Posts

Showing posts from November, 2022

बहुरङ्गी गठबन्धनको बहुरूपी नेता

 बहुरङ्गी गठबन्धनको बहुरूपी नेता  निश्चयत: सत्ता गठबन्धन बहुरङ्गी गठबन्धन हो।यो भिन्न दर्शन,सिद्धान्त,चिन्तन, दृष्टिकोण, शैली र आचरणको सम्मिश्रण हो।राजनीतिक विचारधारा आचरण र कार्यशैलीको दृष्टिले तिनीहरू बीच सदीऔं देखिन् पुर्न नसकिरहेको ठुलो खाडल छ।यो निश्चित सिद्धान्त नीति र बृहत् उद्देश्य रहित छ।स्वार्थ नै यसको लक्ष्य र  आधार हो। कांग्रेस नेतृत्व आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पूर्तिको एकोहोरो धुनमा छ।नेकपा माओवादी ( केन्द्र ) अध्यक्ष प्रचण्ड आफ्नो पार्टीलाई तेस्रो सकेसम्म दोस्रो ठुलो पार्टी बनाएर ऐमाले अध्यक्ष ओलीलाई टक्कर दिने ताकमा छन्।नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव सकेसम्म आफ्नो पार्टीलाई दुरूस्त बनाउने तन्मयमा छन्।राष्ट्रीय जनमोर्चा पार्टी लाई गठबन्धनको हुलमूलमा सरर्र अगाडी बढनु छ।केही पार्टीको लागि गठबन्धन मुसो खेल्ने दुलो ( लुत्त छिर्नु फुत्त निक्लनु ) जस्तै छ।कुरो मिलेन, चाहे जस्तो स्वार्थ पूर्ति नहुने भयो फुत्त निक्लियो।स्वार्थ पूर्ति हुने भयो लुत्त छिर्यो।लोसपा लुत्त,जसपा फुत्त।सर्वअवगत छ सत्ता गठबन्धनमा पाँच दल सहभागी छन् तापनि नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन

भोटको राजनीति भर्सेस समयसापेक्ष परिवर्तन

सामान्यतया जनताको जनताद्वारा जनताकोलागि गरिने शासन नै प्रजातन्त्र हो।तर त्यो शासनमा सत्ता संचालन र ऐन नीति नियम निर्माण कार्यमा जनता प्रत्यक्ष सहभागी हुदैनन् सम्भवनै छैन्।अत:निर्वाचनको दौरान दलिय प्रतिस्पर्धा द्वारा जनता बाट निर्वाचित भई कानून निर्माण गर्ने, सरकार गठन गर्ने थलोमा पुग्ने जनप्रतिनिधिहरूको शासन नै आजको प्रजातन्त्र हो। आज जनताको राजनीतिक स्टाटस भोटको मालिकमा मात्र सीमित रहयो।शासनको मालिक रहेन्।निर्वाचित भएर संसद र सरकारमा पुगे पछी जनप्रतिनिधिहरू जनताको मालिक हुन्छन् र जनताले हरेक कामका लागि तीनिहरूको जीहजुर गर्नु पर्ने बाध्यात्मक अवस्था छ।यस्तो अवस्थाले आकाश छोइ सक्यो।जनता हेर्दा स्मार्ट तर उदासीन,लाचार, लठटिएको, आँट्न नसक्ने झोले मनस्थितिको अवस्थामा छन्।निर्वाचनको वखत मतदाता निर्णायक शक्तिकारूपमा रहन्छन्।तथापि त्यस अवस्थाको महत्व,गाम्भिर्यता,संवेदनशीलतालाई मन मस्तिष्कबाट बुझ्ने चेष्टा नगर्ने, उम्मेदवार नेताहरूको अस्वाभाविक बहुरूपी बहुरङ्गी क्षणिक आत्मीयतामा भावुक हुदै टुपीसमेत नदेखिने गरी चुर्लुम्म डुब्नु बर्षौ देखिको मतदाताहरूको कमजोरीको मूल कारण हो।मतदाताहरू नेताहरूको भ

