Posts

Showing posts from September, 2023

सुशासन समृद्धि र भ्रष्टाचार

 सुशासन, समृद्धि र भ्रष्टाचार निवारण सबैको टारगेट हो।तर वर्तमानमा  त्यो टारगेट भ्रष्टाचारी जुकाहरू बाट अवरूद्ध छ।सुशासन, समृद्धि र सबै क्षेत्रको भ्रष्टाचार नियन्त्रण संविधानमा लिपिबद्ध छ।तापनि जुन अनुपातमा सुशासन र समृद्धिको कुरो उठाइन्छ त्यो भन्दा धेरै गुना अनुपातमा भ्रष्टाचार हुने गर्दछ।भ्रष्टाचारको गति ननस्टप छ।क्षेत्र वृहत्तर छ।कनेक्शन माकुरोको जालो जस्तै छ।फेद र टुप्पो पत्ता लगाउन कठिन अनुसन्धान आवश्यक हुन्छ।तर अनुसन्धान टुप्पो सम्म पुग्दा नपुग्दै मार्ग खण्डित गराइन्छ।डाइवर्ट र ब्रेकडाउनको गेम शुरू हुन्छ।नक्कली भुटानी शरणार्थी प्रकरणको गहिराइ सम्म अनुसन्धानरत एआईजी र एसएसपी द्वयको सरूवा लगाएत उक्त प्रकरणमा आरोपितहरू लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने जिल्ला अदालत काठमाण्डूका न्यायाधीशको सरूवाले प्रकरण लाई  डाइवर्ट र ब्रेकडाउन गर्ने गेमको पुष्टि गर्दछ। भ्रष्टाचार न्यूनीकरण मात्र होईन् निर्मूलको गर्जन धेरै पटक धेरै सरकार प्रमुखहरू बाट नभएको होईन्।त्यो गर्जन निरन्तर छ तैपनि वर्तमानमा भ्रष्टाचार सङ्गठित हुदै संस्थागतको अवस्थामा पुगिसक्यो।यस्तो किन र कसरी ? सबैमा जिज्ञासा छ।जब