Posts

Showing posts from March, 2024

गठबन्धन होइन संयुक्त सरकार

हामीहरू संग यस्तो प्रधानमन्त्री हुनुहन्छ जस्को बोली, शब्द छनोट र प्रयोग बेलगाम छ।वहाँ भन्नु हुन्छ " प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निक्लिन सक्छु।" आफ्नो फेवरबल नरहेको आशंकामा प्रधानमन्त्रीले गठबन्धन लाई लात  हानेर हुर्याइ दिनु भयो।भत्काइ दिनु भयो।तर दोष कांग्रेस माथी थोपर्दै छन्।निरन्तरको राजनीतिक घटनाक्रमले स्पष्ट देखाइ रहेको छ कि  देउवा ,ओली र दाहाल नेपालको राजनीतिमा तीन टिकट महा विकट जस्तै हो।एउटै नेता दाहालले एउटै पदका लागि चौध महीनामा तीन पटक संसदमा विश्वासको मत लिनु पर्ने , प्रतिपक्ष भएर पनि कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने, कहिले कांग्रेसको त कहिले ऐमालेको बुई चढेर लगातार प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री दाहाल कांग्रेसको  बुई चढेको बखत ऐमाले विरूद्ध खनिने  र ऐमालेको बुई चढेको बेला कांग्रेस माथी खनिने।संसदमा कांग्रेसलाई थर्काउदै प्रधानमन्त्री बडबडाइ रहेका थिए " डराउछ माओवादी केन्द्र भनठान्नु भाछ ? को राजनीतिक दल कति बेला को संग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्।आफ्नो हिसाबकिताब राख्नु ।