Posts

Showing posts from October, 2022

पुस्तान्तरणको राजनीति

 पुस्तान्तरणको राजनीति प्रकाशित:-पौष ११,२०७८ ( Dec.26,2021 )  बढ्दो उमेर संगसंगै मनुष्यको जोश,जाँगर,क्षमता,सामर्थ्यता र सोचन शक्ति बढ्दै, तिखारिदै जान्छ तर निश्चित उमेर पश्चात् ती सबै बिस्तारै घट्दै जान्छ।यो प्रकृतिको नियम हो।सबैमा अनिवार्य लागू हुन्छ।घर-परिवार,संगठन र राजनीतिक दलको प्रभावकारीता,सशक्तिकरण र सुसंचालनको निमित्त प्रकृतीको त्यो शाश्वत नियमलाई स्वतस्फूर्त आत्मसात् गर्नु पर्दछ।व्यवहारमा उतार्नु पर्दछ।वास्ता नगर्ने र चुनौती दिने कार्य गर्नु हुदैन्। पुस्तान्तरणको विषय केही समय देखि मुलुकको राजनीतिमा निरन्तर चर्चामा रहेको सर्वविदित नै छ।त्यसप्रति हाम्रा नेताहरूको भीष्म प्रतिज्ञा जस्तै लाग्ने प्रतिबध्दता र अडान तर  अन्तिमसमयमा हुने जिब्रो परिवर्तन,विचलन र डीरेलको स्वभावले गर्दा पुस्तान्तरण वहसको विषय हो वा अपरिहार्य हो ठ्याक्क भन्न कठिन छ।समय परिस्थिति र स्थानानुसार नेताहरूको बदलिंदो अभिव्यक्तिको कारण पुस्तान्तरण मात्र वहसको बिषय हो कि भन्ने भ्रम जनतामा परेको छ।त्यो नेताहरूको धुर्त्याइँ मात्र हो।वास्तवमा पुस्तान्तरण अनिवार्य कार्यान्वयनको विषय हो।  नेपाली कांग्रेस माथी मात्र होइ

चेतनमा अचेतनको प्रभुत्व

 चेतनमा अचेतनको प्रभुत्व प्रकाशित:-मङ्सिर १२,२०७८ ( Nov.28,2021 ) बुद्ध हाम्रो देशमा जन्मिऐ तापनि हामीमा बुद्धत्व छैन्।कुनै पनि प्रकृतिको बिषय,घटना,विचार-अभिव्यक्ति र उतार-चढावको स्थितिलाई हामी आफ्नो विवेकको प्रयोग गरेर वैज्ञानिक एवं तार्किक ढंगमा विश्लेषण गरि निष्कर्षमा पुग्दैनौं।त्यो क्षमता हामी सबैमा छ तैपनि हाम्रो आदत छैन्।हामी आफु माथी विचार,निर्णय,निर्देशन थोपरिदेओस।हामी यस्तै चाहान्छौ।हामी स्वचालित हुदैनौ।परिचालित हुन्छौ।जब हाम्रा नेताहरू,बोसहरू,मालिकहरू हामी माथी विचार,निर्णय,निर्देशन थोपरिदिन्छन् तब मात्र हामी क्रियाशील हुन्छौ।यो त हाम्रो लत नै भइसक्यो ।त्यसैले त सदा रडाको चलिरहन्छ। बर्षौ देखि अड्किरहेको  Millennium Challenge Corporation MCC को रडाको चलिनै रहेको छ।MCC को टोर्नेडो चलिरहेको वर्तमानमा गठबन्धनका नेताहरू एउटै कित्तामा उभिन सकिरहेका छैनन्।नेपाल सरकारको हास्यास्पद,टिप्पणी योग्य दश बूंदे प्रश्न:- (MCC Indo Pacific Strategy ) IPS मा पर्छ पर्दैन।नेपाल अमेरिकी सुरक्षा घेरा भित्र पर्छ कि पर्दैन्।परियोजनाको लेखा परीक्षण नेपाल कि अमेरिका बाट।समझौता नेपालको संविधान भन्दा माथ

दलीयकृत अध्यादेश : राजनीतिक डकैत

 दलीयकृत अध्यादेश : राजनीतिक डकैत प्रकाशित:-आश्विन ६,२०७८ ( Sept.22,2021 ) केही समयदेखि मुलुकमा अध्यादेशको श्रृंखलावद्ध राजनीति चलिरहेको छ। यस्तो राजनीति राष्ट्रीय राजनीतिको आवश्यकतामा होइन,विशुद्ध दलीय राजनीतिको आवश्यकतामा चलिरहेको छ। राजनीतिलाई संविधान र कानूनसम्मत बनाउन होइन्,संविधान र कानूनलाई राजनीति सम्मत बनाउने बदनियतपूर्ण राजनीतिको रचना गरिएको छ। आफ्नो गोजीमा रहेको कागजको टुक्रोलाई आफूखुसी जुनसुकै बखत फुत्त निकाले झै मूलतः राजनीतिक दल सम्बन्धि अध्यादेशको बटन मनोमानी थिच्ने अनि राजनीतिक हङ्गामा मच्चाउने आपत्तिजनक कार्य सत्तासिन हुनेहरूबाट भइनै रहेको जनतामा अवगत छ। पूर्व प्रधानमन्त्री ओलीको सत्तासिन कालमा ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत,दलहरूलाई फुटाउने र राजनीतिक अस्थिरता निम्त्याउने प्रजातन्त्र विरोधी गलत कार्य भन्दै बङ्गारो देखिनेगरि फलाक्ने गठबन्धनको दलहरू र तत्काल नेकपा ऐमालेमा रहेका माधव नेपाल लगाएतकाहरू आज सत्तामा पुग्दापुग्दै ओलीलाई उछिन्दै तथाकथित अग्रगामी छलाङ्ग मार्दै संविधान र त्यस्ले व्यवस्था गरेको अध्यादेशको स्पिरिटलाई डाङ्डुङ गर

