Posts

Showing posts from May, 2024

ओभरडोजको राजनीति

 हुनत् सत्तापक्ष र प्रतिपक्षका नेताहरू बाट गरिने एकले अर्काको छवि मर्दन लक्षित राजनीति कुनै न कुनै रूपमा निरन्तर चल्दै आएको सर्वविदित बिषय हो।दलगत खिचातानी, आरोप प्रत्यारोप लाई खास अस्वाभाविक मानिदैन्।किनकी दल भित्र अनेक स्वभावका नेता कार्यकर्ताहरू क्रियाशिल रहन्छन्।त्यसैले दलीय मर्यादा, अनुशासन र आचरण संगसंगै नेताहरूको व्यक्तिगत सोच स्वभावको कारण कहिलेकाहीँ दलहरूको खिँचातान र आरोप प्रत्यारोप  घम्साघम्सीको असहज स्थितीमा पुग्दछ।वर्तमानमा यस्तै स्थिति पैदा भएको चालु संसदमा देखिएको घेराउ, अवरोध र ठेलमठेलको दृश्यले पुष्टी गर्दछ।  संसदीय मान्यतानुसार संसदको गतिविधि र सांसदहरूको क्रियाकलाप बिषय केन्द्रित हुनु पर्दछ।नेता केन्द्रित होईन्।तर मामलाको प्रकृति र त्यसमा संलग्नताको आधारमा नेता केन्द्रित हुनु नै पर्ने अनिवार्य अवस्था पनि आईपर्न सक्छ। सहकारी रकम अपचलन  प्रकरणको बिषय चालु संसदमा नेता केन्द्रित हुन पुग्यो।२०८१ जेठ ६ गते संसदमा बोल्दा गृहमन्त्रीले व्यक्ति केन्द्रित हुनु हुदैन् विषय केन्द्रित हुनु पर्दछ भनिरहदा रहदै वहाँ स्वयंले कांग्रेस महामन्त्री गगन माथि निरन्तर व्यक्ति केन्द्रित आरोप

पार्टी स्ट्रेंथ र गठबन्धन

मुलुकको राजनीतिमा गठबन्धनको  जे जस्तो प्रभाव रहेतापनि त्यसको आधारमा गठबन्धनमा आवद्ध कुनै अमुक पार्टीको स्ट्रेंथ र हैसियत थाहा लाग्दैन्।किनकी गठबन्धनले पार्टीगत होईन सामूहिक हैसियत इङ्गित गर्दछ।दलहरू एकअर्काको बैसाखी बनेका हुन्छन्।त्यसैले गठबन्धनमा आवद्ध दलहरूको हैसियत भनेको बैसाखी जस्तै हो।गठबन्धन बाट हटेको वा हटाईएको अवस्थामा, बैसाखी छुटेको अवस्थामा लागू पदार्थ सेवन गर्न नपाउदा दुर्व्यसनीहरूमा हुने छटपटी जस्तै दलहरू छटपटीन्छन्।कँन्फिडेंस  गुमेको कन्फ्युजनको अवस्थामा पुग्दछन्।त्यो अवस्था बाट मुक्त हुन् निश्चय पनि समय लाग्दछ।तब सम्ममा धेरै खेप्नु पर्ने हुन्छ।त्यही त हो गठबन्धन को दुष्परिणाम ।नेपाली कांग्रेस अहिले त्यस्तै अवस्था बाट गुज्रिरहेको छ।चारैतिर बाट गठबन्धनको नयाँ पुराना बैसाखीहरू बाट भईरहेको आरोप घोचपेचको सामना गररिरहेको छ।गठबन्धनमा अहिले आबद्ध दलहरूको पनि भोलिको अवस्था त्यस्तै नै हुने निश्चित छ। गठबन्धन टुटेको अवस्थामा वा हटेको अवस्थामा आबद्ध दलहरूमा छटपटी त हुने नै छ।त्यसो हुनु दलहरूको हैसियत क्षीण हुनु हो।संविधान निर्दिष्ट प्रतिस्पर्धात्मक दलिय अवधारणा धरापमा पर्नु हो।किनकी

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

  प्रसङ्ग् सक्षम युवा नेताहरू लाई परस्पर भिडाउने द्वन्दात्मक राजनीतिको हो।सत्तामा रहेका नरहेका सबै दलहरूमा सबल युवा नेताहरू क्रियाशील छन्।तैपनि तिनीहरूको सक्षमता, लोकप्रियता लाई लटपटाइ दिने, ओझेलमा  पारिदिने र कसै गरी पनि आफ्नो हात केही नलाग्ने भएमा प्रत्यक्ष परोक्ष आफ्नो हाँक, हैकम, वर्चस्व यथावत रहने गरि तिनीहरू लाई फ्रन्ट लाईनमा ल्याउने कुनीतिको खेलमा शिर्ष नेतृत्व लागि परेका छन्।मूलत: नेपाली कांग्रेसको महामन्त्री द्वय संग नेतृत्वले यस्तै खेल खेलिरहेको पार्टी भित्र बाहिर  सबैलाई थाहा भएको उदाङ्गो बिषय हो।  पार्टी भित्र मात्र होईन् वर्तमान राष्ट्रीय राजनीतिमा पनि तीनटिकट  महाविकट त्रय नेता देउवा, ओली र दाहालको सतरन्जी खेलको भुँवरीमा आशा गर्न योग्य, सक्षम युवा नेताहरू अल्झिएका छन् | तिनीहरू राजनीतिक अजिंगरको तनाईमा परेका छन्।विशेषत: सत्तासीन दलका जनचर्चित युवा नेताहरूलाई विपक्षी दलका बहुचर्चित युवा नेताहरू संग भिडाउने र ती सत्तापक्ष युवा नेताहरू बाट नै विपक्षी दलको खास गरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको  सक्दो खेदो गर्ने माहोल पैदा गर्ने राजनीतिमा सत्तापक्ष षड्यन्त्री शिर्ष नेताहर