Posts

बदलियो कांग्रेस

नेपाली कांग्रेस को १५ औं महाधिवेशनमा (२०८३ आश्विन १८-२२ ) बदलियो कांग्रेस घन्कि रह्यो। पार्टी सभापति गगनले भन्दै आएका छन् " कांग्रेस बदल्यौं अब देश बदल्छौं "।निश्चय नै देश बदलाबको बाटोमा  अघि बढ्दै छ।तर सरकार प्रमुख Prime Ministerial Behaviour याने आफ्नो पदको गरिमा र जिम्मेवारी अनुसारको व्यवहार र कार्यशैली प्रति  गम्भिर नरहेको कारण संसद र सडकमा विपक्षी दलहरू बाट बारम्बार विरोध भई रहेको छ।राष्ट्रिय राजनीतिमा सदैव क्रान्ति आन्दोलन र आँधीबेहरी को मात्र कुरो गर्ने दल र नेताहरूको तगारो त छदैछ। राजनीति भनेकै बदलाब हो। सही मानेमा  बदलाबको  लागि  राजनीतिमा विद्यमान Generation को खाडल लाई पुस्तान्तरणको क्रममा सन्तुलन गर्दै पुस्ताहरू बीच परस्पर सम्मानको स्थिति कायम गर्नु पर्दछ।अन्यथा पार्टी  राजनीतिमा सधैँ विवाद भईरहन्छ।र त्यसको कुप्रभाव बाट राष्ट्रिय राजनीति पनि प्रभावित हुन्छ। अहिले को अवस्थामा लामो समय देखिन् चलि रहेको नेपाली कांग्रेसको आन्तरिक विवाद उदाहरणीय छ। ।नेपाली कांग्रेस निवर्तमान सभापति देउवा टिमले आफ्नो कार्यकालमा पार्टी विधान कब्जा गर्नु याने आफ्नो स्वा...

कांग्रेस इतर : राष्ट्रिय भेला वा शक्ति प्रदर्शन

नेपाली कांग्रेस नेतृत्वको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको २०८३  वैशाख ४ को फैसला ले सभापति गगन थापा नेतृत्व लाई आधिकारिकता प्रदान गरि नै सक्यो।तथापि निवर्तमान सभापति देउवा पक्षधर कांग्रेस इतर ले पुनरावलोकन को लागि दिएको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकन को ढोका खोली दिएको मात्र हो।किनकी सर्वोच्चले आफ्नो पूर्व फैसला बदर गरेको, पुनरावलोकन बाट  फैसला नहुञ्जेल सम्म पूर्व फैसला कार्यान्वयन नहुने भनेको छैन्।याने गगन नेतृत्व को कांग्रेस नै आधिकारिक हो। कांग्रेस पूर्व महामन्त्री शशांक कोइराला को संयोजकत्वमा साउन २९ देखि ३१ सम्म सम्पन्न कांग्रेस इतर को तीन दिने राष्ट्रिय भेला ( सम्मेलन ) multi targeted  थियो।किनकी त्यो भेला असन्तुष्ट पक्षधर हरूको पार्टीगत शक्ति प्रदर्शन त थियो नै अझै महत्वपूर्ण कुरा त्यो भेला देउवाको सुरक्षित नेपाल प्रवेश को लागि गरिएको रणनीतिक शक्ति प्रदर्शन पनि थियो।धेरै दिन पहिले देखिन् देउवा नेपाल आउने ,एयरपोर्ट बाट नै दलबल लावालस्कर बाजागाजा जुलुस सहित भब्य स्वागत गर्ने ,राष्ट्रिय भेलामा प्रमुख आतिथ्य ग्रहण गर्ने व्या...