शेर सामु हाइनाको हुङ्कार

 शेर सामु हाइनाको हुङ्कार प्रकाशित:-भाद्र ८,२०७८ ( August 24,2021 )  राजनीति सहज छैन,हुँदैन पनि । यो कठिन त्याग, समर्पण, दृढता, स्वच्छ तत्परता, इमान्दारिता , लगाव र जवाफदेहिताको घोतक हो । राजनीति ओठे भाव होइन । झोले लगाव पनि त होइन । यो मन मस्तिष्कबाट उब्जिने भाव हो । परिवर्तित समयानुसार राजनीतिको स्वभाव बदलिएको छ, विकृत भएको छ । आज राजनीति भनेको तिकडम, जालझेल, फट्याइँ, धुर्त्याइँ, दुष्ट्याइँ, र गुलामीको सूचक हो । राजनीतिको पहुँच प्रत्यक्षतःजनता सम्म हुनु पर्दछ । जनताको पनि राजनीतिमा पहुँच सहज हुनु पर्दछ । संसद भित्र एकजना सांसदले अर्को सांसदलाई ‘मेन्टली फिजीकली फिट हुनु हुन्न’ भनिएको अवस्था छ । जब विकृति टुप्पोबाट पलाउँदछ त्यस अवस्थामा सर्वत्र प्रदुषण चुलिन्छ । त्यसैले त आज राजनीति मूलतःनेतामुखी, झोले, बैठके, हुक्के, छाते, सुसारे, दलाल, गुलाम र माफियामूखि भएको छ । जसले तिकडम गर्न सक्यो, धुरी भत्काउन सक्यो, ओठे बोली बोल्न सक्यो, म आगो हूँ भन्दै लड्डु लडाउँदै चिनी सोहोर्न सक्यो, आफूलाई गुल्ट्याउँदै एउटा दलबाट अर्को र अर्कोबाट अर्कोमा पुर्याउन सक्यो, कसैले टप्प टिपेर सत्तामा नपुर्याइदिएस

आखिर नेपाली कांग्रेस नै रहेछ

 आखिर नेपाली कांग्रेस नै रहेछ  प्रकाशित:-साउन७,२०७८( July 22,2021 )   शीर्ष नेताहरूको आरोप–प्रत्यारोपको शैली र शब्द प्रयोग अत्यन्त बेसरमपूर्ण छ। नेताहरूमा नीलवर्णको स्याल प्रवृत्ति रहेको कारण एकले अर्कोमाथि सक्दो घटिया शब्दहरू प्रयोग गर्दै खेदो खन्दछन । एकले अर्कोलाई नाङ्गिएको आरोप लगाउछन्। यस्मा अचम्म मान्नु पर्ने केही छैन किनकी यहाँ नाङ्गिन को पो बाँकी छ र ! सबै त नाङ्गो नै छन्। जनताले कुरो बुझिराख्या छन्। तर, बोल्दैनन् । दलको प्रतिनिधित्व गर्ने सांसदहरू दलविहीन सांसद जस्तै आचरण गर्दै कम्यूनिष्ट प्रजातन्त्रको नमूना देखाइरहेका छन्। कम्यूनिष्ट कम्यूनिष्ट विरूद्ध झम्टिरहेका छन् । सिद्धान्तको होइन् भन्न त नीति र व्यवहारलाई कारण बताइरहेका छन् । तर, वास्तवमा शिर्ष नेताहरू मूलतः ओली र नेपालको टेकी स्वभाव नै मुख्य कारण हो । बकुल्लो प्रवृत्तिका कम्यूनिष्टहरू चक्रव्यूह रचिरहेका छन् । तापनि निक्खरा प्रजातन्त्रवादीको ढोल पिटिरहेका छन् । आफ्नो मुद्दाहरू सम्बोधन गरिदिने प्रतिवद्धता जाहेर गरेको भन्दै बडो कुटिल चालका साथ ओली सरकारमा सहभागी भएको जसपा महन्त खेमा सर्वोच्चको फैसलानुसार सत्ताच्यूत हुनपर्

राजनीतिको आवरणमा अराजनीति

 राजनीतिको आवरणमा अराजनीति प्रकाशित:-जेठ ११,२०७८( May 25,2021 ) राजनीति बाट सबै प्रभावित हुन्छन्। तर मात्र नेता बाट राजनीति प्रभावित हुनु गतिलो राजनीतिको संकेत होइन् ।दल बाट नेता होइन नेता बाट दल प्रभावित हुनु , गुट उपगुटहरू दलको लक्ष्मण रेखा नाघेर अन्य दल संग अँगालो मार्नु , आफ्नै दल विरूद्ध गुटहरूले समानान्तर हैसियत खड़ा गर्न खोज्नु , घर झगडाको आगो निभाउन नसकि समुचित राजनीति र संविधानमा डढेलो लगाउनु अनि अन्य दलहरूले आगोमा घ्यु मह चिनी थप्नु यही त हो नि वर्तमानको समुचित राजनीतिक समस्या र संविधान मिचाइको मूल कारण। राजनीतिको आवरणमा अराजनीति को अवस्था बाट मुलुकको राजनीति गुज्रिरहेको छ। शुरूमा जनता लाई राजनीतिको यस्तो अवस्था भयङ्कर तथा घोर लाग्द थियो। तर अहिले जनता केही खास मान्दैनन्। मूल कानून संविधान कुल्चिने ले कुल्चिदै जान्छ। विपक्षी दलहरू उफ्रिरहन्छन्। सर्वोच्च अदालत ले संसद पुनर्स्थापनाको फैसला गर्दछ। सरकार प्रमुख उक्त फैसलाको स्वागत गर्दै शिरोधार्य गर्दछ। केही समय नियम संगत चल्दछ। फेरि पनि संविधान मिचाहा जुरमुराउद छ। गर्नै नहुने, गर्न नमिल्ने असंवैधानिक कार्य पुन: गर्दछ। अनि त उही

