Posts

Showing posts from July, 2024

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार

निश्चय नै राष्ट्रिय राजनीतिको तीन मुख्य सारथीहरू ओली, देउवा र दाहालको आ-आफ्नै विचित्रता छ।त्यसैले त तिनीहरू बाट वेलाबखत विचित्र विचित्रको गतिविधिहरू प्रदर्शन हुने गर्दछ।खास गरी  २०७९ पुस १० गते देखी त्यतिखेरको प्रधानमन्त्री पी के दाहालले पाँचौ पटक विश्वासको मत लिन संसदमा मतदान हुदाको वखत २०८१ असार २८ गते सम्म ती शिर्ष नेताहरूको त्रिकोणात्मक राजनीतिक जालझेल राष्टिय  राजनीतिमा निरन्तर मञ्चन भईरह्यो।त्यो अवधि अस्थिर राजनीतिको चरमसीमा नै थियो।    त्यो अवधिभर त्री नेताहरूको ध्यान  Push & Pull को राजनीतिमा अधिक केन्द्रीत रह्यो।मूलत: ओली र देउवा  दाहाल माछो लाई आफ्नो कोक्रोमा पार्न ढोक्सो थाप्नमा व्यस्त रहे।माछो जबरजस्त रहेकोले कहिले ओलीकोमा त कहिले देउवाको कोक्रोमा पर्ने र सजिलै फुत्किने हुदा दाहालकै प्रधानमन्त्रीत्वमा ननस्टप तीन पटक सरकार बन्यो र उनी विश्वासको मतको खातिर पाँच पटक संसदको रोस्टममा उभिन पुगे।त्रय नेता परस्पर बेइमान,धोखेबाज,मूल्य चुकाउनु पर्ने, जवाफ दिईने आदी ईत्यादी भद्दा शब्दवाण प्रहार गर्ने र सांसदहरू संसदमा ठेलठाल गर्ने हुदा राजनीति अत्यन्त अस्थिर र अमर्यादित रह्यो।अन्त

नेताकृत राजनीति

हो निश्चय पनि राजनीतिले नेता जन्माउद छ।यो स्वाभाविक हो।तर नेताले राजनीति जन्माउनु सर्वथा अस्वाभाविक हो।प्रजातान्त्रिक शासन पद्धतिमा यस्तो हुदैन्।त्यसो हुनु भनेको संविधान ऐन जिउँदो रहेतापनि नेतृत्वले त्यस  मा टेकेर होईन् त्यस्लाई कुल्चेर शासन गर्दछन्।जस्को कुपरिणामस्वरूप सभ्य तथा सुशासनको सिद्धान्त मूल्य मान्यता संस्कार र परम्परामा विचलन पैदा हुन्छ।जताततै एक पछि अर्को केन्द्र कनेक्टेड आर्थिक अपचलन ठगी भ्रष्टाचार मौलाउदछ।कुकृत्य टुप्पो बाट पलाउ छ।टुप्पो बाट नै मलजल हुदै  तल्लोतह सम्म जरो गाडिन्छ।र भित्र भित्र जनता समाज र देश लाई चुस्दै  खोक्रो बनाई रहेको हुन्छ।अन्तत: देश र समाज यति सम्मको जर्जर र खोक्रो हुन्छ कि जरो उखेल्नु त के हल्लाउन पनि सकिदैन्। शक्ति पृथक्करण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त र त्यसको  मूल्य मान्यता र तत् सम्बन्धी संवैधानिक व्यवस्था,ऐन,नियमावली सबै भाषणमा कागजमा  मात्र सीमित रहन्छ। राजनीतिक संस्कार,नैतिकता,परम्परा,बोली व्यवहारमा अनुशासन र विश्वसनियता यी सबै शून्य अवस्थामा रहन्छ। कार्यपालिका बेलगाम सर्वत्र हाबी हुन्छ।न्यायपालिका स्वतन्त्र रहदा रहदै पनि कतिपय संवेदन