Posts

Showing posts from December, 2023

शक्ति र राजनीतिक भ्रष्टीकरण

 शासनतन्त्रमा शक्ति र राजनीतिको ठुलो चलखेल हुन्छ।शक्तिबिना राजनीति सम्भव हुदैन्।राजनीतिबिना शक्ति प्राप्त हुदैन्।सामान्यतः अर्काको व्यवहार र  घटनाक्रम लाई निर्देशित र प्रभावित गर्न सक्ने क्षमता र योग्यता नै शक्ति हो।शक्ति त्यो केन्द्रबिन्दु हो जसबाट संयन्त्रहरूको परिक्रमण हुन्छ।शक्ति सत्तारोहण र अवरोहणको दुई धारे तरबार जस्तै हो। काट्छ र काटिइन्छ पनि। अधिकांशतः शक्तिको स्वभाव कठोर र शोषण उन्मुख हुन्छ।शक्ति नै उत्थान र पतनको प्रमुख कारक हो। सर्वेक्षणहरू बाट देखिएको छ कि जब व्यक्तिमा शक्ति बढ्छ उसको Sense of Morality घट्दै जान्छ। शक्ति र सत्तामा रहेकाहरूको बोली र भाषण जनताको चाहना र आवश्यकतामा केन्द्रित रहन्छ तर वास्तवमा तिनीहरूको मन मस्तिष्कमा जनताको उपयोग र शोषण बाहेक जनताको आकांक्षा र आवश्यकताको कुनै स्थान हुदैन्। शक्तिको स्वभाव सम्बन्धी एउटा चर्चित भनाई छ-" Power tends to Corrupt.Absolute power corrupts absolutely". जनयुद्ध र सडक आन्दोलनको संयुक्त शक्ति बाट राजगद्दी र तन्त्र धराशायी भयो।तापनि संधीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था क्रियाशील रहेको आजको अवस्थामा "

गठबन्धन - सबैभन्दा ठुलो दल

हो राजनीतिक दलको परिभाषा र सिद्धान्त विपरीत प्रजातान्त्रिक मूल्य मान्यता लाई अँठ्याउदै वर्तमानमा गठबन्धन मुलुकको सबैभन्दा ठुलो दलमा परिणत हुदै गरेको अवस्था छ।यस्तो दल जसको आफ्नो सिद्धान्त, झण्डा, चिन्ह, घोषणापत्र केही हुदैन्।मान्यताको हकमा साझा कार्यक्रम मात्र हुन्छ।तर सम्बद्ध दलहरूको आ-आफ्नो सिद्धान्त, मान्यता, घोषणापत्र, चिन्ह, झण्डा, सांगठनिक संरचना सबथोक हुन्छ।राजनीति र राजनीतिक दलहरू प्रतिको परिवर्तित जनदृष्टिकोणको कारण विशेषतः पुराना ठुला दलहरू लाई आफ्नो दलीय अस्तित्व बरकरार राख्न निकै कठिन भएको, भुईँ पार्टीको दर्जामा पुग्ने जोखिम रहेको र परिवर्तित अवस्थाको चुनौतीहरू थेग्न सक्ने आफ्नो दलको ल्यागतमा विश्वस्त हुने स्थिति नरहेको आत्मानुभूति कै कारण दलीय हैसियत मेन्टेन गर्न गठबन्धनकारी दलहरू मौजुदा गठबन्धन लाई दलको रूपमा स्थापित गर्ने तरखरमा छन्।हाम्रो लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यो एउटा अप्राकृतिक अभ्यास हुनेछ। प्रतिस्पर्धात्मक बहुदलीयता क्रेक हुनेछ।  राजनीति भनेको जोखिम उठाउनु हो।तर गठबन्धनकारी दलहरू जोखिमको राजनीति होईन्, आनन्दको राजनीति गर्न चाहन्छन्।गठबन्धनकारी दल