युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

  प्रसङ्ग् सक्षम युवा नेताहरू लाई परस्पर भिडाउने द्वन्दात्मक राजनीतिको हो।सत्तामा रहेका नरहेका सबै दलहरूमा सबल युवा नेताहरू क्रियाशील छन्।तैपनि तिनीहरूको सक्षमता, लोकप्रियता लाई लटपटाइ दिने, ओझेलमा  पारिदिने र कसै गरी पनि आफ्नो हात केही नलाग्ने भएमा प्रत्यक्ष परोक्ष आफ्नो हाँक, हैकम, वर्चस्व यथावत रहने गरि तिनीहरू लाई फ्रन्ट लाईनमा ल्याउने कुनीतिको खेलमा शिर्ष नेतृत्व लागि परेका छन्।मूलत: नेपाली कांग्रेसको महामन्त्री द्वय संग नेतृत्वले यस्तै खेल खेलिरहेको पार्टी भित्र बाहिर  सबैलाई थाहा भएको उदाङ्गो बिषय हो। 

पार्टी भित्र मात्र होईन् वर्तमान राष्ट्रीय राजनीतिमा पनि तीनटिकट  महाविकट त्रय नेता देउवा, ओली र दाहालको सतरन्जी खेलको भुँवरीमा आशा गर्न योग्य, सक्षम युवा नेताहरू अल्झिएका छन् | तिनीहरू राजनीतिक अजिंगरको तनाईमा परेका छन्।विशेषत: सत्तासीन दलका जनचर्चित युवा नेताहरूलाई विपक्षी दलका बहुचर्चित युवा नेताहरू संग भिडाउने र ती सत्तापक्ष युवा नेताहरू बाट नै विपक्षी दलको खास गरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको  सक्दो खेदो गर्ने माहोल पैदा गर्ने राजनीतिमा सत्तापक्ष षड्यन्त्री शिर्ष नेताहरू लागि परेका छन्।  वास्तवमा सक्षम युवा नेताहरूको बढ्दो लोकप्रियता र उर्लिँदो जनसमर्थन विरूद्ध स्लो प्वाइजनको  कुनीति प्रयोग गर्दै तिनीहरू लाई पेरालाईज गर्नु र राजनीतिमा यथावत आफ्नो पकड बनाई राख्नु सत्तापक्ष दुई ठुला दल र शिर्ष नेताहरूको मुख्य ध्येय हो।प्रसङ्गवश सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछीएपछी प्रधानमन्त्री दाहालले कांग्रेस माथी प्रतिशोधको ठाडो आरोप लगाउदै यो केसमा रविजी लाई अनुसन्धान गर्ने कुनै ठाउँनै छैन्।यो राजनीतिक पूर्वाग्रह मात्र हो भन्नु पोलिटिकल पावर प्लेको नोटेबल प्रदर्शन हो।

भारी जनसमर्थन प्राप्त गर्दै राजनीतिको उचाईमा उक्लि रहेको दल तथा युवा नेताहरू लाई येनकेन प्रकारेण कोलेप्स गराउने सिलसिला लामो समय देखि चल्दै आएको सर्वविदित छ।तर विडम्बना राजनीतिमा सक्रिय युवा जमात र नेताहरू त्यस तर्फ दीर्घकालिक सजग एवं सचेत रहेनन्।उल्टै ती शिर्ष नेताहरू जस्ले युवा नेताहरू लाई झोला थमाइ आफ्नो अधि पछी हिडा्उन चाहन्छन् तिनै नेताहरूको प्यादा बनेर राजनीतिमा सक्रिय रहन थाले।जनता देखि टाढा शिर्ष नेतृत्वको काखा हुदै आशिर्वादको राजनीतिमै गर्व गर्न थाले र लोभ लालच दलाली बिचौलियाको मार्गमा हिँडे।तापनि युवा नेतृत्व तथा पुस्तान्तरणको विषय उठान र बिसानको गलफती निरन्तर चलिनै रह्यो।

  समीकरण बदलिए पछी  रवि लाई प्रधानमन्त्री बनाउने अफर गरेर कांग्रेस बाट पहिलो कोसिस भयो भनेर प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरू  समक्ष एउटा राजनीतिक पत्ता फाले। प्रधानमन्त्री दाहाल लाई विश्वासको मत दिदै गर्दा त्यही पत्तामा टेकेर राष्ट्रीय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले पनि आफुहरूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दावी गर्दै सक्कली र नक्कली कांग्रेसको पनि जिकिर गरे।वाग्ले जस्तो स्वच्छ सक्षम विद्धत व्यक्तित्वले कतिपय विषयहरूमा आफुलाई रिजर्भ राख्नु पर्ने, साईलेन्ट राख्नु पर्ने हो तर त्यसो गरेनन्।आफ्नो घाँटी दाहालको घाँटी संग जोडेर राखे। उदाउँदो, विश्वास र भरोसा गर्न लायक चर्चित युवा नेताहरू पनि समय परिस्थिती र स्वार्थ अनुरुप घाँटी जोडाइको ,विद्धेषको राजनीतिमा उद्यत रहेपछी पुस्तान्तरण एवं युवा नेतृत्व कसरी सम्भव हुन्छ।अन्तत: उही नाम्लो उही कुम्लो।





















Comments

Post a Comment

Popular posts from this blog

जनता कमजोर हुदा यस्तै हुन्छ

एकला चलो रे