Posts

विरोधको भुलैयामा जेन जी

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन मिति जति जति नजिकिदै छ त्यसै गरी राजनीतिक दलहरूको आन्तरिक गतिविधि र  मुलुकको राजनीतिमा रणनीतिक चालको गति एवं स्वभाव तीव्र तथा पेचिलो बन्दै गएको छ।एमाले निर्वाचन तिर लम्कन थाल्दै छ।तैपनि अझै संसद पुनर्स्थापनाको ताकमा छ।नेपाली कांग्रेस निर्वाचनमा जाने निधो छ तापनि  संस्थापन पक्षले संसद पुनर्स्थापनाको ढोका खुला राखि रहेको छ। निर्वाचन र संसद पुनर्स्थापनाको सन्दर्भमा एमाले र कांग्रेस " ताक परे तिवारी नत्र गोतामे " को रणनीतिमा छ।कांग्रेस अहिले आन्तरिक गडबडीमा फसेको छ।एमाले पहिलेको दाँजोमा अहिले मौन साधेको छ।भित्र भित्र निर्वाचनको तयारीमा जुटेको छ।अतः ती दुई ठुला दलहरूले यसै गर्छन् भन्ने निधो र विश्वास छैन्।त्यसैले पनि देश अनिश्चितता को सङ्घारमा पुगेको छ वर्तमान राष्ट्रीय राजनीतिको परिप्रेक्षमा केही जेन जीहरू पथ भ्रमित छन्।विरोधको घनचक्करमा फसेका छन्।वर्तमान सरकार जेन जी मूभमेन्ट कै उपज जनताको सरकार हो भन्ने सर्वविदित यथार्थ प्रति गम्भिर छैनन्। , वर्तमान सरकारको साथै फागुन २१ मा हुने निर्वाचनको फाट्टफुट्ट विरोध प्रदर्शन गरिरहेका छन्।सरकार विरू...

जेन जी आन्दोलन- एउटा अभियान

 अन्तस्करण बाट नै हेक्का राख्न जरूरी छ कि जेन जी आन्दोलन विध्वंस थिएन होइन्।त्यो भ्रष्टाचार, नातावाद कृपावाद विरूद्ध सुशासनको लागि थालिएको एउटा अभियान हो।भदौ २३ को आन्दोलन जेन जी अभियानको प्रथम चरणको शान्तिपूर्ण सडक प्रदर्शन मात्र थियो। जस्लाई तत्कालीन सरकार प्रमुखको सनक र दम्भले हिंसक बनायो।जेन जी अभियान ठप्प भईसकेको छैन्।अझै जारी छ।त्यसैले देश ठप्प पार्ने , सरकार ढाल्ने उदघोष गर्नु सर्वथा राजनीतिक सनकीपन हो।यस्तो सनकले विश्राम लिनु नै पर्दछ।तर एमाले त्यो अवस्था बाट अघि बढिसकेको छ।यस्तो सनक बाट जनता मूलतः नेपाली कांग्रेस लगाएत अन्य राजनीतिक दलहरू सजग रहन जरूरी छ। एमाले माथी छोए मात्र देश ठप्प हुनु पर्दछ, सरकार ढालिने छ । अध्यक्ष ओलीको यस्तो हुङ्कार डरले अत्तालिएको भयभीत विरामी मनःस्थितिको उपज हो। किनकी एमाले लाई छुने कसैको लागि आवश्यक छैन्।तर भदौ २३ गतेको जेन जी आन्दोलनमा १९ युवाहरूको गोली हानि हत्या गर्ने तत्कालीन सरकार प्रमुख एमाले अध्यक्ष ओली लाई ढिलो चाडो हरहालतमा छुन अतिनै आवश्यक छ।तत्कालीन गृहमन्त्रीले त्यसै दिन राजीनामा दिएर नैतिक जिम्मेवारी  प्रदर्शन गर्यो।छानबिन आयोग...

