घेराबन्दीको राजनीति

 

हो गठबन्धन घेराबन्दी राजनीतिको एउटा आधारभूत रणनीति हो।सर्वविदित नै छ गठबन्धनको रथ प्रचण्डले मनग्य हाँकी रहेको छ।देउवा त हाँकीएको मात्र छ।

कमरेड प्रचण्ड टाइम टाइममा फतरफतर गरिरहन्छन्। “ हिजो ऐमालेलाइ हामीले गठबन्धन र पार्टी एउटै बनाउदा त्यस्को लिडरशिपमा यति धेरै अहंकार आयो हामी विद्रोह गर्ने ठाउमा पुगियो ।अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ।हामीले प्रधानमन्त्री बनायौं र अहिले पनि उहाँ भइराख्नोस भन्ने छ तर हामी चिन्तित छौ यति बेला फेरि कांग्रेस पनि ऐमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन।स्थानियमा पनि धेरै जसो ठाउँमा ठेगान लाइयो अब प्रदेश र संघमा पनि ठेगान लगाउने हो भन्यो भने हामीले फेरि ऐमालेलाइ ठेगान लगाए जस्तै कांग्रेसलाइ लगाउने दिन नआवस भन्ने छ हामीलाइ।Taken for Granted जस्तो भनेर कांग्रेसले माओवादी लाइ हल्का रूपमा लिने काम नगरोस भन्ने मेरो अनुरोध छ ”।छ्याङ्ग छ—गठबन्धन भीत्र नेकपा माओवादी “ संलग्नता र आक्रामकता ” Alignment & Aggression को नीतिमा चलिरहेको छ।

कमरेड प्रचण्ड निरन्तर केही न केही बोली नै रहन्छन् “ गठबन्धन एउटा उद्देश्यको निम्ति गठन भएको हो।त्यो उद्देश्य अहिले पनि कायमनै छ।तर गठबन्धन भीत्र हाम्रो संघर्षको स्वरूप बदल्न पर्ने देखियाछ ”।प्रचण्डको यस्तो अभिव्यक्तिको भाव के हो ? गठबन्धन पनि कायम गर्ने वामपन्थी पनि मिल्ने।साथै विचार मिल्नेहरूको बिचमा एकताको सम्भावना रहेसम्म एउटै पार्टी भएर जाने। प्रचण्ड वाचन “ हामीले धेरै ठक्कर खायौं।ठेस लागे पछि बुध्दि बढ्छ भन्या जस्तै हामी सबैलाई ठेस लाग्यो बुध्दि बढ्याछ हामी मिल्दा समृद्धिको यात्रा पनि नयाँ ढंगले शुरू गर्न सकिन्छ ”।

माओवादी, एकीकृत समाजवादी,राष्ट्रीय जनमोर्चा,जसपा लगाएत वावुराम, वामदेव र अरू वामपन्थी शक्तिहरू जस्ले समाजवादी कार्यदिशालाइ मान्दछ ती शक्तिहरू बिच निर्वाचनमा पनि राष्ट्रीय राजनीतिमापनि हामी मोर्चाबन्दी गर्छौ।परम्परागत शक्तिको प्रतिनिधि कांग्रेसले गर्छ।प्रगतिशील वामपन्थी क्रान्तिकारी शक्तिको प्रतिनिधित्व माओवादीले गर्छ।यो कथन माओवादी केन्द्र नेता वर्षमान पुनको हो।हुनत नेकपा ऐमाले र माओवादी ( केन्द्र )को युवा कमरेडहरू पार्टी एकताको खातिर प्रयत्नरत थिए।यति खेर सफल नभएतापनि निर्वाचन पछी त्यो प्रयत्नलाइ निरन्तरता दिने संकेत छ।प्रचण्डले राष्ट्रीय राजनीति मा दोस्रो स्थान हासिल गर्ने बिगुल फुक्दै आगामी निर्वाचन पछी मुलुकको नेतृत्व आफ्नो पार्टीले गर्ने र पार्टी शक्तिमा नआए संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने बताएका छन्।