एक मुठी देशको माटो

 एक मुठी देशको माटो    प्रकाशित:-वैशाख ११,२०७८( April 24,2021 )         राजनीतिमा एउटा बहुचर्चित भनाई छ! समाजवाद,आकार गुमेको,बिग्रिएको एउटा टोपी जस्तै हो।किनकी सबैले समाजवादको त्यो टोपी पहिरिन्छन् ( Socialism is like a hat that has lost it’s shape because everybody wears it )।आदर्श,मूल्य,मान्यता,नैतिकता,आस्था र संस्कारको धरातलमा टेकेर राजनीति गर्नेहरू र लाठी, बन्दुक,गोला,बारूदमा टेकेर बाहुबलको, सर्वसत्तावादी सोंच र प्रवृत्तिको,दलालीको,गुलामीको, छद्मवेशीको राजनीति गर्नेहरू सबैले आफु लाई प्रजातन्त्रवादी उदघोष गर्दछन्।राजनीतिमा इन्ट्री गर्दा प्रजातन्त्रको भजन गाउदछन्।जनप्रिय बन्दछन् र सोही दौरान देश र जनता विरूध्दको आफ्नो कुकृत्य बाट जोगिन,चोखिन र सुरक्षित अवतरण गर्न प्रजातन्त्रको दुहाई दिन्छन्। त्यस्कारण आज प्रजातन्त्रको अवस्था पनि समाजवाद झैँ आकार गुमेको,बिग्रिएको एउटा टोपी जस्तै भएको छ। मुलुकको वर्तमान राजनीति देख्ने लाई लाज भने जस्तै हेर्न नसकिने,सुन्न नसकिने,असह्य,घृणित, षडयन्त्रयुक्त छ।आदर्श,नैतिकता,इमानदारी,जवाफदेहिता,विश्वास र सत्यनिष्ठाको राजनीति गर्नेहरू कुनाकाप्चामा छन्।तर धुर्

असफल विजेता

 असफल विजेता प्रकाशित:-फाल्गुन २८,२०७७(March 12,2021 )  राजनीतिमा सफल असफल,विजय पराजय मात्र हुदैन्।सामान्यतया राजनीतिक विवाद,संघर्ष र  अभियानको अन्तिम परिणामको आधारमा सफल असफल,विजयी पराजित को ट्याग लगाईने गरिन्छ।विवाद,संघर्ष र अभियान लाई टुङ्गोमा पुर्याएर पूर्ण सफल एवं विजयी हुन नसकेता पनि शुरू देखि अन्त्य सम्मको दौरान कतिपय महत्वपूर्ण बिन्दुमा विजय हात पारेको हुन्छ।त्यस्ता नेतृत्व लाई असफल विजेता को संज्ञा दिइन्छ।विश्व राजनीतिक इतिहासमा एडोल्फ हिटलर लाई असफल विश्व विजेता को रूपमा चित्रण गरिन्छ।उनको असफल विश्व विजय अभियानको दुष्परिणाम विश्व ध्वस्त भएको इतिहासमा प्रष्ट उल्लेख छ।विश्वका देशहरूको राजनीतिक इतिहासमा त्यस्ता असफल विजेताहरू थुप्रै भेटिन्छन्।तर तिनीहरू को चर्चा गरिदैन्।वास्वमा ती पात्रहरूको कारण देश र जनताले धेरै कष्ट,अन्योल,अस्थिरता र डाँवाडोल को अवस्था भोगेका हुन्छन्।तसर्थ देशको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दा असफल विजेताहरूको पनि चिरफार गरिनु पर्दछ। सर्वोच्च अदालत बाट बदर र निर्वाचन आयोग बाट खारेज गरिएको नेकपा को विगतको पार्टी एकीकरण अभियान “ पशुपतिको यात्रा सिध्राको व्य

झगड्याहाको राजनीति

 झगड्याहाको राजनीति प्रकाशित:- माघ २०, २०७७ ( Feb.2, 2021 )            राजनीतिक सरलीकरण र महामारी नियन्त्रण,उपचार,व्यवस्थापनमा राष्ट्रीय एकत्व आजको हाम्रो आवश्यकता हो।सत्तासीन दलका त्यागी,क्रान्तिकारी,अग्रगामी तथा जनयुध्दको कमाण्डर समेत रहेका तर झगडालु स्वभावका नेताहरूको कारण संविधान चिथोरिएको छ।संसद विघटन गरिएको छ।निर्वाचनको मिति तोकिएको छ।सर्वोच्चमा बहस चलिरहेको छ।वकिल,संविधानविद् र विध्दानहरू छलफल एवं अभिव्यक्तिमा व्यस्त छन्।असंवैधानिक कदमको विरोधमा,संसद पुनर्स्थापनाको पक्षमा र निर्वाचनको तयारीमा राजनीतिक दलहरू आ-आफ्नो ढंगमा सड़क तताइ रहेका छन्। सत्तासीन दलका नेताहरू प्यारप्यार गरिरहेका छन्।तिनीहरू एकअर्काको इजार तानातान गर्दै कुन्नि के साबित गर्न खोज्दै छन्।इजारको गाँठो फुस्किएमा नग्न हुने त हो नि।दाहाल भरूवा बन्दुक  पर्र पड़्काउदै छन्।नेपाल बन्दुकमा बारूद भर्दै छन्।ओली क्यारिकेचर गर्दै दाहाल-नेपालको खिसी गर्दैछन्।कार्यकर्ता,समर्थकहरू रमाइ रहेकाछन्।दलहरू सत्तासीन घैंटो फुटाइको प्रतिक्षामा छन्।आसुरीका वाहक,प्रतिगमनका प्रतिक ओली हुन् भन्दै नेपाल टर्र टर्र गरिरहेका छन्।के.पी. को हातां