नेपाली कांग्रेस: महाधिवेशन/ नेतृत्व परिवर्तन

अन्ततः नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचन अघि पुष २६-२८ गते नियमित महाधिवेशन गर्ने स्वागत योग्य निर्णय गर्यो।कुनैपनि बिषयमा निर्णय गर्नु पर्दा आयोजित बैठक मन्थनमा केन्द्रित रहनु पर्दछ नकि विवादमा।किनकी मन्थन बाट क्रियाशीलता बढ्छ।एकता मजबुत हुन्छ।तर विवादले भित्र भित्रै  कुहाउछ , र lobby गुट लाई सशक्त बनाउछ।जुन पार्टीको एकता र मजबुतीको लागि स्लो पोईजन हो। वास्तवमा वर्तमान राष्ट्रीय राजनीतिको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि वा पछी पार्टीको महाधिवेशन गर्ने निर्णय गर्नु अत्यन्त महत्वपूर्ण एवं संवेदनशील बिषय हो।त्यस बिषयमा गहन मन्थन हुनु पर्थ्यो तर केन्द्रीय समितिको बैठक मन्थनमा भन्दा पनि विवादमा केन्द्रित रह्यो।त्यसैले बैठक निकै लम्बियो। बैठकमा पार्टीको हित भन्दा पनि lobbyको हित हाबी रह्यो।दिग्गज  नेताहरू मार्ग दर्शकको होईन् lobbyist को भूमिकामा सक्रिय देखियो।भनौ वहाँहरूमा एक किसिमको sense of self importance , an attitude of being better than others, superior complex प्रशस्त देखियो। नियमित महाधिवेशन मात्र होईन् ५४% को हस्ताक्षरले मांग गरेको विशेष महा...

पुस्तान्तरण : नेतृत्वको अवसर

सत्ता र पार्टी राजनीतिमा पुस्तान्तरणको बिषय उठाउदा फरक मत राख्नेहरूले भन्ने गर्दछन् कि सत्ता र पार्टी हाँक्न उमेर होईन् भिजन चाहिन्छ।कुरो सहि हो तथापि शारीरिक र मानसिक तन्दुरुस्तीले पनि माने राख्दछ।त्यसलाई पूर्णत: नकार्न कदाचित् मिल्दैन्।किनकी बढ्दो उमेर र बहु कार्य व्यस्तता  को कारण मानसिक र शारीरिक क्षमतामा ह्रास आउनु स्वाभाविक प्राकृतिक नियम हो।यस्लाई नजरअन्दाज गर्न मिल्दैन्। भिजन स्ट्रोङ्ग छ तापनि तदारूकताको हकमा सुस्तीको कारण कोर ग्रुपका नेताहरू, कार्यकर्ताहरूको दबदबा निश्चय नै बढ्न थाल्दछ।फलत: भिजन एकातिर र कार्य एवं गन्तव्य अर्कोतिर हुने प्रबल सम्भावना रहन्छ।त्यसैले भिजन र उमेर बीच तारतम्य सीक्वेंस मिल्नु पर्दछ।भिजन र उमेरको सन्तुलन नै पुस्तान्तरणको मुख्य अंश हो। नेतृत्व विकास र अवसर प्रजातन्त्रको महत्वपूर्ण पक्ष हो।प्रजातन्त्रको यो महत्वपूर्ण पक्ष माथी ब्रेक लगाउनु भनेको प्रजातन्त्रको सङ्कुचन हो।नेतृत्व विकास र अवसरको अवसान हो।कांग्रेस नेतृत्व यही पथमा हिँडिरहेको छ।केन्द्रीय तहमा नेतृत्व सम्हाल्ने योग्यता, अनुभव र व्यक्तित्व भएका नेताहरू हुनुहु्न्छ। तर पालो आउदैन्। Leadersh...

संघे शक्ति कलौ युगे

जेन जी आन्दोलनको मागहरू सम्बोधन गर्न, व्यवस्थापन गर्न देश अहिले political settlement को चरणमा छ।Settlement त्यति सहज छैन्।भ्रष्टाचार र nepotism को अन्त संगसंगै आन्दोलनको प्रमुख मागहरू मध्ये सुशासन मुख्यतम माग हो।सुशासन भनेको आदेशको शासन होइन्।विधीको शासन हो।प्रक्रिया पुर्याउनु पर्ने हुन्छ।निश्चय नै समय लाग्छ।तथापि जनहत्याराहरू , धुसपैठ गर्नेहरू ,भ्रष्टाचारी,तस्कर,अधिकार दुरूपयोग गर्नेहरू लाई शीघ्र कारबाही गरेको दण्डित गरेको सुन्न हेर्न जनता आतुर छन्।तसर्थ आन्दोलन बाट स्थापित यो सरकार  लाई विचलित हुने , विमुख हुने, लस्याङलुसुङ गर्ने रत्तीभर छुट छैन्।  आन्दोलनको दौरान देश लाई सरकार विहीन अवस्थामा पुर्याएर भागेका, लुकेकाहरू सार्वजनिक हुदै येनकेन जनता माझ राजनीतिमा आफ्नो space र position यथावत कायम गर्ने तरखरमा छन्। राजनीतिक दलहरू जेनजी को माग पुरा गर्नु पर्ने जिकिर गरिरहेका छन्। माओवादी केन्द्र लगाएत अन्य दलहरू सुरक्षा स्थिति मजबुत रहे फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने बताइरहेका छन्। नेपाली कांग्रेसले निर्वाचनको साथसाथै संसद पुनर्स्थापनाको ढोका खुला राख्ने दृष्टिकोण बनाएको ...