अन्तरछिमेक पार्टीगत सम्बन्ध

 अन्तरछिमेक पार्टीगत सम्बन्ध प्रकाशित:-साउन २२,२०७९ ( Aug.7,2022 ) छिमेकी देशहरू संग पारस्परिक सम्बन्धको अतिरिक्त पार्टीगतरूपमा त्यहाँको सत्तासिन पार्टी लगाएत अन्य ठुला दलहरूसंग पनि सम्बन्ध स्थापित गर्नु दुई देश बीचको विद्यमान सम्बन्धलाई मजबुत एवं प्रगाढ़ बनाउने एउटा महत्वपूर्ण उपाय हो।तसर्थ अन्तरछिमेक पार्टीहरू बीच सम्पर्क भेटघाट र दुई देश बीचको विविध मामिल तथा समस्याहरूको समाधनार्थ छलफल विचारविमर्श गर्नु र सुमधुर समझदारीपूर्ण दह्रीलो सम्बन्धका लागि विविध कार्यक्रम विचारगोष्ठीहरू आयोजन गर्नु निश्चयनै सकारात्मक पक्ष हो।दुई देश बीचको सम्बन्धलाई समयसापेक्ष बनाउन जनताको पनि साथ समर्थन चाहिन्छ।सर्वविदित नै छ कि सरकार र जनता बीच पुलको काम राजनीतिक दलले गर्दछ।यस अर्थमा छिमेकका दलहरू संगको अन्तरसम्बन्धले दुई देश बीचको सम्बन्धमा प्रभावकारी महत्व राख्दछ। हाम्रा दुई छिमेक र नेपाल बीच सुरक्षा, विकास र समृद्धिको दृष्टिले निकै ठुलो खाडल छ।हाम्रो विकास र समृद्धिको लागि वाह्य सहयोग अपरिहार्य   छ।दुई छिमेक संगको हाम्रो सम्बन्धको स्वरूप त फरक छ नै तथापि सम्बन्ध सहयोगात्मक  छ।सबैको आ-आफ्नो राष्ट्रीय स्व

शक्ति राष्ट्रहरूको चासो —नेपाल

 शक्ति राष्ट्रहरूको चासो —नेपाल प्रकाशित:- साउन ९,२०७९ ( July 25,2022 )  अवश्यमेव वर्तमानमा नेपालप्रति शक्ति राष्ट्रहरूको चासो बढ्दो छ।नेपाल भूपरिवेष्ठित देश हो तथापि हाम्रो भू-राजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ।यसले विश्व राजनीतिमा रणनीतिक महत्व राख्दछ।हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तो छ।यस्को अर्थ हामी लाचार भएर, कुचुक्कपरेर, निहुरिएर, लल्याकलुलुक भएर रहन पर्दछ होईन्।यसको सही अर्थ हो हामी अत्यन्त चनाखो भएर संतुलित ढंगमा चल्नु पर्दछ।अन्यथा मूलतः समुचित दक्षिण एशिया लगाएत मित्र राष्ट्र चीनको स्वशासित तिब्बत क्षेत्र पनि अशान्त हुनेछ र हामी संकटमा पर्ने छौ।हाम्रो अवस्थितिको हामीले लाभ लिन सकेनौ जानेनौ त्यसैले त हामी भारतीय जाँतोको पिसाइमा रहदै आएका छौ। केही बर्ष देखि छिमेकी चीन र महाशक्ति संयुक्त राज्य अमेरिकाको नेपाल प्रतिको चासो बढ्दो छ।सन् २५ अप्रेल १९४७ मा दौत्य सम्बन्ध स्थापना भएदेखि अमेरिका र हामी बीच सुमधुर सहयोगात्मक सम्बन्ध र हामी प्रति अमेरिकाको चासो कुनैनकुनै रूपमा रहदै आएको सर्वविदित नै छ।२८ अप्रेल १९६० मा हस्ताक्षरित “ Sino-Nepalese Treaty of Peace & Friends

