Posts

Showing posts from June, 2024

राजनीतिको उँधमुन्टो अवस्था

          शोषित, पिडीत जनताहरू न्याय माग्दै सडकमा, जनप्रतिनिधि सांसदहरू परस्पर संसदमै  घम्साघम्सीमा , ठगहरू फरारको अवस्थामा र आरोपितहरू नेताहरूको टाङ्मुनी ओति रहेको अवस्था छ। बालमन्दिर जग्गा काण्ड छानबिनको क्रममा जारी पक्राउ  पुर्जी राजनीतिक राप बाट लल्याकलुलुक परेको छ। राजनीतिमा ढलीमली गरिरहेका तीन दलका नेताहरू आफ्नाहरू लाई बचाउन बार्गेनिंगको अवस्थामा र जनताको प्रतिनिधित्व गरिरहेका अन्य दलहरू पर्ख र हेरको अवस्थामा छन्।  संविधान प्रदत्त वाक् स्वतन्त्रताको उपयोग गर्दा सामाजिक संजाल बाट हुने थ्रेटको कारण राष्ट्रीय कलाकार द्वयले सार्वजनिकरूपमा माफी मागेको र सहकारी ठग्ने ठुला ठगहरू मूलत: तीन ठुलो दलहरूमा आवद्ध रहेको अवस्था छ।बुढीगण्डकी हाईड्रोपावर प्रोजेक्टमा ओली, देउवा र प्रचण्डले ९ अर्ब बाँडी खाएको र त्यो पुष्टी गर्न आफु तयार रहेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक खुलासा गर्नु भएको बर्षौ बिति सक्यो तापनि हालसम्म चाइँचुइँ केहि  नभएको अवस्था छ।पहिलो पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहाल लाई प्रतिपक्षको वेञ्चमा रहेर पनि २०७९ पुस २६ गते पक्षमा मतदान गरेर  नेपाली