GEN Z को ऐतिहासिक आन्दोलन

Gen Z कुनै एउटा दल, संगठन, फोरम, एनजीओ, आईएनजीओ होईन्।न त  कसैको लागि काम गर्ने बिचौलिया, दलाल, ऐजेन्ट, नै हो।जेनेरेशन केटोगरी अन्तर्गत को एउटा वर्ग हो। सन् १९९७ देखि २०१२ को बीच जन्मिएका हरू त्यस केटोगरी मा पर्दछन्।त्यो वर्गको कुनै साझा नेतृत्व पङ्क्ति छैन्।डिजीटल सोसिअल नेटवर्क नै तिनीहरूको लिडरशिप , कनेक्शन, मोटीभेशन र मोविलाइजेशनको मुख्य संयन्त्र हो।त्यो वर्ग अत्यन्त विविध एवं खुला विचारधारा भएका स्वतन्त्र, व्यवहारिक, रचनात्मक, उद्यमी, उच्च प्रवाह र अपेक्षायुक्त पुस्ता हुन्। देश कुशासन नातावाद भ्रष्टाचार बिचौलिया दलाल ठगी आदि अनेकन कुकृत्यको जालोमा जकडिएको र त्यसको विरोध मा राजनीतिक दलहरूले  पटक पटक त्यस विरूद्ध आन्दोलन गर्दा घुसपैठ र झोलेहरू प्रयोग गरी हिंसात्मक बनाउने र राजनीतिक प्रतिशोध साध्ने गरेको प्रति Gen Z पुस्ता पनि साइलेन्टली आक्रोशित थिऐ।संचार माध्यमहरूमा दिनहुँ प्रशारण हुने भ्रष्टाचार नातावाद सम्बन्धी समाचारहरू बाट अशान्त Z युवाहरू मध्ये कुनै ग्रुपले डिजीटल सामाजिक सञ्जाल बाट नेपो वेवी भन्डाफोर अभियान शुरू गरे।त्यो अभियान बाट एकाएक सनसनी फैलियो।सामाजिक सञ्जाल म...

नेपालको भूराजनीति

तीन तिर भारत र उत्तरमा चीनसंग सीमा जोडिएको हाम्रो देश नेपालको भूराजनीति अत्यन्त डेलिकेट छ।क्षत्रिय एवं विश्व राजनीतिमा सामरिक दृष्टिले हाम्रो स्थलाकृति को महत्व अद्वितीय छ।त्यस प्रति सबैको चासो पनि छ।हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तै छ।अत्यन्त नाजुक छ।संवेदनशील छ।त्यसैले भारत र चीन संग सम्बन्धको दौरान हामीले आफ्नो हैसियतको निकै समझ राख्नु पर्दछ। गुमाउनु हुदैन्। ठुलो आकार, थुप्रै जनसंख्या , सैन्यबल  र सम्पन्नताले मात्र हैसियतको निर्धारण गर्दैन्।हैसियत भनेको पहिचान हो । स्वाभिमान हो।सन् १८१४ अक्टोबर ३१ देखि नोभेम्वर ३० सम्म ६०० सैन्यवलको साथ लिएर ब्रिटिस ईष्ट इन्डिया कम्पनीको  ५००० सैन्यबल संग बलभद्र कूँवरले  एक महिना लामो नालापानी युद्ध लडेका थिए।प्रत्यक्ष लडाइ असफल भएपछी अन्ततः ब्रिटिस सेनाले किल्लाको पानी मुहान बन्द गरिदियो।तरपनि बलभद्रले आत्मसमर्पण गरेनन्।यही हो हामी नेपालीको हैसियत पहिचान र स्वाभिमान ।अन्ततः बाँकी बचेका ७० जना सेना साथ लिएर किल्ला बाट बाहिरिए।देशको लागि आफ्नो लडाइ लडे्। स्थलाकृतिको कारण भारत र चीन संगको हाम्रो सम्बन्धको स्वरूप फरक छ।हुनत् विज...