प्रजातन्त्र होइन गठबन्धनतन्त्र

 प्रजातन्त्र होइन गठबन्धनतन्त्र प्रकाशित:-असार १६,२०७९( June 30,2022 ) दलीय प्रतिस्पर्धा अप्रत्यक्ष प्रजातन्त्रको मूल हो।तर अब त्यो अवस्थाको लगभग अन्त्य हुदैछ। सत्ताको मातमा भागबन्डाको राजनीति- गठबन्धन - बलजफती मुलुकको राजनीतिक आकाशमा मडारिरहेको छ।गठबन्धनतन्त्र अबको हाम्रो राजनीतिक पद्धति हुनेछ प्रजातन्त्र होइन्।गठबन्धन परिस्थितिजन्य होइन् स्वार्थजन्य हो।परिस्थितिजन्यले पद्धतिमा सुधार ल्याउदछ,तत्कालको संकटको मोचन गर्दछ।तर स्वार्थजन्यले बिस्तारै पद्धतिमा विषादीपात गर्दछ।प्रजातन्त्र,गणतन्त्र र सङ्घीयताको लागि आवश्यक भनिएको गठबन्धन आवरण मात्र हो।असलियत मुलुकले बेहोरिरहेकोछ।हामीहरूले देखिरहेका छौ। सर्वविदित नै छ गठबन्धन राष्ट्रीय राजनीतिको आवश्यकता होइन्।समग्रमा नेपाली कांग्रेसको आवश्यकता र चाहना पनि होइन्।यो त नेकपा माओवादी( केन्द्र ) अध्यक्ष प्रचण्ड प्रति ने का अध्यक्ष देउवाको समर्पण मात्र हो।नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव लाई पार्टी भन्दा  आफ्नो राजनीतिक अस्तित्व जोगाउनु छ, मटियामेट हुन बाट जोगिनु छ।प्रचण्ड लाइ शक्ति संचय गर्दै भावी राजनीतिमा आफ्नो पकड जमाउनु छ।ऐमाले अध्यक्ष ओली ल

तालमेल र पार्टीगत मुकाबला

 तालमेल र पार्टीगत मुकाबला प्रकाशित:- चैत्र २७,२०७८ ( April 10,2022 )  जगजाहेर छ हामी गठबन्धन शासकबाट शासित छौं।गठबन्धनको दीर्घकालिन औचित्य आवश्यकता र निरन्तरता नेताहरू आ-आफ्नो ढंगमा पुष्टि गर्न प्रयासरत छन्।मुलुकको वर्तमान राजनीतिमा सत्ता गठबन्धन, निर्वाचन तालमेल र पार्टीगत मुकाबला यी तीन स्वरूपको सम्बन्धमा त्रिकोणात्मक नीति गठबन्धन दलहरूले अबलम्बन गरेको छ। नेपाली कांग्रेस भन्छ “ स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धनमा रहेका अन्य दल संग तालमेल गर्न सक्ने।” कस्को आवश्यकता कस्ले पूर्ति गरिदिने ? खुलेआम षडयन्त्र र ढाँट्को अवस्था प्रचुर रहेको र अर्काको ढाडमा टेकेर राजनीतिकबली बन्ने चेष्टामा नेताहरू रहेको बेला कस्ले कसको स्थानीय अवस्था हेरेर आवश्यकता पूर्ति गरिदिन  कुर्बानी दिने ? पेचिलो त छ नै। चुनावी तालमेल र पार्टीगत मुकाबलाको नीति आफैमा डर र निडरको मिश्रण हो।एउटा निर्वाचन क्षेत्रमा हात मिलाउने र अर्कोमा ठोक्ने।एउटै दल संग कतै तालमेल त कतै मुकाबला गर्ने ने.का.को नीतिले नेपाली कांग्रेसको इतिहास र सशक्त जनआधारमा गौरव गर्ने र त्यो गौरवगाथालाई वर्तमानमा पनि कायम राख्न चाहने, निष्ठा र स्व

