Posts

Showing posts from April, 2023

ढरियाको राजनीति

  राजनीति आफैमा आदर्श हो।संकट निवारण र मुक्तिको आशा पनि हो।यो सम्भावनाको भण्डार हो तर सीमा रहित होइन।नीति,मान्यता,नैतिकता,धर्म, अनुशासन र संस्कार यसको सीमा हो।सीमा अन्त्य हुनु अराजक एवं अराजनीतिको उदय हुनु हो।देश अँधेर हुनु, नेता चौपट हुनु हो।जनता ठगिनु, असन्तुष्ट हुनु, आक्रोशित हुनु हो।राजनीति छोड्न पनि नहुने र समाल्न पनि नसकिने भालुको कम्पट जस्तै हुनु हो।त्यसो हुनु भनेको देश देशको रूपमा नरहने, नागरिक नागरिकको हैसियतमा नरहने , नागरिक पलायन दिन दुगुना रात चौगुना बढ्दै जाने र आर्थिक, सामाजिक, प्रशासनिक लगाएत ग्रास लेभल देखि टप लेभल सम्मको सम्पूर्ण क्षेत्र लर्खरिनु हो।अफसोस हाम्रो देश, हाम्रो राजनीति र हामी आज ठीक यस्तै अवस्थामा पुगेका छौ। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भनिए तापनि गठबन्धन एउटा बहाना हो।मिठो बिषको गठरी हो।सर्वसाधारण जनता मतदाताहरू मात्र होईनन् ने.का.को असङ्ख्ये नेता कार्यकर्ताहरू गठबन्धनको विरोधमा छन्।पार्टी भित्र विद्रोह विस्फोट होला, पार्टी टुक्रीएला भन्ने मनोवैज्ञानिक डरको कारण तिनीहरूको विरोध अव्यक्त अघोषित छ।दौरासुरूवालमा चिटिक्क परेर सत्तासीन हुने

ह्रासोन्मुख प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली

 हो संविधानमा संघीय लोकतान्त्रिक गणतत्रात्मक शासन व्यवस्था,प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली र लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद स्पष्ट किटान छ।ती वाक्यहरू सरसर्ती पढ्दा प्रयेक नागरिक निश्चयपनि अत्यन्त गौरव महसुस गर्दछन्।उत्साहीत हुन्छन्।सृजनशील ढंगमा प्रस्तुत हुन उत्प्रेरित हुन्छन्।किनकी संविधानको त्यो परिकल्पनाले जनतामा आस्था विश्वास र भरोसा पैदा गर्दछ कि " मुलुकको हरेक क्षेत्रमा जनता समेटिने छन्।लोक कल्याणकारी राज्यको स्थापना हुनेछ।सत्तासीनहरू तथा दलको आडमा आफुहरू लाई श्रेष्ठ एवं विशेष दर्जाको ठान्नेहरू र भुइँ दर्जाकाहरू बीच प्रत्यक्ष परोक्ष वास्तविकरूपमा कुनै पनि मानेमा विभेद हुनेछैन्।राज्यको विभिन्न क्षेत्रमा सेवारत राष्ट्र सेवकहरूबाट पहुँचवालाहरू लाई सलूट र भुइँमान्छे लाई लोप्पाको अवस्था रहने छैन्।नेताहरू जनताले सोचेको भन्दापनि ज्यादा इमान्दार,नैतिकवान,कर्तव्यनिष्ठ,वचनमा बद्धता,     अनुशासित र मन वचन कर्मले दृढ रहनेछन्।"तर अवस्था प्रतिकूल छ।किनकी मूलत: शीर्ष नेताहरू जनताले ठानेको भन्दा अचाक्ली प्रदूषित रहेको जनभोगाइ छ। संघीयताको सवालमा संधीयताको अवधारणा