राजनीतिको उँधमुन्टो अवस्था

         

शोषित, पिडीत जनताहरू न्याय माग्दै सडकमा, जनप्रतिनिधि सांसदहरू परस्पर संसदमै  घम्साघम्सीमा , ठगहरू फरारको अवस्थामा र आरोपितहरू नेताहरूको टाङ्मुनी ओति रहेको अवस्था छ। बालमन्दिर जग्गा काण्ड छानबिनको क्रममा जारी पक्राउ  पुर्जी राजनीतिक राप बाट लल्याकलुलुक परेको छ। राजनीतिमा ढलीमली गरिरहेका तीन दलका नेताहरू आफ्नाहरू लाई बचाउन बार्गेनिंगको अवस्थामा र जनताको प्रतिनिधित्व गरिरहेका अन्य दलहरू पर्ख र हेरको अवस्थामा छन्।  संविधान प्रदत्त वाक् स्वतन्त्रताको उपयोग गर्दा सामाजिक संजाल बाट हुने थ्रेटको कारण राष्ट्रीय कलाकार द्वयले सार्वजनिकरूपमा माफी मागेको र सहकारी ठग्ने ठुला ठगहरू मूलत: तीन ठुलो दलहरूमा आवद्ध रहेको अवस्था छ।बुढीगण्डकी हाईड्रोपावर प्रोजेक्टमा ओली, देउवा र प्रचण्डले ९ अर्ब बाँडी खाएको र त्यो पुष्टी गर्न आफु तयार रहेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक खुलासा गर्नु भएको बर्षौ बिति सक्यो तापनि हालसम्म चाइँचुइँ केहि  नभएको अवस्था छ।पहिलो पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहाल लाई प्रतिपक्षको वेञ्चमा रहेर पनि २०७९ पुस २६ गते पक्षमा मतदान गरेर  नेपाली कांग्रेसले प्रजातान्त्रीक मूल्य मान्यता र परम्पराको क्रमभङ्ग गरेको थियो। 

भूतपूर्व प्रधानमन्त्री ओली राष्ट्रीय राजनीतिको शहंशाह बन्न प्रपञ्च  रचिरहेको, नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालमा इमान नभएकोले राजनीतिक धोखेबाज, बेइमानी ठहर गरेको मुख्य सचेतक रमेश लेखकले संसदको रोस्टम बाट (फागुण २४,२०८० ) गर्जनको साथ उद्घोष गरेको र सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री लामीछानेले संसदमा बोल्दै गर्दा देशको गोप्य सुचना विदेशी लाई बेच्ने ऐजेन्ट र ऐजेन्टहरू लाई पनि बाहिर पठाउ संसद बाट हटाउ ती जतिसुकै शक्तिशाली होस् देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस् भन्दै एकाधिकारवादी सोचको प्रतिनिधित्व गरिरहेका थिए ।२०८१ जेठ ७ गते संसद भित्र विरोधमा नाराबाजी गरिरहेको कांग्रेस सांसदहरू लाई मर्यादापालकहरूको धेराबन्दीमा पारेर विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसको लागि मूल्य चर्को पर्ने भन्दै ललकारेको जनतालाई स्पष्ट जानकारी छ।संसदमा रिकर्डेट छ।{ आफु नमर्दासम्म देशमा उथलपुथल  भइरहन्छ }  भनि भाषण गर्ने प्रधानमन्त्री हामीले पाएका छौ।

संघ मात्र होईन् प्रदेशहरू पनि जथाभाबीको अवस्थामा रहेका छन्।निश्चयपनि राजनीतिमा सम्भावना प्रचुर रहन्छ।तर राजनीतिमा जेपनि जसो पनि सम्भव हुन्छ भन्नु गलत भाष्य हो।विडम्बना यही गलत भाष्य र बुझपचाही कै कारण जताततै  दुर्व्यवस्था र अस्वाभाविकता व्याप्त छ। नेताहरू खुट्टाको बलमा हिँडि रहेका छैनन् अपितु टाउकाको बलमा धिस्रिरहेका छन्।किनकी राजनीतिको अवस्था उँधमुन्टो ( अप साईड डाउन ) छ।

सर्वत्र व्याप्त दुर्दशाको कारकको सवालमा प्रत्यक्ष परोक्ष जोडिएका मूलत: तीन ठुला दलहरूले बार्गेनिङ्, सेटिङ्ग् र फिक्सीङ लाई हतकन्डाको रूपमा प्रयोग गर्दै आएको अनगन्ती उदाहरणहरू छन्।भ्रष्टाचारको जरो उखेल्न,भ्रष्टाचारी लाई कानूनको कठघरामा उभ्याउन, जहाँतहीँ व्याप्त ठगी विचौलिया दलाल माफीया सबै लाई ठेगान लगाउन् दृढ रहेको, जनता माझ अत्यन्त लोकप्रिय दल रास्वपा र त्यसको सभापति स्वयं बार्गेनिङ्, सेटिङ्ग् र फिक्सीङको  हतकन्डाको जालमा अल्झदै गएको ताजा राजनीतिक परिदृश्यले देखाउद छ।हेक्का रहोस् त्यो जाल सजिलै फारिने  छैन्।


Comments

Post a Comment

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

एकला चलो रे