गठबन्धन एक राजनीतिक फन्दा

 गठबन्धन एक राजनीतिक फन्दा प्रकाशित:- चैत्र ८,२०७८ ( March 22,2022 ) हो निश्चयपनि गठबन्धनको निरन्तरता प्रजातन्त्रको लागि फन्दा  साबित हुने चरणमा मुलुकको राजनीति प्रवेश गर्दैछ।समय परिस्थितिनुसार गठबन्धन राजनीतिको प्रक्रियागत आवश्यकता हुन सक्छ।तर राजनीतिक प्रणालीगत संकट समाधान भइसक्दा पनि त्यस्ले निरन्तरता पाई राख्यो भने त्यस अवस्थामा त्यो गठबन्धन प्रजातन्त्रको लागि राजनीतिक फन्दा हुनेछ। संसद पुनर्स्थापना र सरकार गठनको लागि तत्काल गठबन्धन आवश्यक थियो।संसद पुनर्स्थापना भयो।गठबन्धन सरकार पनि बन्यो र गाईजात्रे छाता ओढे्र घस्रीपस्री अहिले सम्म चल्दैछ।फेरिपनि निर्वाचनको लागि गठबन्धनको निरन्तरताको कुरो उठाउनु उठाइरहनुको राजनीतिक औचित्य र आवश्यकता के हो किन हो जनमस्तिष्कमा सवाल उठीरहेको छ।माओवादी ( केन्द्र ) र एकीकृत समाजवादी एक्लाएक्ली ऐमाले संग भिड्न कता कता हच्किरहेको झिसमिस दृश्य देखिन्छ।रामायणमा तत्कालको किष्किन्धा देशका वानरराज वालिको उल्लेख छ।वालि संग जुघ्न जो कोही सामुन्ने देखापरेमा त्यसको आधा बल वालिले खिंचेर लिन्छ र सहज परास्त गरिदिन्छन्।त्यसैले त वालि र सुग्रीव लाई प्रत्यक्ष भिडाएर भ

नेताहरूले चाहेमा

 नेताहरूले चाहेमा प्रकाशित:- फागुन २९,२०७८ ( March 13,2022 ) निश्चय नै नेताहरूले चाहेमा सर्व सम्भव छ।सबथोक हुन्छ।जनताले चाहेर केहीपनि हुदैन।किनकी हामी जनता जनार्दन होईनौं,आज्ञापालक हौं।शासक होइनौं,शासित हौं ।हामीहरू यस्तै त छौं। भरपर्दो एवं पर्याप्त विद्युतीकरण र सुरक्षित सडकको निर्माण विस्तार व्दारा गरिबी निवारण तर्फ लक्षित मिलेनियम च्यालेंज लाइ फोहोरी ढंगले हदै माडमुड पारियो।२९ माघको कान्तिपुर समाचारमा (माओवादी केन्द्र) नेता लिलामणि पोखरेल भन्दै हुनुहुन्थ्यो “ हामी आफुले आफ्नो निर्णय आफुले गर्न नपाउने भयो के।अरूको हस्तक्षेप बढ्ता हुने भयो।यो मितिमा तीमीहरूले यो प्रस्ताव पारित गर।डिक्टेशन गर्ने हो र ? ” मित्र राष्ट्र चीनको ध्यान पनि त्यस तर्फ आकर्षित हुनेगरि ब्रिफिङ गरियो।परिणामतः चीनको परराष्ट्र प्रवक्ताले अमेरिका माथी Coersive Diplomacy जबरदस्ती धम्कीपूर्ण कूटनीतिको आरोप लगायो। संसद बाट एमसीसी पारित गर्न गरिने मतदानपूर्व विभिन्न दलका नेताहरू बोल्ने क्रममा ( माओवादी केन्द्र ) नेता देव गुरुङले भनेका थिए “ सबै प्रकारको सार्वभौम अधिकार एमसिए लाई दिने  जुन प्रावधानहरू छन्।त्यसै गरिकन यो

