Posts

Showing posts from September, 2022

घेराबन्दीको राजनीति

  हो गठबन्धन घेराबन्दी राजनीतिको एउटा आधारभूत रणनीति हो।सर्वविदित नै छ गठबन्धनको रथ प्रचण्डले मनग्य हाँकी रहेको छ।देउवा त हाँकीएको मात्र छ। कमरेड प्रचण्ड टाइम टाइममा फतरफतर गरिरहन्छन्। “ हिजो ऐमालेलाइ हामीले गठबन्धन र पार्टी एउटै बनाउदा त्यस्को लिडरशिपमा यति धेरै अहंकार आयो हामी विद्रोह गर्ने ठाउमा पुगियो ।अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ।हामीले प्रधानमन्त्री बनायौं र अहिले पनि उहाँ भइराख्नोस भन्ने छ तर हामी चिन्तित छौ यति बेला फेरि कांग्रेस पनि ऐमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन।स्थानियमा पनि धेरै जसो ठाउँमा ठेगान लाइयो अब प्रदेश र संघमा पनि ठेगान लगाउने हो भन्यो भने हामीले फेरि ऐमालेलाइ ठेगान लगाए जस्तै कांग्रेसलाइ लगाउने दिन नआवस भन्ने छ हामीलाइ।Taken for Granted जस्तो भनेर कांग्रेसले माओवादी लाइ हल्का रूपमा लिने काम नगरोस भन्ने मेरो अनुरोध छ ”।छ्याङ्ग छ—गठबन्धन भीत्र नेकपा माओवादी “ संलग्नता र आक्रामकता ” Alignment & Aggression को नीतिमा चलिरहेको छ। कमरेड प्रचण्ड निरन्तर केही न केही बोली नै रहन्छन् “ गठबन्धन एउटा उद्देश्यको निम्ति गठन