नेताकृत राजनीति

हो निश्चय पनि राजनीतिले नेता जन्माउद छ।यो स्वाभाविक हो।तर नेताले राजनीति जन्माउनु सर्वथा अस्वाभाविक हो।प्रजातान्त्रिक शासन पद्धतिमा यस्तो हुदैन्।त्यसो हुनु भनेको संविधान ऐन जिउँदो रहेतापनि नेतृत्वले त्यस  मा टेकेर होईन् त्यस्लाई कुल्चेर शासन गर्दछन्।जस्को कुपरिणामस्वरूप सभ्य तथा सुशासनको सिद्धान्त मूल्य मान्यता संस्कार र परम्परामा विचलन पैदा हुन्छ।जताततै एक पछि अर्को केन्द्र कनेक्टेड आर्थिक अपचलन ठगी भ्रष्टाचार मौलाउदछ।कुकृत्य टुप्पो बाट पलाउ छ।टुप्पो बाट नै मलजल हुदै  तल्लोतह सम्म जरो गाडिन्छ।र भित्र भित्र जनता समाज र देश लाई चुस्दै  खोक्रो बनाई रहेको हुन्छ।अन्तत: देश र समाज यति सम्मको जर्जर र खोक्रो हुन्छ कि जरो उखेल्नु त के हल्लाउन पनि सकिदैन्।

शक्ति पृथक्करण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त र त्यसको  मूल्य मान्यता र तत् सम्बन्धी संवैधानिक व्यवस्था,ऐन,नियमावली सबै भाषणमा कागजमा  मात्र सीमित रहन्छ। राजनीतिक संस्कार,नैतिकता,परम्परा,बोली व्यवहारमा अनुशासन र विश्वसनियता यी सबै शून्य अवस्थामा रहन्छ। कार्यपालिका बेलगाम सर्वत्र हाबी हुन्छ।न्यायपालिका स्वतन्त्र रहदा रहदै पनि कतिपय संवेदनशील एवं दूरगामी असर पार्ने विषयहरूमा कार्यपालिकाको प्रभावमा पर्दछ।राजनीतिमा न्याय होईन न्यायालयमा राजनीतिले इन्ट्री पाउछ।न्यायालयको स्वतन्त्रता माथि प्रश्न खडा हुन्छ।राजनीतिक  उथलपुथल बाट राष्ट्रिय राजनीति आक्रान्त हुन्छ।यही अवस्था आज हामी झेली रहेका छौ।

संसदको पुनर्बहाली सर्वोच्च अदालत बाट हुन सक्छ भएको पनि छ।तर सरकारको गठन, विधटन, विश्वास, अविश्वास सबै सङ्घीय संसद बाट नै हुन्छ।संविधानले स्पष्ट व्यवस्था गरेको छ।तर अफसोस नेताहरू बाट  राजनीति जन्मिन थाले कै कारण सर्वोच्चको परमादेश बाट सरकार गठन भए देखिन् राजनीतिक उलटपुलटले गति लिन थाल्यो।" म नमर्दासम्म देशमा उथलपुथल भईनै राख्छ "।" को राजनीतिक दल कतिबेला को संग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्"।" तपाईहरू दुविधामा नबस्नु होला।अनेक गरिन्छ तर पुरै लगिन्छ।त्यो अनेक गर्ने भित्र हिजो अस्तिका घटनाहरू ( उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल पार्टी फुटाएको ) पनि छन् "।" प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोज्यो भने म कुनैपनि बेला लात्ताले हानेर निक्लिन सक्छु"।यी सबै अभिव्यक्तिहरू नेकपा माओवादी ( केन्द्र ) को अध्यक्ष तथा प्रधानमन्त्री दाहालको उद्दण्ड राजनीतिक संस्कार को नमूना उदाहरण हो।संसदमा ३२ सांसद रहेको र सार्वजनिक अभिव्यक्तिको क्रममा त्यो संख्यालाई  जादुमय  संख्याको संज्ञा दिने दाहाल जस्तो लडाकु  कमरेडको नेतृत्वमा देश हाँकिएको स्थितिमा राजनीतिक अस्थिरता र उथलपुथल स्वाभाविक हो।

२०७९ को आम-निर्वाचन पश्चात् मूलत: २०७९ पुष १० गते ऐमालेको समर्थन र सहभागितामा दाहाल नेतृत्वको सरकार गठन पश्चात शिर्ष नेताहरूले एकपछी अर्को र अर्को पछी झन अर्को राजनीति जन्माउदै गर्यो। प्रधानमन्त्री दाहालले २०७९ पुष १० देखि २०८१ जेठ ७ सम्म १८ महीनामा ४ पटक विश्वासको मत लिन पर्यो।स्वार्थ र अवस्था हेरि यताबाट उता उताबाट यता हुइय्य हुइय्य गर्ने बाँदरे नीति नै यस्तो स्थिति आईपर्नुको प्रमुख कारण हो।अस्थिरता र उथलपुथल मै राष्ट्रिय राजनीति रूमलियो। तैपनि प्रधानमन्त्री दाहाल भन्नु हुन्छ " जति पटक लिनु परेपनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु " फेरिपनि उहाँ आषाढ २८ गते पाँचौँ पटक विश्वासको मत लिने तयारीमा लाग्नु भाको छ।हुनत् संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २०७९ पुस २६ गते विश्वासको मतको पक्षमा गरेको अनपेक्षित मतदानले आजको जस्तो अस्थिरता र उथलपुथलको अवस्था निम्त्याउनमा  उद्दीपक catalyzer को काम गरेको तथ्यलाई सजिलै नकार्न मिल्दैन् ।

अस्थिरता र उथलपुथलको अन्त राष्ट्रिय राजनीतिको आवश्यकता हो।सबैको चासो खाँचोको विषय पनि हो।ढिलो भएतापनि नेकपा ऐमाले अध्यक्ष ओलीको नेतृत्वमा ऐमाले र नेपाली कांग्रेसको बिचमा राष्ट्रिय सहमतिको सरकार बनाउन भएको समझदारी निश्चयपनि समयानुकूल छ। कांग्रेस र ऐमाले संग विगतमा दुई पटक आफुहरू बिचको संयुक्त सरकारको अनुभव छ तापनि अब गठन हुने सरकार मूलत: राजनीतिक स्थिरताको सन्दर्भमा रामवाण होईन् एउटा गतिलो परीक्षण हुनेछ।किनकी  राष्ट्रिय राजनीति अत्यन्त पोलुटेड छ।राजनीतिमा जुनसुकै वखत जेपनि हुन सक्छ।शिर्ष नेताहरूमा विश्वास, भरोसा र बोली व्यवहारमा अनुशासनको मेजरमेंट लेभल निकै न्यून छ।कांग्रेस र ऐमाले बिच राष्ट्रिय राजनीतिमा कमाण्डको इगो छ।इगो आफैमा अहममन्य हो ।यस्लाई नियन्त्रण गर्न सकिएन भने घातक हुन्छ।त्यसकारण सर्वप्रथम आफुहरू बिचको समझदारी अनुरूप अगाडि बढ्नु पूर्व कांग्रेस र ऐमालेले आफुले आफै संग कम्प्रोमाइज गर्नु पर्दछ।अनि मात्र अब बन्ने राष्ट्रिय सहमतिको सरकार सम्भवत: रामवाण साबित हुनेछ।



Comments

Post a Comment

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

एकला चलो रे