Posts

Showing posts from February, 2023

शक्ति सन्तुलन र स्थिरताको अस्थिर राजनीति

अनौठो छ वर्तमानको राजनीतिक खिचखिचको अवस्था।एउटा मान्छेको कारण देशमा जहानियाँ राणा शासन चल्यो।एउटा मान्छे कै कारण निर्विकल्प निर्दलीय शासन चल्यो।जनताको कारण बहुदलीय व्यवस्था हुदै संघीय प्रजातान्त्रिक गणतन्त्रको अवस्था सम्म आई पुग्यौं।फेरी पनि एउटा मान्छे कारक रहेको इतिहास दोहोरिने क्रम सृजना हुदैछ।पौष १० गते पश्चात एउटा मान्छेको कारण शक्ति सन्तुलन,स्थिरता र राष्ट्रीय सहमतिको नाममा मुलुकको राजनीति दिनानुदिन अस्थिरतामा जकडिदै  छ।निरन्तर फोगटको राजनीतिक भेटघाट र छलफलले राजनीति अस्थिरताको खाडल तर्फ घचेटिदै छ। राष्ट्रपति ऐमालेको हुने सम्बन्धमा पौष १० गते शिर्ष नेता द्वय ओली र प्रचण्ड बीच भएको भद्र सहमतिको कुरो ऐमाले ले वारवार उठाइ रहेको छ।यदि त्यो बनावटी हो भने दाहालले प्रत्यक्ष कडा खण्डन गर्नु पर्थ्यो।नङ्ग्याउनु पर्थ्यो।उल्टो राष्ट्रपतिको निर्वाचनको लागि राष्ट्रीय सहमति तेर्स्याइ रहेका छन्।विश्वासको मतको चमत्कारी खेल पश्चात बालुवाटार पुगेर पौष १० गतेको खेलखालको आत्मालोचना गर्दै राष्ट्रपतिको लागि नेपाली कांग्रेस प्रचण्डसंग राजनीतिक भलाकुसारी गरेको समाचार छापछाप्ती छ।संसदमा सबै भन्दा ठुलो दल