Posts

Showing posts from February, 2024

जनता कमजोर हुदा यस्तै हुन्छ

प्रजातन्त्र लाई तब मात्र  जनताको,जनताद्वारा,जनताको लागि परिभाषित गर्न औचित्यपूर्ण हुन्छ जब जनताको स्टाटस निर्णायक हुन्छ।वर्तमानमा जनताको स्थिति त्यस्तो छैन्।त्यसो त अहिले पनि जनताको स्थिति निर्णायक नै छ तर देशको स्वाभिमान,प्रतिष्ठा र समृद्धिको निम्ति होईन् आफ्नो, आफ्ना परिवार र सिमीत समूह वर्गको स्वार्थको खातिर मात्र ।धेरै भन्दा धेरै प्रतिशत जनता त्यस्तै त्यस्तै स्वार्थमा सक्रिय छन्।देशको स्वाभिमान,प्रतिष्ठा र समृद्धिको लागि मरिमेट्न तयार विशुद्ध जनताको प्रतिशत निकै कम छ।समग्रमा मुलुकको राजनीतिमा बहुसंख्यक जनताले छातीमा हात राखेर मुटुको धड्कन अनुभूत गर्दै निर्णय गर्दैनन्।गोजीमा हात घुसारेर पैसालाई सम्झेर स्वार्थ र लोभमा  निर्णय गर्दछन्।त्यसैले त आज जताततै स्वाहाको अवस्था छ। परिस्थिति उल्टीएको छ।राजनीति देश र जनताको सेवा होईन् लाभ र स्वार्थको विषय बनेको छ।राजनीति सबैका लागि फल झार्ने झटारो जस्तै भएको छ। त्यसैले त उद्योगपति, व्यापारी, कर्मचारी, शिक्षक, कानून व्यवसायी, मजदुर किसान , विचौलिया, माफिया सबै राजनीतिक अखाडामा उत्रियका छन्।पैसाको बलमा, धम्की,जोरजुलुम,हुलहुज्जत,ठेलठाल,भ्रम तथा अफ