टुट जुट र फुटको राजनीति

 टुट जुट र फुटको राजनीति प्रकाशित:- पौष १६,२०७७ ( Dec.31,2020 ) संसदको विघटन असंवैधानिक त हो नै।विद्वान ,संविधानविद सबैले सर्वत्र भनिरहेका छन्।विरोध गरि नै रहेकाछन्।सत्तासीन दल नेकपा को आन्तरिक विवादले देश र जनता आक्रान्त छ।संविधानको बलात्कार भएको छ।आजको अवस्था शतप्रतिशत नेकपा को आन्तरिक विवादको दुष्परिणाम हो।नेकपा सिङ्गो पार्टी ज़िम्मेवार छ।तर्क र विवेक लाई शून्यावस्था मा राखेर सदैव  शीर्ष नेताहरूको वर्चस्व र एकाधिकारवादी हिकमत वढाउने Yes Boss,Yes Boss को मानसिकताले ग्रस्त नेता,कार्यकर्ता र समर्थकहरू ज़िम्मेवार छन्। देशको समृद्धि,स्वाभिमान,सार्वभौम भूअखण्डता,सुशासन र लोक कल्याणकारी राज्य व्यवस्थाको लागि टुट,जुट र फुट लाई निरन्तरता दिइरहने स्वार्थी,हठी,लालची,सन्की नेताहरू रहेको पार्टी होईन्; विवेक र तर्क विज्ञानको सर्वोपरि आधारमा चल्ने,नेताहरूको कमीकमजोरी र गल्ती लाई खुलस्त इङ्गित गर्न सक्ने कार्यकर्ता,समर्थकहरू रहेको सशक्त कम्युनिस्ट पार्टीको खाँचो छ।यस्तै गरि मार्टोलको चोट होइन् घनको चोट हान्न सक्ने प्रजातांत्रिक पार्टी चाहिएको छ।यस्तो पार्टी मुलुकमा नभएको होईन्।छ नि।तर त्यो MassPart

राजनीतिक शून्यावस्था

 राजनीतिक शून्यावस्था  प्रकाशित:- मङ्सिर २३,२०७७( Dec.8, 2020 ) गर्नु गर्यौ अध्यक्ष द्वय रडाको मच्चायर,दुनियाँ लाई हंसायर पत्र भिडन्त गरेर,दुनियाँ लाई भन्न मान्दिन सरम,कार्यकारी अध्यक्ष दाहालले प्रस्तावको नाममा वितरण गर्यो अभियोग पत्र, मैले के गरम। सत्तासीन लाई हेर्यो उल्का छ।प्रमुख प्रतिपक्ष लाई हेर्यो लामो समय देखी माक्स लगाएर सामाजिक दूरी कायम गरि बसेको छ।तेस्रो ठुलो दल लाई हेर्यो वकुल्लो भगत जस्तै गरि बसिरहेको छ।राजनीतिक सन्नाटा छ।जनता धर्म संकटमा परेका छन्।किंकर्तव्यविमूढ़ छन्।बहुदलीय पध्दतीको बिजोक छ।प्रजातन्त्रको सर्वमान्य  आदर्श र मान्यता “जनताको,जनता द्वारा, जनताको लागि” मिथ्या पो हो कि भन्ने भ्रम पैदा भएको अवस्था छ।यस बाट पुष्टि हुन्छ कि राजनीति शून्यावस्थामा छ।  सत्तासीन दल भित्रको ताण्डव निश्चितरूपमा नेकपा को आन्तरिक बिषय हो।त्यस प्रति अरू कसैको कुनै चासो रहनु हुदैन्।तर त्यो आन्तरिक विवादले प्रत्यक्ष परोक्ष मुलुकको समग्र शासन व्यवस्थामा खलल पुर्याउदछ,छिमेकी संगको बिग्रिएको सम्वन्घ लाई थप उर्जा दिन्छ र समस्या समाधानमा यथेष्ट तयारी नपुगेर,एकाग्रताको अभाव रहेर,अतिक्रमित भूमि स

साँढ को राजनीति

 साँढ को राजनीति प्रकाशित:-मङ्सिर ८,२०७७( Nov.23, 2020 ) समान शीर्ष पदमा पदासीन नेताव्दय बिच नैतिकहीन,मर्यादाहीन,अनुशासनहीन,अभद्र एवं क्षुद्र आरोप प्रत्यारोप को परिणाम उत्पन्न अराजक छताछुल्ल नाङ्गोझारको अवस्था साँढ राजनीति को अवस्था हो। व्यक्तित्व संघर्ष personality clash को अवस्था हो।लामो समय देखि चलिरहेको सत्तासीन दलको आन्तरिक रडाको लज्जास्पद दोहोरो पत्र भिडन्तमा पुगेको सर्वविदित नै छ।पत्र बाणमा उल्लेखित जे जस्तो बुंदा र शब्दहरू संचार माध्यमहरू बाट सार्वजनिक भयो त्यस्ले  नेकपा को आन्तरिक विवादले साँढे जुधाइको रूप धारण गरेको प्रष्ट देखाउद छ। परिवर्तन अपरिहार्य छ।यो शाश्वत सत्य हो।परिवर्तन प्रति पूर्वाग्रही हुनु, लिँडेढिपी गर्नु भनेको खोलालाई जता बाट बग्दै आएको छ उतैतिर फर्काउन खोज्नु जस्तै हो।त्यो सम्भव छैन्।आफ्नो कार्यशैलीको विरोध र असन्तुष्टीको प्रतिशत चरमबिन्दुमा पुगिसक्यो तैपनि यथास्थितिमा रहन खोज्नु,अनेकन बखेडा खडा गर्नु,गर्न खोज्नु परिवर्तन प्रतिको पूर्वाग्रह हो।यस्को परिणाम नि:सन्देह  व्यक्तिगत एवं दलगत मटिया मेट नै हो।पद बाट हटनु,हटाइनु मात्र परिवर्तन होईन्।नियत,विचार व्यवहार

