Posts

Showing posts from August, 2023

भ्रष्टाचारवाद

राजनीतिक आस्था, विश्वास र विचारधारामा आधारित अनेकन् वादहरू विश्वव्यापी छ।मुलुकको राजनीतिमा पनि दलहरू विभिन्न वादमा विभक्त छन्।सुशासन र समृद्धि सबैको टारगेट हो।त्यो प्राप्तिको सबैको आ-आफ्नो पृथक तरिका र प्रक्रियाहरू छन्।तथापि वर्तमानमा तिनीहरू बीच अलाइन्स छ।आ-आफ्नो स्वार्थ पूर्ति गर्ने ताकमा गठबन्धन सरकार चलाइ रहेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास लगत्तै विभिन्न अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहालले " भ्रष्टाचारीलाई कुनै पनि हालतमा छुट दिन सकिदैन्।अहिले त्यो प्रक्रिया शुरू भएको छ।यो टेलर मात्र हो।हेर्दै जानुस सिङ्गै फिलिम देखिनेवाला छ " भने संगसंगै एक क्विन्टल सुन प्रकरण, ललिता निवास जग्गा प्रकरणको गोताखोरी शैलीमा भटाभट छानविन, पक्राउ र  थुनुवाको प्रक्रिया चलिरहेको छ।" २०४६ को ऐतिहासिक जनआन्दोलन पछीको ठुल ठुला भ्रष्टाचारको काण्ड भनेर जो स्थापित छन् तिनको खोजीनिती गरिन्छ।" भन्ने प्रधानमन्त्रीको उद्घोष लाई सिद्ध गर्न भिन्न भिन्न कालखण्डमा घटित विभिन्न विषयक प्रकरणहरूको फाईल क्रमशः खोलिनु पर्दछ।छानविन, पक्राउ र  थुनुवाको प्रक्रिया दह्रो गरि अघि बढाईनु पर्

एकला चलो रे

सत्य एक्लो, कठिन र बलिदानी हुन्छ।परिवर्तित नयाँ सोचका साथ अघि बढ्न, विद्यमान परिपाटीमा समय सापेक्ष परिवर्तन ल्याउन, सत्य न्याय र विधि स्थापित गर्न उच्च साहस, धैर्य, मजबुत आत्मवल र कुर्बानी अपरिहार्य हुन्छ।किनकी त्यस क्रममा अनर्गल, तथ्यहीन, आधारहीन, अपमानजनक मिथ्या आरोप खेप्नु पर्ने अवस्था आउन सक्छ। सत्य र न्यायको स्थापना, विधानको भावनानुरूप निरन्तर अक्षरशः पालना र मौजुद  परिपाटीमा समयानुकूल रूपान्तरण सबैको चाहना एवं प्राथमिकताको विषय हो।तथापि शीर्ष पदमा आसिन नेताको सामु घुँडो टेकुवा, परिक्रमी, लालची ,झोलेहरु  खाइपाइ आएको पद, सुविधा, समर्थन र आशीर्वाद गुम्ने डरले रूपान्तरणको बुलन्द आवाजको निर्लज्ज विरोध गर्दछन्।जसको कारण रूपान्तरणकार नेताको करियर  जोखिममा पर्ने, एकलो जस्तै हुने अवस्था पैदा हुन सक्छ। आस्था, विश्वास र भक्तिमा आधारित सत्य,न्याय,परिवर्तन र रूपान्तरणको  अभियान सुरूवातमा सदैव एकलो हुन्छ।जसो जसो परिवर्तन र रूपान्तरणको रंग र दायरा गाढा एवं फराकिलो हुदै जान्छ। तसो तसो समर्थकहरूको लर्को लाग्दै जान्छ।उपनिवेश विरूद्ध भारत स्वतन्त्रताको लागि माहात्मा गांधीले जतिपनि मूवमेंट्स थालनी ग