Posts

Showing posts from December, 2022

क्षण पकडको राजनीति

हो क्षण आउछ अनि जान्छ।तर कतिपय परिस्थितिमा क्षण अत्यन्त महत्वपूर्ण हुन्छ।संवेदनशील हुन्छ।निर्णायक हुन्छ।तसर्थ त्यो क्षणको स्टाटस र संवेदनशीलता को पहिचान गर्नु पर्दछ।आफ्नो पकडमा राख्नु पर्दछ।कत्ति पनि समय खेर नफालि तत्काल सदुपयोग गरिहाल्नु पर्दछ।अन्यथा परिणाम प्रतिकूल हुन् सक्छ। समय परिस्थिति अनुसार पैदा हुने क्षणको तात्कालिक महत्व पहिचान र सोही आधारमा सदुपयोगले आफ्नो अनुकूलको नतिजा प्राप्तिमा निकै महत्व राख्दछ।राजनीतिको निर्णायक स्थितिमा क्षणले त झन ठुलो महत्व राख्दछ।किनकी त्यो   क्षणको सही पहिचान भएन वा सही पहिचान भएर पनि सदुपयोगको क्रममा   खिचखिचको कारण समय खेर फालेमा उलटपुलट हुन सक्छ।पासापलट पनि हुन सक्छ।संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने क्रममा २०७९ पुष १० गते यस्तै भएको थियो। पलमा सत्तापलट भयो। २०७९ मंसिर ०४ को निर्वाचन बाट नेपाली कांग्रेस संसदमा ठुलो दल(कूल ८९ सीट) बन्यो।माओवादी ( केन्द्र ) ३२ सीटमा खुम्चियो।तैपनि निर्

परिवर्तित राजनीतिक परिदृश्यमा गठबन्धन

                  हो निश्चितरूपमा गत मंसिर ०४,२०७९ मा सम्पन्न प्रतिनिधि सभाको आवधिक निर्वाचनमा भागवण्डा गरेर चुनाव लडेका सत्तासीन गठबन्धन लाई मतदाताहरूले फेरि पनि पाँच दलिय गठबन्धनको मात्र सरकार गठन गर्न नसक्ने अवस्थामा पुर्याइ दिएका छन्। निर्वाचनको दौडान मतदाताहरूको ब्रेनवाश गर्न,तिनीहरुको निर्णयमा मनोवैज्ञानिक दबाब दिन गठबन्धनको त्रय मालिक देउवाले दुई तीन निर्वाचन सम्म,प्रचण्डले पन्ध्र बिस बर्ष सम्म र माधवले पाँच बर्षसम्म गठबन्धनलाई लैजाने ठोकुवा गरेका थिए।मतदाताहरूलाई एक्साइट गराउने अनि तिनीहरूको मतको  इमोशनल एक्सप्लाइटेशन गर्न त्रय नेताहरूले  अभिवादन ,जय नेपाल , लाल सलामको आवाज बुलन्द गर्दै गाईजात्रे प्रजातन्त्रको प्रदर्शन गरेका थिए।तैपनि तिनीहरूको मोहनीय अभिनयले मतदाताहरूको निर्णयलाई गठबन्धन अनुकूल बनाउन सकेन्। सत्तारूढ गठबन्धनको पक्षमा जनता छैनन् भन्ने तथ्य ज्ञात भएरपनि एको अहं को सोंच अर्थात् दम्भ लादने प्रवृत्ति कै कारण नसोचेको नतीजा बेहोर्न  पर्यो।प्रत्यक्ष तर्फ नेका ५७, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०,लोसपा ४ र राष्ट्रीय जनमोर्चाले १ सीट जित्यो।समानुपातिक तर्फ कांग्रेस