Posts

Showing posts from May, 2023

नेपाल भारत सम्बन्ध र भ्रमण

 नेपाल भारत सम्बन्ध र अन्तर छिमेक भ्रमणको ऐतिहासिकताको बिषयमा कोही पनि अनभिज्ञ छैन।सबैमा त्यस बारे ज्ञान छ। भारतीय स्वतन्त्रता संग्रामको बखत नेपालका नेताहरू भारतीय नेताहरू संग संगै स्वतन्त्रता संघर्षमा होमिएका थिए।जेल नेल पनि खाएका थिए।हाम्रा नेताहरू प्रति स्वतन्त्रता सेनानी अर्थात् भारतीय नेताहरू कृतज्ञ थिए।तिनीहरू बीच सहयोगात्मक आत्मीय सम्बन्ध थियो। विस्तृत शान्ति समझौता भारत हुदै नेपाल प्रवेश गर्यो र गणतन्त्र भित्रिए जस्तै दिल्ली समझौता हुदै ०७ सालमा प्रजातन्त्र घोषणा भयो।बामे सर्दै गरेको शिशु प्रजातन्त्र लाई भारतले ताती गराउदै हुर्कनमा सहयोग गर्यो।दुई देश बीच स्थापित विशेष सम्बन्धको कारण नेपालको शासन, प्रशासन, वैदेशिक सम्बन्ध र नीति, सुरक्षा, आर्थिक विकास लगाएत आवश्यक सबै क्षेत्रहरूमा भारतको निर्देशन र संरक्षण हावी रह्यो।हाम्रो राजनीति भारत बाट निर्देशित र संरक्षित Guided & Protected जस्तै थियो। भारतले सुरक्षाको कारण तेर्स्याइ नेपालको घेँचा क्रमशः अँठ्याउदै गयो।सम्बन्ध चिसिने ,भ्रमण पातलिने यस्तो उतारचढाव घेरै पटक घटित भयो।तरपनि नेपालको राजनीति लगाएत सम्पूर्ण क्षेत्रहरूमा भारती

अवसरको राजनीति

राजनीति अवसरको एउटा सशक्त एवं फराकिलो प्लेटफर्म हो।यस्तो प्लेटफर्म जहाँ बाट सुशासन, समृद्धि र दुर्गतिको यात्रा प्रारम्भ हुन्छ।यात्राको स्वरूप नेतृत्वको आचारविचारमा निर्भर रहन्छ।जे पनि बोल्ने र जे पनि गर्ने नेतृत्वहरू बाट हामीहरू अनवरत शासित छौ।यो त हामी जनताको नियति जस्तै भईसक्यो।जनता भन्छन् नेताहरूमा चेत आएन।तिनीहरू सचिनु पर्थ्यो तर सचिएनन्।यो त यथार्थताको एउटा पाटो मात्र हो।यथार्थताको अर्को अति नै महत्वपूर्ण पाटो त हामी जनाता नै हौ।हामी चेतेनौ।हामी सचिएनौ।किनकी सुशासन र समृद्धिको कबुलमा भ्रष्टाचार र दुर्गतिको नतीजा दिदै आएका तिनै नेताहरू लाई हामी जनताले तामदानमा बसाइ सत्तारोहण गराउदै आएको तथ्य छिपेको छैन्। सुशासन र समृद्धिको पथमा देश नचलेको निश्चय पनि होईन्।नेताहरूले पनि सो   बिषय निरन्तर उठान गर्दै आएका हुन।सरकार आउछ अनेकन विकास योजनाहरू थालनी हुन्छ।तर सरकार गयो संचालित एवं शिलान्यास गरिएका अधिकांश आयोजनाहरू बर्षौ सम्म जहाँको तही जस्ताको तस्तै अड्किन्छ भनौ अड्काइन्छ, बेवास्ता गरिन्छ।नयाँ सरकार संगसंगै नयाँ आयोजनाहरूको थालनी हुन्छ।पुराना अपुरो आयोजनाहरूको कुरो उठछ, उठाइन्छ तर महँगीको