बेथितिको राजनीति

 बेथितिको राजनीति  प्रकाशित:- माघ २४,२०७८ ( Feb.7,2022 )  थितिको राजनीति प्रजातन्त्रको आधारभूत विशेषता र अपरिहार्य आवश्यकता हो।विधिको शासन र कानून एवं व्यवस्था प्रजातान्त्रिक थिति हो।बेथिति प्रजातन्त्रको विकृत अवस्था हो।यस बाट व्यक्तिको शासन चल्दछ।कानून एवं व्यवस्था बत्ती बालेर खोज्नु पर्ने हुन्छ।आवरण,बोली र डकार प्रजातन्त्रको तर रक्त संचार अप्रजातान्त्रिक रहेको अवस्थामा बेथिति जताततै व्याप्त हुन्छ।यस्तै बेथितिको राजनीति हामीहरू  भोगि रहेका छौ । दश वर्षमा नेपाललाई कता हो कता पुर्याउछु भन्नेहरू कति आए कति गए कति अझै जिउँदो छन्।ट्रान्स्परेन्सि इन्टरन्यासनलले विश्वकै अति भ्रष्टाचार हुने मुलुकहरूको अध्ययन क्रममा १८० मुलुकको अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदन २०२१ अनुसार नेपाल ११७ स्थानमा पर्दछ।भ्रष्टाचार तल्लो तहबाट मौलाउन थाल्यो भने सहज समूल निर्मूल गर्न सकिन्छ, हुन्छ पनि तर टुप्पो बाट भ्रष्टाचार पलायो भने छिटो छिटो मौलाउदै जान्छ र जमीन सम्म जरा गाडिन्छ।त्यो अवस्थामा पुग्नु भनेको भ्रष्टाचार संस्थागत हुनु हो।अब सगरमाथाको,वीरहरूको,भगवान बुध्द जन्मिएको मात्र होईन् भ्रष्टाचारको देश भनेर हाम

राजनीतिक स्तुति: त्वमेव सर्वं

 राजनीतिक स्तुति: त्वमेव सर्वं प्रकाशित:- पौष २३,२०७८ ( Jan.7,2022 )   तिमी नै सबै हो।सरकार प्रमुख बाट ठ्याक्कै यस्तै भाव अभिव्यक्त भएको  थियो।नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रीय महाधिवेशनमा “ एकल निर्णयले मात्र आन्दोलन पुरा नहुने देखेर नै शान्ति प्रकृयामा आएको ”अभिव्यक्ति दिएका प्रचण्डलाई देउवाले भन्नुभयो “ प्रचण्डको अगुवाइमा संविधानसभा बाट संविधान निर्माण भएको हो।” प्रजातन्त्रको पर्यायवाची भनिने नेपाली कांग्रेसको सभापतिको त्यो अभिव्यक्ति वास्तवमा प्रजातन्त्रको उपहास हो। त्यो कस्तो अभिव्यक्ति हो ? कुटनीतिक अभिव्यक्ति हो वा शकुनि शैलीको कुनीतिक अभिव्यक्ति हो वा रणनीतिक अभिव्यक्ति हो वा ठट्यौली अभिव्यक्ति हो ।त्यो  त्वमेव सर्वं को अभिव्यक्ति हो। प्रचण्ड लाई फुरुङ्ङ पार्न र एमसीसी पारित गर्न देउवाले राजनीतिक पत्ती फ्याँक्या हो।जनता माझ चर्चा छ।तर त्यो औचित्यहीन पत्ती हो।किनकी एमसीसी लाइ संशोधन र परिमार्जन गरेर अगाडि बढ्ने निर्णय आठौं महाधिवेशनले गरि सकेको छ।एमसीसी को बिषयमा प्रधानमन्त्रीले भन्नुभयो “ एमसीसी लाई राष्ट्रघाती भन्नुभन्दा पहिले पढ्नु पर्यो।मैले कहीं राष्ट्रघात देख्दिन।म पन