Posts

Showing posts from January, 2023

राष्ट्रिय सहमतिको स्वप्निल राजनीति

 मुलुकको राजनीतिमा सत्तापक्ष मूलतः प्रधानमन्त्री प्रचण्ड र विश्वासको मत सहितको प्रमुख विपक्षी दल नेपाली कांग्रेस मूलतः देउवाले जे जस्तो राजनीतिक कर्म गर्दैछन् त्यो देश र जनताको लागि होइन् त्यो त भत्किएको भत्काइएको गठबन्धनको तोड मात्र हो। सरकार प्रमुख आफु हुने प्रचण्डको अडानलाई अन्तिम समयसम्म कांग्रेसले अनिर्णीत राखेर धुकचुकको अवस्थामा पुर्याएको मानसिक चोट प्रचण्डले भुल्ने त कुरो भएन्।अत: राष्ट्रिय सहमतिको राजनीतिक छद्म प्रयोगमा ल्याईयो।राष्ट्रपतिको पत्ता फालेर विश्वासको मत पाउन प्रचण्ड देउवा भेटन पुगे।प्रचण्डको तापले देउवालाई गलायो।फलतः प्रमुख विपक्षी दलको स्वरूपमा थोरै परिवर्तन गरेर एउटा सिङ धारण गर्दै नयाँ रूपमा कांग्रेस प्रस्तुत भयो।अनि देउवा लगाएत शिर्ष नेताहरू भटयाउन थाले [ विश्वासको मत दिन्छौ तर सरकारमा जादैनौं, विपक्षमा बस्छौं ]।सरकारमा नजाने वचनबद्धता बाट कांग्रेसलाई चुकाउन राष्ट्रपति पद कांग्रेसलाई संकेत गर्दै राष्ट्रिय सहमतिको रणनीतिक गोटी चालमा प्रचण्ड हिजोआज  व्यस्त छन्।त्यसै गरि अर्को एउटा सिङ थप्दै राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णयमा कांग्रेस पुग्यो।कांग्रेसको भनाई र

विश्वासको मत र प्रतिपक्षको राजनीतिक स्टन्ट

 प्रचण्ड नेतृत्वको सरकार लाई विश्वासको मत दिने र  प्रतिपक्षको हैसियतमा पनि संसदमा प्रस्तुत हुने नेपाली कांग्रेसको राजनीतिक स्टन्टले संविधान कानुन र प्रजातान्त्रिक मूल्य,मान्यता एवं नैतिकतामा अवरोधको स्थिति निम्त्याएको छ।   प्रजातान्त्रिक शासन पद्धतिमा प्रतिपक्षरहित संसदको उच्चारण पनि गर्न सकिदैन्।संसदीय प्रणालीमा प्रतिपक्ष अपरिहार्य हुन्छ।प्रतिपक्ष जति सशक्त,क्रियाशील रह्यो सत्तारूढ त्यति नै सजग,सचेत,गतिशील हुन्छ।प्रतिपक्ष फितलो,गतिहीन रह्यो भने  सत्तासीन अत्यन्तै स्वेच्छाचारी,दाम्भिक हुन्छ।मङ्सिर ०४ पूर्वको संसदमा कांग्रेसको (साइलेटं) मौन प्रतिपक्षताको कारण तत्कालीन सत्ता उद्दण्ड तथा  सेखी रहेको नेता जनता सबैले देखेको,भोगेकै हो। प्रतिपक्ष भनेको सुशासनको उर्जावर्धक हो।तसर्थ प्रजातन्त्रमा संसदलाई प्रतिपक्ष विहीन अवस्थामा रहन दिईदैन्।सदैव सशक्त प्रतिपक्षको अपेक्षा गरिन्छ।तर सर्वसत्तावादीहरूले संसदमा प्रतिपक्ष देख्न चाहदैनन्।मटिया मेट होस भन्ने चाहान्छन्।त्यसैले होला १६९ सांसदको मत पाएर सरकार गठन गरेका प्रचण्डलाई विश्वासको मतका लागि कांग्रेस मतको आवश्यकता नै थिएन्।तैपनि येनकेन प्रकारेण का