कांग्रेस : मरता क्या न करता

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र जनताको मौलिक अधिकार याने प्रजातान्त्रिक समाजवाद को प्रवर्तक, प्रवर्धक रक्षक नेपाली कांग्रेस आज पार्टी भित्र नेतृत्वको आधिकारिकता र हकदाबी मुद्दा मा अल्झिएको छ।अन्त्यहीन आन्तरिक खिचातानी को कारण कांग्रेस सरेआम बदचर्चा  को बिषय बनेको छ।आमसमर्थक गदगद होईन् हैरान छन्। संगठन आफै भाँडिदैन।संगठन भित्रका हरूको कारण भाँडिन्छ।बाँडिन्छ।छिन्नभिन्न हुन्छ।निन्दित हुन्छ।तिरष्कृत हुन्छ।र अन्ततः अस्तित्व को लागि भौँतारिन्छ। संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा निर्णयार्थ परस्पर मतभेद हुनु, विवाद हुनु स्वाभाविक हो।तर त्यसको पनि सिमा हुन्छ।सीमाको हेक्का राख्न जरूरी छ।अन्यथा संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा आफुहरूले नै निर्णय गर्नु पर्नेमा  अड्डा अदालत गुहार्नु पर्ने हुन्छ।अहिले नेपाली कांग्रेस जस्तो भद्र पार्टी को हालत त्यस्तै छ। नेपाली कांग्रेसमा वि पी कोइराला जस्तो केरिसमेटिक लिडर छैन्।वि पी को अनुयायीहरू हुनुहुन्छ।विचार सिद्धान्त उद्देश्य एउटै भएपनि way of action ,level of performance and behavior फरक फरक हुन्छ।त्यस...

सामाजिक सदभाव र राष्ट्रिय एकता

विविधता मा एकता हाम्रो विशेषता हो।सहअस्तित्व,सहिष्णुता,आत्मीयता, संयमता र लोक कल्याण हाम्रो मान्यता हो ।बाँच र बाँच्न देउ हाम्रो मूल मन्त्र हो। हाम्रो भूगोल सानो छ तापनि अनेकता मा एकता,सहअस्तित्व,सहिष्णुता , आत्मीयता, संयमता र लोक कल्याण, बाँच र बाँच्न देउ यी हाम्रो विशेषता, मान्यता र मूल मन्त्र को करण हाम्रो देश शान्त छ। सुन्दर छ।र प्राकृतिक सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत मूल्य मान्यता र आचार व्यवहार को दृष्टि ले विशाल पनि छ।हाम्रो शान्त, सुन्दर र विशालता लाई खण्डित पार्न क्षेत्रको नाम मा ,धर्मको नाम मा ,भाषा जातजाति पहिचानको  नाम मा राजनीतिक स्वार्थ पुरा गर्न बेलाबखत ताण्डव हुने, जनधन को क्षति हुने गरेको छ। ९० + प्रतिशत जनताको आस्था, विश्वास, धर्म, संस्कृति, परम्परा र भावना   लाई कुल्चदै स्वतन्त्रता को निहुँ मा केही ले गाई काटेर खान पाउनु पर्ने , गाई लाई राष्ट्रीय जनावरबाट हटाउनु पर्ने भन्दै उद्दण्ड अराजक गतिविधि गर्ने र त्यस्ता लाई मन्दिर प्रवेश गर्न नदिएको मा झनै छाडा ढङ्गमा प्रस्तुत भईरहेको अवस्था छ। साउन १० गते आइतवार सुनसरी देवानगञ्ज स्थित कप्तानगञ्जमा दुई समूह...

राजनीति- सिद्धान्तले वा सिद्धान्तको लागि

राजनीति सिद्धान्तले हुन्छ वा सिद्धान्तको लागि गरिन्छ।यी दुई भिन्न बिषयहरू हुन्।फरक सन्दर्भमा प्रयोग हुव्छ।तथापि यो अत्यन्त पेचिलो एवं संवेदनशील सवाल हो।बहुदलीय शासन पद्धतिमा यो सवाल सुरूवात मै उत्तरित हुनु पर्दछ।यदि यो प्रश्न अनुत्तरित रह्यो भने स्वार्थपूर्ण दलीय राजनीति मा देश जाकिन्छ।विद्वेष को अवस्था उत्पन्न हुन्छ।किनकी दलहरू सत्तामा पुगे पछी अन्ततोगत्वा आफ्नो दलीय चिन्तन र विकास को मोडल लाई प्राथमिकता दिन थाल्दछन्।हामीले दलीय स्वार्थको , दलीय भागवन्डा , गठबन्धनको राजनीति भोग्यौं।अवस्था बदलि सक्यो तापनि अझै विग्रहको अवस्था क्रमशः पैदा हुदै गरेको देख्दै छौ। नि:सन्देह राजनीति सिद्धान्तले हुनु पर्दछ।शासन सिद्धान्तले चल्नु पर्दछ।विकासको , परिवर्तन को , सु शासन को , पद्धति को , संविधान को ,कानुनको आ-आफ्नो सिद्धान्त हुन्छ।त्यसैमा अक्षरश: टेकेर शासन चल्नु पर्दछ ।त्यतिखेर मात्र पूर्णतः विधिको शासन कायम हुन्छ।सुशासन हुन्छ।सर्वत्र आवश्यकता बमोजिमको स्केलमा विकास हुन्छ परिवर्तन साकार हुन्छ।वर्तमान सरकार त्यस तर्फ अग्रसर छ। विगत लामो समय देखिन् सिद्धान्त को लागि दलीय राजनीति निरन्तर चलि नै रह्य...

