Posts

Showing posts from March, 2023

त्रिकोणमा अल्झिएको राजनीति

त्रैकोणिक चरम स्वार्थपूर्ण खुराफातको कारण दुई पटक संसद विघटन र परमादेश बाट सरकार गठन संग संगै पटके गठबन्धनको कारण मुलुकमा बहुलट्ठी राजनीति को बिगुल बज्यो।त्यसको ध्वनितरङ्ग आज सम्म पनि गुञ्जी रहेको छ।अझ कहिले सम्म त्यो ध्वनितरङ्ग गुञ्जी रहने हो तुङ्गो छैन्।राजनीतिक अस्थिरताको साइरन रन्कि रहेको छ।तर शीर्ष नेताहरूको कान बाक्लिदै गएको र मस्तिष्कको धमनीहरूमा रक्तसंचार अवरूद्ध भएकोले तिनीहरू एकोहोरोपनको रोगले ग्रसित छन्।त्यसैले तिनीहरूको अवस्था अप साइड डाउन छ।शीर्षासन मुद्रामा छन्।सबकुछ उल्टापुल्टा डामाडोल छ।अर्थ जगत पनि साँगुरो पाइपलाइन बाट सकस ढङ्गमा घिसिरपिसिर चलिरहेको छ। राजनीति त सकिगो।अब बुझाउन मात्र बाँकी छ।प्रजातन्त्रको संस्थापक नेपाली कांग्रेस बाट संसदीय प्रजातन्त्रको मूल्य मान्यता र परम्परा एक पछि अर्को तोडियको छर्लङ्ग छ। परम्परा र मौलिकता भत्काएर नयाँ संस्कृतिको कीर्तिमान स्थापित गरेको शीर्ष नेताहरू बाट बोक्रे दावी हुने गरेको छ।हुनत प्रजातन्त्रवादीहरू सर्वाधिकारवादीको चङ्गुलमा परेसी यस्तै हालत हुने त हो नि। संसद विघटन पश्चात राजनीतिक वृत्तमा सृजित व्यापक उथल-पुथल जनताले देख्दै भोग