दल दलदलमा

 दल दलदलमा प्रकाशित:- कार्तिक १८,२०७७( Nov.8,2020 ) राजनीतिक दल प्रतिनिधितन्त्रको आधार स्तम्भ हो।दल सङ्घे शक्ति को अवधारणा हो।यस्ले जनतालाई राजनीतिकरूपमा सचेत,सजग,अनुशासित,सुसंस्कृत र संगठित बनाउदछ।संगठित शक्तिको रूपमा जनतालाई राजनीतिमा सहभागी गराउदछ।परिणामत:राजनीति जनमुखी बन्दछ।  यही त हो नि दलको राजनीतिक धर्म,कर्म र दायित्व ।  व्यवहारिक राजनीतिमा हुनु पर्ने त यही नै हो।तर अपसोस वर्तमानमा सत्तासीन र प्रमुख प्रतिपक्ष दलका नेताहरू आफ्नै दुनु सोझ्याउन दल भित्र परस्पर तँछाड मछाड मै मस्त व्यस्त छन्।सत्तासीन दल भित्रको रडाको मत्थर हुने र विधि सम्मत मर्यादित ढंगमा टुङ्गोमा पुग्ने संकेत झल्याकझुलुक हुन्छ तर फेरि पनि त्यही दलदलमा कच्याककुचुक।हेर्दा ठिकठाक मिलेको देखिन्छ।तर गाँठीकुरो अदृश्य नै छ।जनता रल्लिएका छन्।यस्तो अवस्थामा सरकारको काम,कुरो,तौरतरिका विचित्रको हुने नै भयो।नेताहरू संगसंगै जनता पनि दलदलमा गाडिदै छन्।रनभुल्ल छन्।दलीय मोहनीले लट्ठिएका छन्। सरकार प्रमुख लाई दलको अध्यक्ष र प्रधानमंत्री पद बाट हटाउने सम्मको सनसनीपूर्ण कुरो उठान गरेकै हो।दलको निर्देशनमा सरकार चल्नु पर्ने निर्णय पनि

राजनीतिक रंगिलाहरू

 राजनीतिक रंगिलाहरू प्रकाशित:-२७आश्विन२०७७( Oct.13 2020 ) राजनीति सधैंभरि त्याग,बलिदान र संघर्ष मात्र हुदैन्।कहिलेकाहीँ ख़्यालठट्टा,उखानटुक्का,प्याच्च पुच्च,बोक्रेरवाफ,झुटमुट,रङ्ग न ढङ्गको,बिनासित्तिको पनि हुने गर्दछ।यो सबै तब मात्र सम्भव हुन्छ जब सत्ता हाक्ने नेतागण पुक्खल र रंगीला हुन्छन्।यस्तो खालको राजनीतिमा सत्तासीन हाम्रा नेताहरू पोख्त छन्।  फाट्टफुट्ट रंगिला भइदिनु,रसिक पारामा घोचपेच गर्नु,ओठेजबाफ दिइहाल्नु,सपना देखाउनु जनताले असहज महसुस गर्दैनन् रमाइलो नै मान्दछन्।तर सदा रंगिला भइदिनु,हेपाहा;मिचाहा भइदिनु,पर्बाह नगर्नु भनेको “जनताले हामी विरूद्ध केही नाप्न सक्दैन।काग कराउदै गर्छ पिना सुक्दै गर्छ।जनता जतिसुकै विरोध गरेतापनि हाम्रो दलका नेता,सांसद,प्रतिनिधि र कार्यकर्ताहरू संघ प्रदेश संसदमा वहुमतले पेल्न र सडकमा जनता लाई दमन गर्न निस्तेज पार्न सबल एवं तम्तयार छन्”ठान्नु हो।एकाध राष्ट्र हित र महत्वको काम गरेको देखाउने अनि कोरोना भाइरस लाई निस्तेज पार्न बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धोए जस्तै बुर्जुवा शैलीमा देश र जनता माथी मिचिमिचि शासन गर्नु नै सत्तासीन को मुख्य नियत हो। म