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटनमा गगन

सामान्यतः भन्ने गरिन्छ बोल्न पाउनु नै प्रजातन्त्र हो। तर वास्तवमा बोल्न पाउनु मात्र प्रजातन्त्र होईन्।धीरता साथ श्रवण गर्नु , बुझनु , अध्ययन, विश्लेषण र मनन गर्नु त्यसपछी आफ्नो कुरो बोल्नु त्यो हो प्रजातन्त्र ।साथै त्यस अनुरूप अनवरत आचरण गर्नु प्रजातान्त्रिक संस्कार हो।त्यस बाट गलत बुझाई र गलत व्याख्यानको सम्भावना न्यून हुदै सकारात्मकता र सृजनात्मकता निरन्तर बढ्दै जान्छ। प्रजातन्त्रमा इतिहास मेटाइदैन्। ऐतिहासिक धरोहरहरू भत्काइदैन्। इतिहासको स्मरण गरिन्छ, सम्मान गरिन्छ र आवश्यक परेको बखत मार्गदर्शन को रूपमा प्रयोग गरिन्छ।ऐतिहासिक धरोहरहरू को संरक्षण संवर्धन गरिन्छ। प्रजातन्त्रको लागि विभिन्न कालखण्डमा विभिन्न दलहरू बाट गरिएको जनान्दोलन, क्रान्ति र आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरू लाई दलगत रूपमा वर्गीकरण गरिदैन्।ती सम्पूर्ण आन्दोलन क्रान्ति र सहिदहरू लाई देशको इतिहासमा अङ्कित गरिन्छ।सहिदहरूको कुर्बानी कै कारण  आज हामी प्रतिस्पर्धात्मक बहुदलीय प्रजातान्त्रिक पद्धति प्रजातान्त्रिक गणतन्त्रको निर्धक्क उपयोग गरिरहेका छौ।त्यसैले इतिहास र सहिदहरूको स्मरण गर्नु सम्मान गर्नु सबैको दायित्व हो...

संसदमा प्रधानमन्त्रीको जबाफ

 आफैँले समय मागेर अकस्मात् जेठ १७ गते संसद पुगेका प्रधानमन्त्री बालेन्द्रले  नेपाल भारत सीमा अतिक्रमण सम्बन्धी श्रम संस्कृति पार्टीको सांसदले सोधेको प्रश्नमा दिएको जबाफ विरूद्ध विपक्षी दलका सांसदहरू एकाएक बारूद झै पट्किन थाले।संसदमा उपस्थित भएर माफी माग्नु पर्ने ,राजीनामा दिनु पर्ने भन्दै प्रधानमन्त्री माथि देशद्रोही को आरोप पनि लगाऐ।स्मरण रहोस संसदीय पद्धतिमा आवेशको स्थान हुदैन्।संयमता, भद्रता ,विवेकी संवाद र समालोचनाको ठुलो महत्व हुन्छ।त्यसैले कम्तीमा पनि सत्तापक्ष र विपक्षी सांसदहरूको एउटा समिति बनाएर संवाद द्वारा अगाडि बढ्नु पर्ने हो। प्रधानमन्त्रीको जवाफमा त्यस्तो के रहे छ जसको कारण सांसदहरू  विरोधमा उत्रिय।प्रधानमन्त्रीले आफ्नो जबाफमा प्रयोग गरेको शब्द , वाक्य र वाक्यहरूको सिक्वेन्स लाई केलाएर सुनौ ।उहाँले भन्नु भयो " तपाईहरू लाई एउटा कुरा अचम्म लाग्छ होला।मैले पनि अस्ति प्रधानमन्त्री भए पछी थाहा पाऐ।भारतले नेपालको जग्गा मात्र होईन् नेपालले पनि भारतको जग्गा धेरै ठाँउमा मिचेको रहेछ।यो कुरा अस्ति भर्खरै थाहा भयो।प्रधानमन्त्रीले  जसरी जुन ढङ्गमा जवाफ दिनु भयो त्यस...