Posts

Showing posts from June, 2023

शोषणमा परेको प्रजातन्त्र

निश्चयत: प्रजातन्त्र सर्वोत्कृष्ट शासन प्रणाली हो।सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित रहने, संविधान सर्वोपरि रहने, शोषणरहित भ्रष्टाचारमुक्त लोक कल्याणकारी राज्य समाजको स्थापना हुने, शक्ति पृथक्करण,नियन्त्रण र  सन्तुलन क्रियाशील रहने, विधिको शासन  चल्ने र जनतालाई सुशासन अनुभूत हुने लोकप्रिय शासन पद्धति प्रजातन्त्र नै हो। त्याग र बलिदानी बाट वि.सं.२००७ मा प्राप्त प्रजातन्त्र थप जनआन्दोलन र कुर्बानीको परिणाम बहुदलीय प्रतिस्पर्धात्मक संघीय प्रजातान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको अवस्थामा आइ पुगेको छ।अहिले सम्ममा प्रजातन्त्र दृढ भइसक्नु पर्नेमा यस्को विपरीत दिनानुदिन प्रदूषित हुदै, दुर्गन्धित हुदै उँधो लागि रहेको जनबुझाइ छ।अनुशासनहीनता, अख्तियार दुरूपयोग, अनियमितता,भ्रष्टाचार,बिचौलिया,माफीया जताततै फिँजिएको छ।जनतामा असन्तुष्टि र आक्रोस बढ्दो छ। समृद्धि र सुशासन भन्दै पटक पटक सत्तारोहण गरेका नेताहरू स्वार्थ र  लालचको घेराबन्दीमा पर्दै गयो।मित्र राष्ट्रहरू विशेषत: भारतले आफ्नो हित संरक्षण र पूर्तिको लागि दिने र देखाउने लोभमा नेताहरू लागि पर्ने हुदा स्वराजको लागि स्वनिर्णयको सा