राजनीतिमा लपेटिएका राम बुद्ध

 राजनीतिमा लपेटिएका राम बुद्ध  प्रकाशित:-भाद्र २१,२०७७( Sept.6,2020 )  धर्म लाई अनेक ढंगमा अर्थ्याइन्छ तापनि मूलत: आस्था,विश्वास,सदाचार,मान्यता र परम्परा नै त हो नि धर्म भन्या।यो मानव हृदय र मस्तिष्कमा गहिरिनु कै कारण अत्यन्त संवेदनशील हुन्छ।त्यसैले धर्म संस्कृति प्रति को मिथ्या,तुच्छ,तीक्ष्ण,टिप्पणी,अभिव्यक्ति,अपव्याख्या र अतिक्रमण बाट शान्ति,सहिष्णुता र भ्रातृत्वमा खलल पुग्न सक्छ।पारस्परिक सुमधुर सम्बन्ध चिरा पर्न सक्छ।आक्रोश,प्रतिशोध,वाकयुध्द र विद्रोह को अवस्था पैदा हुन् सक्छ।तसर्थ जन जगत को शान्ति , सम्मान,कल्याण र पारस्परिक प्रगाढ़ सम्बन्ध का लागि सबै खाले अतिक्रमण बाट विमुख हुनु पर्दछ।संयुक्त राष्ट्र संघ को वडापत्रमा उल्लेखित उद्देश्य प्राप्तिका लागि “ सदस्य राष्ट्रहरू परस्पर असल छिमेक को रूपमा एक अर्का संग शान्तिपूर्वक संगै रहने र सहिष्णुता को अभ्यास गर्ने” स्पष्ट  उल्लेख प्रस्तावनामा गरिएको छ।सुरक्षा परिषद सदस्यताका लागि लालायित प्रयत्नरत भारत आफु लाई दक्षिण एशियामा असल छिमेक को रूप स्थापित गरि उदाहरणीय बन्नु पर्ने हो तर   विडम्बना त्यसो हुन सक्या छैन्। आक्रामक मुस्लिम शासकहरू

उथलपुथलको राजनीति

 उथलपुथलको राजनीति प्रकाशित:-२९,आषाढ २०७७( July 13,2020) यदाकदा राजनीतिमा उत्पन्न हुने उथलपुथलको परिणाम सकारात्मक नै हुनेछ भनी ठोकुवा गर्न कठिन हुन्छ।निर्णय बिन्दुमा पुग्न सकस झेलिरहेको सत्तासीन दल भित्रको खिचाखिच,भारतको डिज़ाइन मा सरकार ढाल्ने कसरतमा लागिपरेको परस्पर आरोप,जनताले पॉच वर्ष प्रतिपक्षमा रहन आदेश दिएको नेपाली कॉंग्रेस को विज्ञप्ति,भूमि अतिक्रमणकारि भारतले वार्ता को लागि नेपालको प्रयत्न लाई लत्याई रहेको,भारतीय टेलीविजनहरूले नेपाल नेपाली र सरकार प्रमुख विरूद्ध नाङ्गो आरोप छेरि रहेको,भारतीय दूरदर्शन बाहेक अन्य न्यूज़ च्यानल प्रसारण नेपालमा बन्द गरिएको, भारतीय राजदूत, नेता, सैनिक विशेषज्ञ र RAW को उच्च पदस्थ ख़ुफ़ियाहरूको भूमिगत सक्रियता,चीनियाँ राजदूत को खुलस्त भेटघाट आदि इत्यादि को कारण नेपाली राजनीतिक आकाशमा उथलपुथल को बादल मडारिंदो छ।सत्तासीन दलमा चलिरहेको राजनीतिक मन्थन बाट अमृत,विष वा विषयुक्त अमृत के निस्किने हो ठ्याक्क अडकल लगाउन सकिने अवस्था छैन्। मुलुकको राजनीतिमा एकताका “ बेइजिङमा पानी पर्दा काठमाण्डूमा छाता ओढ्ने र दिल्लीमा प्रचण्ड घाम लाग्दा नेपालां छाता ओढ्ने ”रा

राष्ट्रियता र राष्ट्रवाद को जुवारी

 राष्ट्रियता र राष्ट्रवाद को जुवारी  प्रकाशित:-आषाढ १५,२०७७(June 29,2020 )  राष्ट्रियता साझा,अखण्डीत र निःस्वार्थ हुन्छ।तर  केही समय देखि मुलुक को राजनीतिमा हामीले खण्डीत,स्वार्थी र कुटिल राष्ट्रियता र राष्ट्रवाद सुन्दै देख्दै,भोग्दै आईरहेका छौं।चर्को बोल्दैमा  घोक्रो फुलाउदैमा,बुरूकबुरूक उफ्रिदैमा राष्ट्रवादी भईदैन्।आरोपित ढंगमा सर्वत्र राष्ट्रियता र देशभक्ति को पैरवी भईरहेको छ।परस्पर झोले,खोक्रो पंगु,घामपानी र लम्पसारवादी राष्ट्रियता र राष्ट्रवादीको जुवारी चलिनै रहेको छ।शतप्रतिशत राष्ट्रवादी नेताको खडेरी परेको हो कि भन्ने भ्रम पैदा गर्ने चेष्टा भईरहेको आम बुझाइ छ।जस्लाई  आफ्नो राष्ट्रियता र राष्ट्रवादमा विश्वास छैन् त्यस्ता पात्र ले मात्र अरू माथी आरोप थोपर्दै देशभक्तिको ढोल बजाउदछन्।त्यो भन्या कुटिल राष्ट्रवाद हो।कुटिल एवं खण्डीत राष्ट्रवादीहरूले नै राष्ट्रियता र देशभक्ति को वकालत गरिरहेको अवस्था छ।सच्चा राष्ट्रवादीले देश र जनता लाई उच्च स्थानामा राख्दछ।देश नहरे हामी  जनता रहदैनौं।जनताको समस्या आज नभए भोली अवश्य समाधान भईनै हाल्छ तर देश चुक्यो भने सब समाप्त ( THE END ) हुन्छ । जातीय