आफ्नो मूल थलो छोडेर A rolling stone gathers no moss भने जस्तै नयाँ शक्ति,जसपा हुदै गुल्टदै नेपाल समाजवादी पार्टीको अध्यक्षको रूपमा विद्वान नेता डा. बाबुराम भट्टराई झुल्कीएका छन्।आफ्नो पार्टीलाइ गठबन्धनकै एउटा अङ्ग बताउने बाबुराम माओवादी ( केन्द्र ) को चुनाव चिन्ह लिएर संयुक्तरूपमा निर्वाचन लड्ने सहमत भएछन्।आगामी दिनहरूमा बृहत् राजनीतिक अग्रगामी शक्तिहरूको ध्रुवीकरण गरेर देशलाइ विकास सुशासन समृद्धिको दिशामा जाने संकल्प पनि गरेछन्।

संविधानको प्रस्तावनामा “ लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवध्द रहि समृद्ध राष्ट्र निर्माण गर्न ”स्पष्ट उल्लेख छ।यो सबैको साझा समाजवाद हो।तर वामपन्थी शक्तिहरू समाजवादी कार्य दिशालाइ मान्ने वामपन्थी शक्तिहरू बीच मोर्चाबन्दी गर्ने,अग्रगामी शक्तिहरूको ध्रुवीकरण गर्ने तयारीमा छन्। वामपन्थीहरू कांग्रेस लाइ परम्परागत शक्तिको वर्ग मान्दछन्।कस्तुरी मृग आफ्नो नाभिनेर भएको सुगन्धित बिना ( गोल डल्लो ) को सुगन्ध खोज्दै भौँतारिए जस्तै मुलकको एउटा सशक्त ऐतिहासिक पार्टीको गौरवशाली सभापति भएरपनि पार्टी, नेताहरू तथा कार्यकर्ताहरूको औकात र क्षमता मूलतः पार्टीको जनाधारमा भरोसा गर्न नसकेर त होला देउवा निर्वाचनमा बढी सिट जित्न गठबन्धनको नाममात्रको भएपनि नेतृत्व गरिरहेका छन्।

प्रतिनिधि सभामा सय सिटको भागबन्डा खोजीरहेको नेपाली कांग्रेस कति सिटको टाकुरोमा खडा हुनु पर्ने हो छिटै छर्लङ्गीने छ।भदौ २३ विहिवार वी.पी.साहित्य सम्मान समारोह काठमाडौँमा पूर्व राष्ट्रपति रामवरण यादव बताउदै हुनुहुन्थ्यो “ कांग्रेस अहिले अंशबन्डा गरिरहेको हामीले देखिरहेका छौ।चुनावमा जान, जनता बीचमा जानको लागि अरू पार्टी संग मिलेर तपाईको अंशबन्डा गरिरहेको छ राम राम राम ”।
————————-महेन्द्र बहादुर सिंह


Comments

  1. जुनै जोगी आए पनि कानै चिरेको हुन्छ ❓👎👎👎

    ReplyDelete
  2. नेपाली राजनितिमा प्रचण्ड उर्फ पुष्पकमल दाहाल सधै आफूलाई नायक साविद गर्दै नेपाली काङ्ग्रेसलाई उपयाेग गरि रहेका छन ।विडम्वना राजनितिमा एमाले र अाेलीसंग नेपालका राजनितिक दल डराउदै गठवन्धनकाे सुगा रटाई गर्दै छन ।याहांनेर सवै राजनितिक दलहरु आ-आफ्ना निति, विचार सहितजनतामा जाने हाे ।याे गठवन्धनले जनतालाई हुन सम्म मर्माहत तुल्याएकाे छ ।महङ्गी वढेकै छ ।शु-साशन कुन चराकाे नाम हाे थाहा छैन ।भ्रष्ट्रचार वढैकै छ , मन्त्रिहरु छाडा भएका छन ।जनतमा यसले राजनितक दलप्रति वितृष्णा वढदाे छ । निसन्देह याे राम्राे पक्ष हाेइन ।

    ReplyDelete
  3. This has created hatred toward political parties with attraction towards monarchy

    ReplyDelete

Post a Comment

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