Posts

Showing posts from October, 2023

भारत एक असहज मित्र

  नेपाल कतै दुई छिमेकी मित्रहरू भारत र चीनको राजनीतिक खिचातानीको थलो बन्ने त होईन् ? मुलुकको राजनीतिमा दशकौँ देखि यस्तो आशंका थियो।वर्तमानमा त्यो आशंकाको संकेत देखिन थालेको छ।काठमांडू स्थित भारतीय र चीनियाँ महामहिमहरूको हालैको अभिव्यक्ति र ट्विटले त्यो संकेतको पुष्टि गर्दछ।त्यसैले नेपाल भारत विशेष सम्बन्धको युग समाप्ति संगसंगै पञ्चशीलमा आधारित असंलग्न वैदेशिक नीतिको आधारमा सबै राष्ट्रहरू संग सम्बन्ध स्थापित गर्दै विश्व राजनीतिमा आफ्नो पहिचान बनाउने नीति अवलम्बन गर्यो।{ दुई ढुङ्गा बीचको तरूल } नेपालको भूराजनीतिक वास्तविकताको आधारमा समदुरीको सिद्धान्त लाई विशेषत: भारत चीन संगको सम्बन्धको गाइडलाइनको रूपमा स्थापित गर्यो। चीन बाट जतिपनि सहयोग प्राप्त भयो ती सबै नेपालको आत्मनिर्भरता प्रति लक्षित थियो।भारतीय विरोधको बाबजुद काठमांडू लाई चीन संग जोड्ने मेरूदण्डको रूपमा स्थलमार्ग कोदारीको निर्माण संचालन भयो।औद्योगिक विकास द्वारा आत्मनिर्भर र समृद्धिको अवस्थामा पुग्न चीनियाँ सहयोगमा स्थापित विभिन्न उद्योगहरू बाट उत्पादित वस्तुहरूको पर्याप्त आन्तरिक खपत संग संगै निर्यातको अवस्थामा मुलुक पुगेको थिय