राजनीतिमा आवश्यकता र वाध्यता

 राजनीतिमा आवश्यकता र वाध्यता प्रकाशित:- आषाढ २,२०७७ ( June 21,2020 )  राजनीतिमा पैदा हुने र गरिने विविध समस्या,घटना र परिस्थितिहरूको गाम्भीर्य को आधारमा समाधानका लागि चालिने प्रयास को तौरतरिका सामान्यतया दुई चरणमा छुत्याइन्छ।सौम्य, सौहार्द र मर्यादा राख्दै गरिने नरम एवं लचीलो प्रयास प्रथम चरण हो र यस्तो प्रयास लाई “आवश्यकता” को श्रेणीमा राखिन्छ र कठोरताका साथ प्रस्तुत हुनु नै पर्ने वाध्यात्मक  अवस्था लाई “वाध्यता” को  श्रेणीमा राखिन्छ।तसर्थ Hit the Iron When It Is Hot भने झै समस्याको स्तर, जटिलता र समस्या तेर्स्याउने पक्षको  मनोवृत्ति,कार्यशैली र प्रस्तुति को यथासमय पहिचान गर्नु पर्दछ।समाधानका लागि तत्काल क्रियाशिल हुनु पर्दछ अन्यथा परिणाम राष्ट्र हित प्रतिकूल मात्र होईन् घातक पनि हुन् सक्छ।यी सबै काम कुराहरू सत्तासीन दल र नेताहरूको राजनीतिक एवं कूटनीतिक कौशल,चातुर्य,दूरदर्शी र सामर्थ्य मा निर्भर गर्दछ। तर विडम्बना हाम्रा शासकहरू राजनीतिक एवं कूटनीतिक सिपालु भएर पनि हेलचक्र्याइँ,उदासीन,अस्पष्ट र अज्ञात कारण ले गर्दा आज हामी छिमेकी भारतले गरेको हाम्रो भुमि अतिक्रमण को चपेटा मा परेका छौ

समय परिस्थिति र राजनीति

 समय परिस्थिति र राजनीति  प्रकाशित:- जेठ ११,२०७७ ( May 24,2020 ) देश जनता मात्र होईन् छिमेक क्षेत्र र समस्त जन जगतको कल्याण (  स्वतन्त्रता,समानता,भ्रातृत्व,              सार्वभौमसत्ता र भुअखण्डता को पारस्परिक सम्मान मर्यादा र मान्यता ) नै राजनीति हो।यस अर्थमा   लोक कल्याण राजनीतिको मूल मन्त्र हो।यो मूल मन्त्र सर्वसमय सर्वपरिस्थिति यथावत् रहन्छ।तर राजनीतिको स्वरूप र अवस्था समय परिस्थिति अनुसार बदलि रहन्छ।त्यो बद्लाइ अनुकूल मात्र होईन् प्रतिकूल पनि हुन् सक्दछ। वि.सं.२००७ को क्रान्ति दिल्ली मा सम्पन्न त्रिपक्षीय सम्झौता बाट टुङ्ग्याइयो।राजा सहितको प्रजातन्त्र स्थापना भयो।राजनीतिको त्यो अवस्था राजा,कॉंग्रेस र राणा को लागि अनुकूल रह्यो।कम्युनिस्टहरूका लागि सत्ता हस्तान्तरण मात्र रह्यो भने भारतको लागि स्वर्णिम रह्यो।संविधान लेखन,राज्य संचालन,प्रशासन एवं सैन्य व्यवस्थापन तथा संचालन र राजा लाई सल्लाह र परामर्श आदि इत्यादि सबै क्षेत्रमा भारत प्रत्यक्ष संलग्न रह्यो।भारतीय सुरक्षा छाता भित्र नेपाल समावेश भयो।भारतीय सैन्य मिशन नेपाल भित्रियो।सन् ६२ को भारत चीन युद्धामा भारतको धोतीको गाँठो फुत्कीयो

खेलखाल को राजनीति

 खेलखाल को राजनीति प्रकाशित:- वैशाख २३,२०७७ ( May 5,2020 )  राजनीति भन्या खेलखाल नै हो कि क्या।राज्य सत्तामा,सत्तासीन दलमा,प्रमुख प्रतिपक्ष दलमा,संसदमा प्रतिनिधित्व गर्ने दलहरूमा जताततै खेलखाल ।खेलखाल गर्दा गर्दै राजनीतिक अपहरण सम्म पुगी सक्यो ।फेरि पनि अपहृत र अपहारी दुबै पक्षको मानव अधिकार आयोगमा उजुरीको खेलखाल।हामी हाम्रा नेतागण राजनीतिमा आवश्यकता भन्दा बढी प्रखर भएर हो कि न यस्तो भाको। कुरो स्पष्ट छ राजनीति कदापि खेलखाल होइन्।सुख, शान्ति,समृद्धि,सुरक्षा,पारस्परिक सहयोग, सदभाव,भ्रातृत्व,सृजनशीलता र सकारात्मकता राजनीतिको मूल विषय हो।सकारात्मकता  र  सृजनशीलताका लागि गरिने कुनै पनि कार्य असम्भव हुदैन्।अथक चिन्तन,लगाव र प्रयास बाट त्यो  गन्तव्यमा पुगिन्छ र त्यस्को माध्यम हो राजनीति।त्यसैले भन्ने गरिन्छ राजनीतिमा कुनैपनि काम कुरो असम्भव हुदैन्।तर धुर्त्याइंको,खेलखालको राजनीति गर्ने हरूले भन्ने गर्दछन् “राजनीतिमा जे पनि जायज हुन्छ”।सोझो औंलोले घ्यू आउदैन्,औंलो बङ्याउनु पर्दछ।यो स्वाभाविक,सर्वस्विकृत, सर्वमान्य सत्य हो।तर राजनीतिक धुर्तहरू “घ्यू निकाल्न औंलो बङ्याउनु”लाई खेलखाल ठान्दछन्। 

