैनिकी चलाउन,लेनदेन व्यवहार मिलाउन नसकिने र आर्थिक भार झन थपिदै जाने हुदा मानव चिन्ता वढ्ने नै भयो।यो चिन्ता ले मनोवैज्ञानिक डर झन बढ़ने हुदा जनता असन्तोष, हैरान,दिक्दार र थकित अवस्था मा रहने छन्।आत्मवल र विश्वास मा ह्रास आउने छ।त्यसैले जनता आर्थिक र रोजीरोटी को चिन्ता बाट मुक्त हुने, राहत पाउने व्यवस्था मिलाइनु पर्दछ।विजुली,पानी,टेलिविज़न,सबै प्रकारको टेलिफ़ोन,घर, दुकान तथा अन्य व्यवसायिक भाडा,वित्तीय संथान को किस्ता प्रिमियमआदी इत्यादि सबै भुक्तानी निश्चित अवधि का लागी ( एक वा दुई महिना ) स्थगित गरिनु पर्दछ।विलम्ब शुल्क र व्याज मिनाहा गरिनु पर्दछ।तोकिएको निश्चित अवधि पछि को भुक्तानी साविक वमोजिम कायम गरिनु पर्दछ।निश्चित अवधिका लागी स्थगित गरिएको भुक्तानीको शुल्क,भाडा,किस्ता प्रिमियम आदी इत्यादी सबै भुक्तानीहरू मासिक भुक्तानी गर्दै जाने सहज व्यवस्था मिलाईनु सर्वोत्तम हुनेछ।राहत पाउनु भन्या चिन्ता मुक्त हुनु हो।निश्चिन्त हुनु हो। यसो गरिएको खण्डमा जनताको आत्मविश्वास आत्मवल आत्मशक्ति उच्च हुनेछ।मनोवैज्ञानिक त्रास घट्दै जाने छ।अन्तत्वोगत्वा जनताको प्रतिरोधात्मक शक्ति मानसिक एवं शारीरिकरूपमा सतप्रतिशत बढनेछ।
सरकार को नीति कार्यक्रम र निर्देशन विद्युतीय संचार माध्यमहरू बाट निरन्तर प्रसारण भईनै रहनु पर्दछ।वडा वडामा निरन्तर माइक लगाउदै जनता लाई सुसूचित र आग्रह गरिनै रहनु पर्दछ।जनता लाई शान्ति सुरक्षा अनुभूत गराउन वडा वडामा प्रहरी परिचालन गराईनै रहनु पर्दछ।दैनिक उपभोग का सामानहरूको आपुर्ती को व्यवस्था ठांउ ठांउमा स्वस्थ एवं सुरक्षित ढंगमा मिलाईनु पर्दछ।राहत वितरण र व्यवस्थापन कार्य वडो सचेत,सजग एवं होसियारी का साथ गरिनु पर्दछ।हैन भने राहत जनताको पेटॉ जानुको साटो संकट एवं विषम परिस्थितीमा पनि हाम गर्न सिपालु भ्रष्टाचारी को घैंटे भुंडीमा जाला नि। रोज़गारी गरि दैनिकी चलाउनु पर्ने थुप्रै जनताको निवासमा चूल्हों बलेकै छैन् होला।ती सबै जनताको व्यवस्थित ढंगमा पहिचान गरि दैनिक उपभोगका सरसामानहरू निःशुल्क वितरण गर्न ठांउ ठांउमा बुथ केन्द्रको व्यवस्था गरिनु पर्दछ।यी सबै कार्य सरकार ले नै गर्नु पर्दछ भन्नु प्रजातन्त्र र समाजवाद, देश र जनता विरोधी सोंच हो।अत: सरकार संग हातेमालो गर्दै भाइरस संक्रमण बाट देश र समस्त जनता लाई जोगाउनु राहत दिनु शान्ति सुरक्षा सुव्यवस्था र अमनचयन कायम गर्नु सबैको राष्ट्रीय दायित्व हो।