Posts

Showing posts from August, 2024

साउथ एशियन मुनरो डक्ट्रिन

अमेरिकी राष्ट्रपति james Monroe प्रतिपादित ४ मुख्य बुदाँ युक्त मुनरो डक्ट्रिन १८२३ अकस्मात् आकाश बाट ठक्रक्क खसे जस्तै अहिले २०२४ मा राष्ट्रिय राजनीति र संसदमा टीकाटिप्पणीको बिषय बन्यो।आखिर किन?के का लागि ? कस्को लागि ?हाम्रो भौगोलिक अवस्थिति ,काल परिस्थिति,  छिमेकी द्वय राष्ट्रहरूको मनोविज्ञान,तिनीहरूको घोषित अघोषित नीति रणनीतिको यथेष्ट ज्ञान राख्ने विद्वत् सांसद बाट जहिले पायो तहिले असान्दर्भिक बिषय उठाउनु आश्चर्य मात्र होईन् कहिल्यै कसैको उपनिवेश कठपुतली नरहेको हाम्रो देश भारतको प्रभाव क्षेत्रमा रहेको फर्मल डिक्लेयर गर्ने भारतको रणनीतिक अभीष्ट पुरा गराउने आत्मघातक अपक्व आँट हो।  मोनरो डक्ट्रिन सन् १८२३ डिसेम्वर २ मा राष्ट्रपति जेम्स मुनरोले अमेरिकी कँग्रेस लाई सम्बोधन गर्ने क्रममा प्रस्तुत गरेको पश्चिमी गोलार्द्ध Western Hemisphere अमेरिकाको  Sphere of Interest सम्बन्धि अत्यन्त महत्वपूर्ण नीतिगत दस्तावेज हो।यो पश्चिमी गोलार्द्ध सम्बन्धि सर्वाधिक ज्ञात अमेरिकी नीति हो।पश्चिमी गोलार्द्धको गतिविधिमा हस्तक्षेप नगर्न, त्यहाँ रहेका देशहरू माथि थप उपनिवेश लगाएत कठपुतली राजा महाराजा अमेरिका