चटके राजनीति

 चटके राजनीति  प्रकाशित:-वैशाख १३,२०७७( April 25,2020)    सामाजिक जीवनमा कहिलेकाहीँ चटक ले पनि रमाइलो हलचल पैदा गर्दछ।टेलिविज़न कम्प्यूटर,फ़ोन लगायत विभिन्न विद्दुतिय संयन्त्रहरूको प्रयोग द्वारा हामी सबैले रमाइलो गरिनै रहेका हुन्छौ तथापि दुई चार बॉदर,भालु,बाख्रो र सहायक पात्रहरूको साथ डमरू बजाउदै जब चटके देखा पर्दछन्।त्यस बखत समाज टोल छिमेक सबै ले बेग्लै खालको रमाइलो र हॉसो अनुभूत गर्दछन्।सामाजिक जीवनमा मात्र किन र राजनीतिमा पनि त नेता ले आकलझुकल चटके रूप धारण गरि राजनीतिक चटक देखाउने गर्दछ नि।बहुमतको सरकार ढालेर मध्यावधिको चटक हामी ले देख्या भोग्या धेरै वर्ष भई नै सक्या छ।लामो समयको अन्तराल पश्चात मुलुकको राजनीतिमा फेरि अर्को चटके देखा परो।चटक त देखाइ नै हाले तर बाध,भालु र शेर को आक्रामक घेराउमा मदारी फसे जस्तै हाम्रा चटके नेता पनि टीठलाग्दो नरमाइलो चौतर्फी विरोधको घेरामा जकडिन पुगे।चटके विरूद्ध सबैतिर बाट औंलो ठड्याईयो । मदारीले ठाउँ,समय र परिस्थिति हेरेर मात्र चटक देखाउने गर्दछ।यस पटकको राजनीतिक चटक नमिठो संग फसि गो नि।महामारीको विषम परिस्थिति बाट बच्न बचाउन सुरक्षित हुन् सम्पूर्ण र

विषाणु सङ्क्रमित राजनीति

 विषाणु सङ्क्रमित राजनीति प्रकाशित:- चैत्र २७,२०७६ ( April 9, 2020 ) बेलाबखत मानव ले भोग्नु परेको अनेकन प्रकारका जिवाणु, विषाणु सङ्क्रमित महामारी विश्व इतिहास को पानाहरूमा स्पष्ट उल्लेख छ।जनावर बाट मानिसमा सर्ने सरूवा रोग को विषाणु (zoonotic Virus) अन्य प्राणी को दॉजो स्तनपायी प्राणी चमेरामा अत्यधिक भेटिन्छ।चमेरा बाट नै कोरोना भाइरस फैलिएको भन्ने सम्बन्धमा बलियो प्रमाण नभएको होईन् तैपनि निश्चित  स्रोत (exact source) वास्तवमा हालसम्म अज्ञात नै छ। वर्तमान को विषाणु सङ्क्रमणको महामारी जैविक तेस्रो विश्वयुद्ध को एउटा सानो नमुना परिक्षण ( पूर्वावलोकन ) त होईन् भन्ने आशंका मानव मस्तिष्कमा पलाउन सक्छ, पलाउदै छ पनि।यस्तो आशंका  स्वाभाविक,अस्वाभाविक,   आवश्यक,अनावश्यक, मन को बाघ जे जस्तो भएतापनि सङ्क्रमणको अवस्था समाप्त भए पछि हुने गरिने व्यापक अध्ययन अनुसन्धान बाट स्पष्ट हुने नै छ, हुनु पनि पर्दछ । महामारी बाट बचाउन चीन बाट नेपालीहरू लाई जे जसरी सरकारले विशेष वायुयान द्वारा स्वदेश ल्याए,व्यवस्थित एवं सुरक्षित क्वाराइन्टाइन (Quarantine) मा राखे र स्वस्थ अवस्थामा सबैलाई आ-आफनो धर परिवार प्रस्थान

देश जनता दल र नेता

 देश जनता दल र नेता प्रकाशित:- चैत्र १५,२०७६ ( March 28,2020 )  कोरोना भाइरस (बिषाणु ) संक्रमण को संत्रासमा आज विश्व जकडियको छ।महामारी को अवस्था छ।सम्पूर्ण राष्ट्रहरू,विश्व स्वास्थ संगठन लगायत स्वास्थ र चिकित्सा संग सम्बन्धित सम्पूर्ण राष्ट्रीय क्षेत्रीय अन्तराष्ट्रीय संघ संगठन र निकायहरू,अनुसन्धानकर्ता विज्ञ विद्वानहरू, चिकित्सक स्वास्थकर्मीहरू सबै युद्धकाल मा जस्तै जागा छन्।प्रयत्न अहोरात्र जारी छ।रोकथाम र उपचारात्मक औषधि नबनीसकेको पत्तानलागी सकेको वर्तमान अवस्था मा रामवाण को खोज निरन्तर चलिनैरा छ।जन र जगत् सबैमा डर,चिन्ता ,आकुल व्याकुल को अवस्था छ।मानव अनुहार घाम डुब्न लाग्या जस्तै संत्रास ले ग्रस्त छ।सामाजिक दुरी(social distance),नाक मुख र अॉखा छोप्न मास्क र सुरक्षा चश्मा, डिस्पोजेबल ग्लोभ्स, साबुन पानी, ७०% माथीको अल्कोहल,हातमा दल्ने सेनिटाइजर को अनिवार्य प्रयोग गर्ने ,परिक्षण को लागी स्वतस्फुर्त क्वारान्टाइन ( self Quarantine ) मा वस्नु पर्ने  भाइरस लागेका हरू लाई आइसोलेसन ( isolation ) मा राखिने आदी इत्यादि को व्यापक प्रचार प्रसार ,प्रयोग ,व्यवस्थापन र सहजीकरणमा सबै तल्लीन छन्।व