हुन त प्रमुख प्रतिपक्ष नेपाली कॉंग्रेस ले दैनिक रोज़गार गरि जीविका चलाइरहेका जनताहरूका लागी विशेष आर्थिक प्याकेज को आवश्यकता औंल्याउदै सरकारको कार्य लाई सहयोग समर्थन गर्ने प्रतिवद्दता सार्वजनिक गर्दै सरकार को निर्णय नीति नियम र निर्देशन लाई पालना गरि सहयोग गर्न सम्पूर्ण नेपाली लाई अपील गरि नै सक्या छ।अन्य राजनीतिक दलहरूले पनि आर्थिक प्याकेज को कुरो उठाउदै सरकारको कार्य लाई सहयोग समर्थन गर्ने जनाएका छन्। सरकार तथा प्रमुख प्रतिपक्ष दल लगाएत अन्य दलहरू र जनता वीच देखीएको राष्ट्रीय एक्येवद्धता एउटा महत्वपूर्ण उपलब्धि हो।राष्ट्रीय राजनीतिको लागी यो एउटा सन्देश पनि त हो नि।
उपचारमा संलग्न चिकित्सक एवं स्वास्थकर्मीहरूको लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री लगायत रोग परिक्षण सामग्रीहरू यथेष्ट उपलब्ध गराइनु पर्दछ।यथेष्ट उपलब्ध छैन् तर उत्पादन गर्न सकिन्छ भने तत्काल आपतकालीन उत्पादन शुरू गरिहाल्नु पर्दछ।छोटो समयमा आवश्यकता पूर्ति गर्न सकिदैन्।आयात नै गर्नु पर्दछ र त्यो कार्य सरकारी प्रकिया को दॉजो मा निजी क्षेत्र बाट छिटोछरितो हुन्छ भने यथाशीघ्र औघोगिक व्यापारिक प्रतिष्ठान हरू लाई आह्वान गरिहाल्नु पर्द्छ। हुन् त सरकारले आह्वान गरि नै सक्या छ साथै हवाई मार्ग र थल मार्ग बाट ढुवानी गर्दा सहयोग को आवश्यकता परेमा सरकारले उपलब्ध गराउने पनि भनि सक्या छ।शान्ति सुरक्षा मा खटिएका सुरक्षाकर्मिहरूको स्वास्थ सुरक्षा लगायत अन्य आवश्यक सामग्रिहरूको पर्याप्त व्यवस्था मिलाइनु पर्दछ।विश्व स्वास्थ संगठन लगायत चिकित्सा स्वास्थ संग सम्बन्धित राष्ट्रीय क्षत्रिय अन्तरराष्ट्रीय संध संस्था निकायहरू,विज्ञ,अनुसन्धानकर्ता,विद्वान,चिकित्सक एवं नेपाल सरकार द्वारा जारी निर्देशन र सुझावहरू को गम्भीरता का साथ पालन लगायत प्रमुख प्रतिपक्ष नेपाली कॉंग्रेस र अन्य दलहरू को अपील लाई मनन गर्दै आफु बचनु बॉचनु र समस्त जन र जगत् लाई बचाउनु स्वस्थ सुखी बनाउनु हामी सबैको कर्तव्य हो।आत्मशक्ति वढाउन, मनोवैज्ञानिक डर को न्यूनिकरण र आफु भित्र रहेको प्रतिरोधात्मक शक्ति लाई बलियो बनाउन, उच्च राख्न, स्वस्थ रहन ॐ उच्चारण गर्दै नियमित योगा गर्नु,धर परिवार, टोल छिमेक, इष्ट मित्र लगायत सक्दो वढी भन्दा वढी लाई उत्प्रेरित गर्नु आजको अहीलेको अनिवार्य आवश्यकता हो।यही त हो नि जन कर्तव्य,जन धर्म भन्या।
—————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment